अर्जुननरसिंह केसी महामन्त्री उम्मेदवार

-- / प्रकाशित मिति : मङ्लबार, फाल्गुन १८, २०७२

काठमाडौं— नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वरिष्ठ नेता शेरबहादुर देउवाको प्यानलबाट पार्टीको १३ औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । देउवा पक्षले आफ्नो प्यानल सार्वजनिक गर्न बाँकि रहे पनि नेता केसीले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी आफू देउवा प्यानलबाट महामन्त्री पदमा लड्ने बताएका हुन् । केसीले आफू महामन्त्री बनेमा मधेस तराईलाई सम्बोधन गर्ने गरी संविधानमा रहेका कमजोरी सुधार्ने र पार्टीलाई एकढिक्का बनाएर संविधान कार्यान्वयनको नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन् ।