भूकम्पको सूचना दिने एप
अमेरिकाका वैज्ञानिकहरूले भूकम्प आउनुअगावै सूचना दिने एपको विकास गरेका छन् । भूकम्पका कारण धेरैले ज्यान गुमाउने खतरालाई मध्यनजर गर्दै उक्त एपको विकास भएको हो । ‘माइसेक’ नामको उक्त एपले भूकम्प आउनुअगावै सन्देश प्रवाह गर्ने वैज्ञानिहरूले बताएका छन् । यसले थोरै भए पनि धनजनको क्षति कम गर्न सकिने उनीहरूले दावी गरेका छन् । एपले मोबाइलको मोसन सेन्सरको मद्दतले जमिनमुनि भइरहेको हलचल पत्ता लगाउने काम गर्छ । मोबाइललाई खल्ती अथवा ब्याग जता राखे पनि जमिनमुनिको हलचललाई मापन गरिरहने वैज्ञानिकहरूको दावी छ । यो एपको विकासमा जुटेका प्रोफेसर रिचर्ड एलेनले बीबीसीसंग कुरा गर्दै हजारौं मोबाइल प्रयोगकर्ताको मद्दतले एउटा नेटवर्क विस्तार गर्न खाजेको बताए । जसले भविष्यमा आउनसक्ने भूकम्पबारे चेतावनी दिन सकियोस् । यो एप http://myshake.berkeley.edu/ बाट डाउनलोड गर्न सकिने एलेनले बताए । ठूलो तीव्रताको भूकम्प आउन केही समय लाग्ने र त्यसअघि नै जमिनको हलचल सुरु भइसक्ने हुँदा यसबारे सूचना प्रवाह गर्न सकिने दाबी गरिएको छ । यसले भूकम्पबाट हुनसक्ने खतरा महसुस गर्दै मानिसहरू सुरक्षित स्थानमा जान सक्नेछन् ।
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
What are the great things about dating with apps for milfs? there are...