नआउने भयो संयुक्त विज्ञप्ती

-- NTA REP. / प्रकाशित मिति : बिहिबार, फाल्गुन १३, २०७२

काठमाडौं— भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधवार राती ८ बजे काठमाडौं अवतरण गर्ने भएपछि नेपाल र भारतको संयुक्त विज्ञप्ती नआउने सम्भावना बढेको छ । संविधान स्वागतलाई लिएर भएको विवाद नसुल्झिएपछि संयुक्त विज्ञप्ति आउने सम्भावना न्यून रहेको प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले बताएका छन् ।

गत शनिवार हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएपछि संयुक्त विज्ञप्तिको तयारी गरिएको थियो । तर, भारतले नेपालको नयाँ संविधानलाई स्वागत गरेको प्रष्ट रुपमा उल्लेख गर्न नचाहेपछि सहमति जुट्न सकेको थिएन । नेपालको अडान भने संविधानको स्वागत गर्नु पर्ने थियो । यद्यपि प्रधानमन्त्री विदेश मामिला विज्ञ खनाल दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरिसकेकाले संयुक्त विज्ञप्ति निकाल्नुपर्छ भन्ने नै नरहेको स्पष्ट पारेका छन् ।