नेविसंघको विवाद टुंगियो, आजबाट बन्दसत्र
नेविसंघको प्रतिनिधि विवाद मिलेको छ । नेविसंघको विवाद मिलाउनका लागि बनेको प्रकाशरण महत नेतृत्वको निर्देशन समितिले विवाद टुंग्याएको हो । विवाद टुगिएसँगै अवरुद्ध महाधिवेसन प्रकृया पनि अब अगाडी बढ्ने भएको छ ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ अाैं महाधिवेशनमा देखिएको प्रतिनिधि छनोटको विवाद सुल्झिएको छ। पार्टीले गठन गरेको निर्देशक समितिले गएराति अबेरमात्रै विवाद सुल्झाएको हो। विवाद समाधान भएपछि स्थगित भएको बन्द सत्र बुधवार १२ बजेबाट सुरु हुने भएको छ।
निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतका अनुसार मागकर्ताको माग सम्बोधन गरिएको र महाधिवेशनमा ११ जिल्ला तथा केही क्याम्पसका गरी तीन सय प्रतिनिधि थप गरिएको छ।
विवादको मुख्य चुरो विधिवत् महाधिवेशन नभईकनै भागबन्डाका आधारमा छनोट भएका ११ जिल्लाका प्रतिनिधिको विषय बनेको छ । नेविसंघ अध्यक्ष रञ्जित कर्ण र ऋषिकेशजंग शाह समूहबीच अधिवेशन नभएका ११ जिल्ला र स्ववियु निर्वाचन नभएका क्याम्पसमा भागबन्डाका आधारमा प्रतिनिधि छनोट भएको थियो । कर्ण पौडेल पक्ष र शाह देउवा पक्षीय हुन् ।
सिटौला पक्ष यी दुई पक्ष (देउवा र पौडेल) बीच भागबन्डाको आधारमा आएका प्रतिनिधिलाई मान्यता दिन नहुने पक्षमा थिए । विधिवत् महाधिवेशनबाट प्रतिनिधि छनोट गर्नुपर्ने माग राख्दै आमरण अनशन बसेका सिटौला पक्षीय विद्यार्थी नेताहरूले आफूहरूलाई ३३ प्रतिशत हिस्सा दिइनुपर्ने माग राखेका थिए ।
विधिवत् महाधिवेशनकै माग राख्दै पौडेलनिकट नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्मा पक्षका विद्यार्थी पनि आमरण अनशनमा छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा मंगलबार दिनभरजसो नाराजुलुस चलेको थियो । बन्दसत्र तत्काल सुरु गर्न माग राख्दै विद्यार्थीले नाराजुलुस गरेका थिए ।
सभापति आकांक्षीहरूले भने आ-आफ्नो पक्षमा माहोल बनाउनका लागि पनि जुलुस निकालेका थिए । सभापतिका आकांक्षी क्षितिज भण्डारी र कुन्दन काफ्लेको समूहबीच केहीछिन तनावको स्थिति भएको थियो । काफ्ले नेतृत्वको विद्यार्थी समूहले बन्दसत्र सुरु गर्न माग राख्दै भृकुटीमण्डप भित्र छिर्ने प्रयास गर्दा प्रहरीसँग पनि केहीबेर झडप भएको थियो ।
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...