दश बर्ष पछिको दशै अनि मेरो देश
भित्तामा भएका क्यालेन्डर फेर्दा – फेर्दा १० वटा फेरिएछ, त्रिभुबन बिमानस्थलबाट आँखा रसाउदै फूलको माला लागाएर सुरुमा बिदाई हुदाँ जस्तो भाबुक थिए ७-८ पटक नेपाल अाउदा जादा होस् वा अस्ति भर्खर नेपाल जादा होस् – जब प्लेनको झ्यालबाट अग्ला पहाडहरुले आँखा जुधाऊँछन, हरिया जंगल , नदी-नालालाई कैद गरिन्छ अनि फेरी त्यहि आँखा रसाउछन। मेरो ठाउं आयो, मेरो गाउँ आयो, आफ्नो पनको अनुभुति हुन्छ तब । दश बर्ष पछि अर्थात्, नेपालमा दश बर्ष अगाडि मनाएको दशै छुट्टै उमङ, छुट्टै रमाइलो सायद अर्को बर्ष देखि बिदेशमा मनाउनु भनेर लेखेकै भएर होला गोलबद्द भएर ठूलो परिवारको साथमा टीका, जमरा अनि आशिर्बाद । धादिंगको आदमघाट, बाल्यकाल त्यहि नै बित्यो, याहाँ समुन्द्रको छेउमा उभिदा भन्दा त्यो झोलुङे पूलको माथि बस्दा आनन्द अाउने, ट्रेनमा चढेको भन्दा धादिङको बसमा चढेको रमाइलो लाग्ने, डलरमा खेलेको तासको खालभन्दा त्यहि रुपैया,मोहरमा खेलेकोले आनन्द दिने। सबै भन्दा ठुलो कुरा खुशी हो, सुख भन्दा काहाँ माथि माथि … धेरै माथि…….।
दश बर्ष पछिको मेरो देश: निस्कर्शमा भन्नुपर्दा, मैले खासै त्यस्तो अनौठो परिबर्तन केहि देखिन, काठ्मान्डौमा थापाथली पढ्दा ट्रफिक लाइटमा हरियो पेडेस्ट्रियन क्रसिङ कुररे हिड्दै हिड्दैध्थ्यौ हामी अहिले त कता गएछ-गएछ ! बाटो त्यहि – सवारी साधनको चाप, अस्त ब्यस्त ट्राफिक। म कलन्कीबाट ड्राइभ गर्दै घर जादै थिए मेरो देब्रेपट्टि एकजना दाइ स्टिकको साहरामा बाटो हिड्दै थिए बाटोको बिचमा रहेको खाल्टोमा नराम्रो संग परे। कोही साथी भाइहरु दादागिरी गरेकै भरमा ठाउँमा पुगेछन्, पुतलीसडकमा झुन्डिएका कन्सल्टेन्सीका होडिङ बोर्ड त बिध्यार्थीहरु भन्दा धेरै त छैनन्? लगभग हरेक परिवारको कोहि न कोहि सदस्य बिदेशमा नै हुन्छन् अहिले, नेपालमा पठाउने रेमिट्यन्सले होला सायद अहिलेका नया युवा पुस्ताहरु धेरै फरक पाए। महङो फोन, भनेजस्तो बाइक , ड्रिन्क्स्, स्मोक त सामन्य रे।
राजनिती गर्ने हरुको त कुरै नगरौ, भाला हान्ने हरुलाई माफी दिनुपर्छ भन्ने, अनि हिन्दी भाषालाई प्रथमिकता दिनुपर्छ भन्ने सरकार – धिक्कार छ । ए नेताहरु, स्वर्ग र नर्क भन्ने पनि छ भन्ने दिमागमा राखे कसो होला ?
हाम्रो महान चाड दशै को बिचमा छौ, हर्ष, उल्लासका साथ रमाईलो गरेर मनाऔ, स्वदेशमा बिदेशमा हुने सबै नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना ! दुर्गा माता भवानीले हामि सबैको रक्षा गरुन् ।
ह्यापी दशै !!
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...