यस्तै बनाउन

-- सागर सापकोटा / प्रकाशित मिति : मङ्लबार, चैत्र १, २०७३

 

थोत्रा सपनाको संरचना बुनि सजाउदा मैले,
भता-भुङ्गपारि गयौ नजाने बिगुल बजाउदा मैले,
मार्मिक धुन मानी डिस्को नाच्दै गयौ पर पर
त्यसैले आजकाल स्त्री जातको लाग्न छाड्यो भर।

आश्वासन नै आश्वासनको माकुरी जाल बुनि
करोडौ ति भट्किएका छोडी मेरै हृदय चुनि,
खुसि खुसि भन्दै पीडाका कथित आँसु रुलायौ
सुसोभन चरित्र लिएर प्रबेस गरि बल्ल चरित्र खुलायौ ।

यसैले भन्छु सानु,

 

पोल्ने छैन यो मन तिमीलाई दुख परेमा
हाँस्ने छन् यि ओठ तिम्रा आँसु झरेमा,
मेरो पिडामा हाँस्ने तिम्रा खुसि हराउन,
तिम्रा भाबी रोजाइले नि यै कथा बस्तुमा लेख्ने गराउन . . .।