देउवाले गरे उम्मेदवारी घोषणा

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन २०, २०७२

काठमाडौं— नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बिहिबार औपचारिक रुपमा सभापति पदका लागि रुपमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको मुख्यालय सानेपामा अहिले भरखरै आयोजित समारोहमा देउवा प्यानलबाट महामन्त्रीमा अर्जुननरसिंह केसी तथा कोषाध्यक्षमा चित्रलेखा यादवको उम्मेदवारी घोषणा गरिएको हो ।
देउवाको उम्मेदवारीका लागि कुलबहादुर गुरुङ प्रस्तावक तथा खुमबहादुर खड्का समर्थक । उम्मेदवारी घोषणा कार्यक्रममा नेपाली कांग्रेस नेताहरु लक्ष्मण घिमिरे, प्रदीप गिरी, तारानाथ रानाभाट, चिरञ्जिवी वाग्ले आदि उपस्थित छन् ।
यसअघि हिजो बुधवार रामचन्द्र पौडेलले सभापतिमा तथा उनको प्यानलबाट शशांक कोइरालाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । पौडेल समूहबाट कोषाध्यक्षको उम्मेदवारी घोषणा अझै हुन सकेको छैन ।
सभापति पदमा उम्मेदवारीको घोषणा गरेकी सुजाता कोइरालाले भने पौडेलको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ता लिइसकेकी छन् ।
सभापति पदका अर्का दाबेदर कृष्णप्रसाद सिटौलाले सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । सिटौलाको प्यानलबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको उम्मेदवारी घोषणा भएको छ । कांग्रेस महाधिवेशन आज बिहिबार दिउ“सो खुलामञ्च (टु“डिखेल) मा उद्घाटन हु“दैछ ।