कांग्रेस सभापतिका लागि दिउसाे २ बजेदेखि पुन: निर्वाचन

-- / प्रकाशित मिति : सोमवार, फाल्गुन २४, २०७२

नेपाली कांग्रेसकाे पार्टी सभापति जित्नका लागि कसैले पनि अावश्यक बहुमत ( ५० प्रतिशत बढी मत) प्राप्त गर्न नसकेपछि सोमबार पुन: दोस्रो पटक चुनाव हुने भएको छ । देउवालार्इ जित्नका लागि ११ मत पुगेन । पार्टी विधान अनुसार तीन उम्मेदवार मध्ये कसैको ५० प्रतिशत बढी मत नअाएकाले सभापति पदका लागि आज दिउँसो २ देखि ५ बजेसम्म पुन: मतदान हुने निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

कांग्रेसको विधान अनुसार सभापति निर्वाचित हुन कुल मतसंख्याको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । हिजो भएको निर्वाचनको मतगणना अनुसार शेरबहादुर देउवाले १५ सय ६४ मत प्राप्त गरेका थिए भने कार्यवाहक सभापति रामचन्द्र पौडेलले ११ सय ६० मत प्राप्त गरेका थिए । यस्तै महामन्त्री कृष्णप्रसाद सिटौलाले ३ सय २४ मत प्राप्त गरेका थिए । अबेर राति सुरु भएको मतगणनामा सय मत भने वदर भएको थियो । जितका लागि उम्मेदवारले १५ सय ७५ मत ल्याउनुपर्ने थियो ।