प्रधानमन्त्री आज भारत जाँदै
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने राजकीय भ्रमणका लागि आज शुक्रबार भारत प्रस्थान गर्दैछन् । काठमाडौंमा सम्पन्न प्रजातन्त्र दिवससम्बन्धी विशेष कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री दिउँसो ३ बजे भारत प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले १२ गतेसम्म भारतको भ्रमण गर्न लागेका हुन् ।
भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसंगै उहााकी धर्मपत्नी राधिका, उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल रहनेछन् । भ्रमणमा राष्ट्रिय पुन:निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, व्यवस्थापिका–संसद्का विभिन्न पार्टीका सदस्य, मुख्य सचिव डाक्टर सोमलाल सुवेदी र सम्बन्धित सचिव तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि पनि भ्रमण दलमा रहनेछन् ।
नेपालको इतिहासमै छिमेकी भारतको राजकीय भ्रमण गर्ने प्रधानमन्त्री ओली दोस्रो कार्यकारी प्रमुख हुनुहुन्छ । यसअघि विक्रम संवत २०४६ को राजनीतिक परिवर्तनपछि २०४७ मा गठित सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राजकीय भ्रमणको सम्मान दिइएको थियो भने अब लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिएको नयाँ संविधान जारीपछिको नयाँ सरकारका प्रधानमन्त्री ओलीलाई त्यही प्रकारको सम्मान दिन लागिएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति प्रवण मुखर्जीको आतिथ्यतामा राष्ट्रपति निवासमा रहनेछन् ।
प्रधानमन्त्री ओली बेलुकी दिल्ली पुगेपछि त्यहाँ नेपालका राजदूत दीपकुमार उपाध्यायले ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजना गर्ने स्वागत कार्यक्रममा सरिक हुनेछन् । भ्रमण कार्यक्रम अनुसार प्रधानमन्त्री ओली शनिबार राष्ट्रपति भवनमा हुने विशेष स्वागत समारोहमा सरिक हुनेछन् र त्यहाँ सेनाको सलामीको निरीक्षण गर्नेछन् ।
त्यसपछि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धाञ्जलि अर्पण गर्ने छन् । शनिवार नै प्रधानमन्त्री ओलीले हैदराबाद भवनमा भारतीय प्रधानमन्त्रीसंग आपसी हितका विषयमा औपचारिक बैठक गर्नेछन् ।
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...