लालिगुँरास बेच्नु रहर या बाध्यता ?

-- दीपु दाहाल / प्रकाशित मिति : शुक्रबार, भदौ २४, २०७३
दिदी फुल लिनुस् न ! दिदी मेरो फुल लिनुस् न मैले रुखबाट भर्खर टिपेको ! मसिनो निर्दोष आवाज बेला-बेला मेरो कानमा आएर ठोकिरहेको थियो ! deepa-dahal
२०१० फाल्गुनको महिना जाडोले लुग-लुग काँम्दै भए पनि ककनीको मनोरम दृश्यले हामीलाई त्यहाँ सम्म तानेर पूर्याएको थियो ! वा वा कती सुन्दर छ मेरो देश मनमनै सोच्दै थिए म ! नेपालमा हस्पिटलको कामको प्रेसर एती बडी हुन्थ्यो कि त्यस्लाई भुलाउन सक्ने भनेको हाम्रो देशको प्रकृति नै थियो ! त्यसैले हामी प्रतेक बर्षको जाडो याममा त्यहाँ पुग्ने गर्थ्योउ ! कुनै साल जान्न भने पनि त्यहाँ ढकमक्क फुलेका ललिगुँरास र हिउँ झैँ टलक्क टल्केका ति हिमालका दृश्यले यो मनलाई तानेर लग्थ्यो !
सधैं झैँ त्यो साल पनि शुक्रबारको दिन पारेर दिउँसो तिर हामी हुइँकिएका थियौँ आफ्नो गन्तब्य तर्फ़, काठमाडौंबाट केही घण्टा ड्राईभ गरेपछि साँझपख त्यहाँ पुगेका हामी ! ज्यानले केही हद सम्म थकाई महशुस गरेकाले र जाडो एकदमै बढेकाले बेलुका आफ्नै होटेलको झ्यालबाट त्यहाँको दृश्यको मनोरन्जन लिने निधो गर्योउ ! भोलिपल्ट बिहान उठेर बाहिर निहाल्यौँ ! कुहिरो लागेर केही नदेखिने भएको रहेछ ! जब कुहिरोलाई छिचोल्दै घामको किरण बाहिर निस्किन थाल्यो अनि सेता हिमालहरु टलक्क टल्किन थाले ढपक्क फुलेका रंगिबिरङी लालिगुँरासहरु बनै भरी देखिन थाले ! अब हामी हाम्रो होटेल छोडेर निस्कियोउ बाहिरको मनोरम दृश्यको आन्नद लिन ! हो, त्यो अगिको आवाज यसै क्रममा घुमिरहेको थियो मेरो अगि-पछि !
बिहानिको त्यस्तो कठ्यांग्रिने चिसोमा २, ३ जना नानीहरु हातमा बिभिन्न रङका लालिगुँरास बोकेर घरि-घरि यहि कुराहरु दोहोर्याइरहेका थिए ! मलाई अब त्यो नेपालको सुन्दर दृश्यले भन्दा पनि उनीहरुको त्यो आवाजले नजिक तानिरहेको थियो ! आफुले आफुलाई उनिहरुको नजिक लानबाट रोक्न सकिन त्यसैले उनिहरुको छेउमा गएर कुरा गर्न थाले !
कति हो यो फुलको?
laliguras_on_sale2उताबाट जबाफ आयो : पाँच रुपैँया मात्र हो दिदी लिनुस् न !
यतीका वनभरी फुलेको त्यसै टिपेर लान पाईन्छ किन पैसा तिरेर लाने नि ! म रुखमा चड्न पनि सकिहाल्छु ! मेरो कुरा नसकिदैँ यति भनेको सुनेर एकजना नानीले भनिन् !
हजुरले हाम्रो फुल किन्नु भयो भने हामीले कपि कलम किन्न पाउँछौ नि दिदी लिनुस् न !
यती भनेको सुनेर मनमा केही नरमाइलो भने अवस्य लाग्यो र उनीहरुसँग अझै कुरा गर्न मन लाग्यो ! त्यस्तो जाडोमा न त खुट्टामा चप्पल न गतिलो लुगा त्यहि पनि जाडो भए जस्तो देखेको थिएन उनिहरुलाई ! म भने त्यति बाक्लो लुगा टोपी लगाएर पनि कामिरहेको थिए ! गालामा आएर टपक्क बसेका शितहरु जमे जस्तो फील गरिरहेको थिए ! लामो कुराकानी पछि मैले आफ्नो ब्यागबाट ३ वटा १०० रुपैँया निकालेर दिए र दुईटा फुल लिएर फेरी आउने बाचा गर्दै त्यहाँबाट हिंडे ! उनीहरु सँग त्यतिका बेर बसेर गरेको कुराले मेरो मनमा अनेक प्रश्नहरु उठिरहेको थियो !
उनिहरु मसँग आफुलाई पढ्न मन लागेको तर घर परिवारको समस्याले पढ्न सम्भब नभएको कुरा गुनासो गरिरहेका थिए ! फुल बेचेर कपि कलम किन्न सके देखि भाईको किताब हेरेर त्यहाँ आफुले त्यस्तै सार्न सक्ने बताए ! त्यहाँ मध्येको एकजना १०,१२ वर्ष जतिको नानीले भन्दै थिईन ! दिदी मेरा बा हुन्जेल त म पड्दै थिए ! तर पोहोर साल बा पनि खोक्दा खोक्दै मरिहाले त्यसपछि आमाले पनि अर्को बिहे गरेर जानुभयो अनि मलाई मामाले यहाँ ल्याउनु भयो ! (उस्कै शब्दमा) यो मेरो मामाको छोरी हामी संगै बस्छौ ! संगै रहेकि आफु भन्दा अलि सानी बहिनीलाई देखाउँदै उसले भनि !
