एनआरएनले लगानी गर्ने वातावरण अझै वनेको छैन – पूर्व प्रधानमन्त्री रेग्मी
मन्त्रीपरिषद्का समयमै संविधान कार्यन्वयन नगरे मुलुकका लागि दूर्भाग्यपूर्ण अवस्था आउन सक्ने चेतावानी दिनु भएको छ । नेपाल अमेरिका पत्रकार संघ नेजाद्धारा आइतवार न्युयोर्कको ज्याक्सन हाइट्समा आयोजित अन्तक्रियामा बोल्दै पूर्व प्रधानन्याधिस समेत रहनु भएका रेग्मीले जनताले कति सम्म धैर्य गर्ने भन्दै प्रश्न गर्नु भयो ।
“संविधानको कार्यन्वयनको विषय जटिल छ, यसलाई समयमै व्यवस्थापन गर्न सकेनौ भने बढो दूर्भाग्यपूर्ण अवस्था हुन्छ, किन भने जनताले कति सम्म धैर्य राख्ने, कतिसम्म राजनीतिक स्थायीत्व र रोजगारी भएन भनेर कमाएर खान लागि विदेशतिर दौडी रहनु पर्ने ?” उहाँले राजनीतिक दलमा इमान्दारिता र जिम्मेवारी बोध नभएसम्म मुलुक संक्रमण मुक्त नहुने दावी गर्नु भएको छ । “सबैभन्दा पहिला राष्ट्र र जनताको हितलाई ध्यानमा राखेर काम नगर्दासम्म देशले स्थायीत्व पाउन सक्दैन र विकास निर्माणको परिवेश निर्माण हुन सक्दैन ।” अहिलेको अवस्थामा सरकार र राजनीतिक दलको महत्वपूर्ण दायित्व २०७६ माघ सात गते भित्र स्थानीय निकायको निर्वाचन गराउनु हुन्छ । “यो संक्रमण दशाैं बर्ष वित्यो, यो स्थितीमा स्थानीय निकायको व्यवस्था गरेर अगाडि बढ्ने अवस्था भएन मान्छेमा निरासा बढ्छ ।”
“सिंहदरवार र अन्तराष्ट्रिय सम्मेलन केन्द्र गरि दुर्इ वटा निकाय भन्दा अरु बन्न नसक्ने र राजनीतिक शून्यता खडा भइरहने हो भने अब कहाँ जाने भन्ने हुन्छ, गाविस सचिवको झोलामा स्टाम्प राखेर एउटा मान्छेले तीन चार गाविसको जिम्मेवारी दिने कामको अन्त गरिदैन तब सम्म त्यस बारेमा नै ध्यान दिनु पर्दछ ।” जसले जे भने पनि अन्नत राजनीतिक दलहरुले नै मुलुक चलाउने भएकाले उनीहरु नै गम्भीर हुनु पर्नेमा रेग्मीले जोड दिनु भयो । “देश समस्यामा पर्दा, संविधानको कार्यन्वयन धरापमा पर्दा, मुलुक कतातिर जान्छ भन्ने जिम्मेवारी बोध त राजनीतिक दलमा नै हुनु पर्दछ, यसको जवाफ त जसले देशको लिड गर्छु भनेको छ उहाँहरुले नै दिनु पर्छ ।”
रेग्मीले मुलुकले कति समय सम्म संक्रमण थेग्ने भन्दै प्रतिप्रश्न गर्नु भयो,“५२ सालदेखि मुलुक अस्थिरता तर्फ धकेलिएको हो, अब कति थेग्छ, त्यो बेला जन्मेको मान्छेले पिएचडी गर्ने बेला भइसक्यो अझै कति थेग्ने, लामो समय धैर्य गर्ने अवस्था छैन, त्यसले चाडो भन्दा चाडौ समाधानमा जानु पर्छछ, जताबाट गए पनि जनताले चुनेर पठाएका प्रतिनिधी र राजनैतिक दलमा नै जान्छ, जस र अप जस दुबै कुराको भागेदार जिम्मेवारी उसैले भोग्नु पर्ने हुन्छ ।”
उहाँले ऋदयमा इमान्दारी, मस्तिस्कमा समझदारी काधमा जिम्मेवारी पुरा भए पछि मात्र राष्ट्रले गति लिने र रोजगारी समृद्धिको यात्रा अगाडी बढ्ने बताउनु भयो ।
“उत्पादन मुखी अर्थतन्त्र र व्यवस्थापन जव सम्म गर्न सकिदैन तव सम्म तपाईहरुले पठाएको पैसाले कति दिन बाच्न सक्ने हुन्छ, अहिलेको हेर्नु हुन्छ भने साधारण बजेट पनि राजश्वले धान्न नसक्ने अवस्थामा छ, जमिन बाजो छन्, पहिलो धान चामल बेचिन्थ्यो अहिले किन्नु परेको छ, एक त जनसख्या बढनु अर्को उत्पादन घट्नुले देश कता जान्छ भन्ने प्रश्न उब्जिएको छ ।” मदजुर र मालिकमा समस्या हुदा लगानीको बातावरण पनि नभएको उहाँले बताउनु भयो ।
“तपाइ एनआरएनहरु लगानी गर्छु भन्न भएको छ, लगानीको बातावरण हुनु पर्यो, भएको उद्याेग बन्द भइरहेका छन्, मजदुरहरुले जथाभावी ताला लगाउने, मालिकले पनि न्यायाेचित व्यवहार नगर्ने गर्न भएन ।”
नेजा क्षेत्रिय संयोजक विष्णुहरि घिमिरेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमलाई कार्यसमिति सदस्य अनुज थापाले सञ्चालन गर्नु भएको थियो ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...