अनि अरु को को छ त घरमा ? यस्तो जाडोमा फुल बेच्नु भन्दा घरमै बस्नु नि, अनि स्कुल जान मन लागेको कुरा भन्नु नि मामालाई के भन्नु हुन्छ? म उत्सुक भएर प्रश्न गर्दै थिँए !
मेरो कुरा टुङिग्याउन नपाउँदै उसले भनि ” भन्दिन बिचरा मामालाई कति काम गर्नुपर्छ त्यहि त घरमा खान पुग्दैन माईजुलाई पनि कहिले संन्च हुन्न ! रमेश र सुरेश ( उस्को मामाका दुई छोरा ) त पढ्दै थिए त्यहि पनि रमेश दाई अस्ति भागेर काठमाडौं गयो अहिले माइक्रोमा खलासी गर्ने काम पाको छ रे ! साने चाई यहि तलको स्कुल पढ्छ हामी पनि घरमा बसेको बेला उसको किताब पढ्छौ ! रमेशले राम्रो कमाउन सके भने हामीलाई पनि पढाउँछु भनेको छ ! “
यसरी उस्ले मलाई आफ्नो कुराहरु सुनाउँदै गैरहेकी थिई म पनि खुब चाख लगाएर कुरा सुनिरहेको थिए ! उ संग मेरा धेरै नै कुराहरू भए जुन कुराहरु सबै यहाँ शब्दमा उतार्न सम्भब पनि छैन ! तर मेरो मनमा चाँही यो कुरा धेरै पछि सम्म खेलिरह्यो ! एउटा बच्चाको लागि शिक्षा कति आवश्यक हुन्छ त्यो थाहा हुँदा हुँदै पनि म केहि गर्न सक्दिन थिए ! लाग्थ्यो कास मैले केहि गर्न सक्थे भने आफुले चाहेर पनि केही गर्न न सकेकोमा नराम्रो भने अवस्य लागिरहेको थियो !
तर, यहाँ अस्ट्रेलिया आएपछि जब म २०११ बाट स्थापना भएर बच्चाहरुको शिक्षा स्वास्थ र वातावरणलाई फोकस गरेर काम गरिरहेको संस्था “ब्रिज द ग्याप नेपाल” मा सकृया भएर काम गर्न थाले तब मलाई यो सब नेपालमा देखेका यस्ता कुराहरु याद आउन थाल्यो ! लाग्न थाल्यो यो संस्था मार्फत मैले नेपालमा सबै बच्चाहरुलाई सहयोग गर्न नसके पनि केहिलाई त अवस्य गर्न सक्छु भन्ने सोचेर अगि बढे ! आज सम्म “ब्रिज द ग्याप नेपाल” मार्फत बच्चाहरुलाई शिक्षा दिने सपना हाम्रो मात्र थियो र हामीले पुरा पनि गरिरहेका थियौँ तर अहिले हामीले जुन सपना देखेका छौ त्यो अलि ठुलो नै भएकाले हामी अस्ट्रेलियामा बस्नु भएका सम्पूर्ण नेपाली माझ आइपुगेका छौँ ! आजसम्म हामीले पढाएका बच्चाहरु राम्रो संग पढिरहेका छन् र हामीले ठाँउ-ठाँउमा निर्माण गरेका पुस्तकालयले सम्पूर्ण विद्यार्थीलाई धेरै नै फाइदा भैरहेको छ भन्ने सुन्नमा आउँदा एकदम खुशी लागेर आउँछ ! 
bridge-the-gapत्यसैले अब हाम्रो अर्को प्रोजेक्ट भनेको एउटा स्कुल मर्मत गराउने छ जुन नेपालमा पोहोरको भुकम्पले ढालेको थियो आजसम्म पनि सरकारको या अरु कसैको पनि ध्यान त्यहाँ नगएकाले हामीले त्यसको जिम्मा लिने सोचेर अगि बढिरहेका छौँ जसको लागि हामी “ब्रिज द ग्याप नेपाल” परिवारले बिभिन्न ठाउँमा आफुले सकेसम्म आफ्नो अलिकति समय दिएर हामिले सकेको कार्यक्रम गर्दै फन्ड जम्मा गरिरहेका थियौँ जसको फल स्वरुप हामीले $२०,००० (बिष हजार डलर) उठाउन सफल भएका छौ तर हाम्रो यो स्कुलमा (८ कक्षाकोठा सहित २ शौचालय ) बनाउने निर्णय भएकाले हामीलाई अझै केही फन्डको आवस्यकता परेको हुँदा हामीले अस्ट्रेलियाको सिड्नीमा एउटा ” दशैँ साँझ २०१६ ” गर्ने भएका छौ ! हामीले सधैं आफ्नो मेहेनतमा विश्वाश गर्ने भएकाले अरुलाई केही नदिई कसैसँग हात मात्र फैलाउनु भन्दा केही मेहेनत कै काम गरौँ भन्ने सोचेर हजुरहरु सामू यो कार्यकम अक्टोबरको दुई तारिक आइतबारको दिनमा लिएर आएका छौँ ! गायिका “इन्दिरा जोशी” र हाँस्यकलाकार “मनोज गजुरेल” साथमा “भुपेन्द्र चुडाल” को धमाकेदार प्रतक्ष्य प्रस्तुति लिएर हजुरहरुको शहर सिड्नीमा आएका छौँ ! आशा छ हामीलाई यो कार्यक्रम सफल पार्न हजुरहरुले अवस्य सहयोग गर्नु हुनेछ ! सबैलाई चुल्यै निम्तो छ है ! आउनुस् रमाईलो साथै सहयोग पनि गर्नुस् !
For More Details:
वेवसाइट : http://bridgethegapnepal.org/people/