के हो एनआरएनएमा राजनीति भयो भनेको ?

राजनीतिक ज्ञान र अनुभव हासिल गरेका मानिसहरुमा संगठन, ब्यबस्थापन तथा कूटनीतिक दृष्टिकोणले सापेक्षिक रूपमा अब्बल देखिन्छन जुन एनआरएनए जस्तो बिशाल अभियानलाई अत्याबस्क नै हुन्छ .....
-- महेन्द्र कुमार लम्साल / प्रकाशित मिति : शुक्रबार, बैशाख १५, २०७४

कहिले काहिँ हामी कुनै मानिस, घटना, परिघटना तथा बिषय बस्तुहरुको बारेमा  एउटा गहिराई मै नपुगी, अध्ययन नै नगरी हतारमा र सतही मूल्याङ्कन गरि हाल्ने र त्यसका बारेमा मिथ्या मूल्याङ्कन गर्ने अनि आफ्नो अवाधरणा बनाउने गर्दछौ  । यो प्रचलन समाजको सामुहिक हितकालागि घातक  र बाधक दुवै हुन्छ । दोहोरो संबाद, आपसी सम्मान र सदभावको  कमिका कारण अक्सर यस्तो हुने गर्दछ । बिषय बस्तुलार्ई नलम्ब्याई विशिष्ट रुपमा भन्नु पर्दा एनआरएनए प्रति  अष्ट्रेलियामा रहेका नेपाली समुदायको बुझाई र उदासिनतालाई  पाठकहरु समक्ष पस्कन चाहें मैले । एनआरएनएमा राजनीति हुन्छ ! विदेशमा आएर पनि के को राजनीति ? नेपाल त राजनीतिले बिग्रियो यहाँ पनि किन यस्तो ? यो ब्यापारीहरुको संस्था हो । पैसावालाहरुको मात्र संस्था हो पैसा नहुनेहरुको केहि काम छैन । हामीलार्ई फोहोरी खेल मन पर्दैन । यस्तै हुन्छन सामान्य मानिसहरुले कफी  पसलदेखि सानादेखि ठूला जमघटसम्म गर्ने कमेन्ट ।

एनआरएनए संजालको स्थापना,  सुरुवात र  अभियानलाई एक दुई जना  व्यक्ति र कार्यकाललाई हेरेर यसको समग्र मुल्यांकन गर्नु र निचोडमा पुग्नु अपरिपक्व, दुःखद र अन्यापूर्ण हुनसक्छ । एनआरएनएको बिस्तार, एकता र सबलता भनेको कुनै व्यक्ति बिशेषसंग मात्र जोडेर हेर्नु पनि हुँदैन । यो संसारभर  रहेका नेपालीहरु, हाम्रो जन्मभूमि नेपाल र विदेशमा जन्मेर हुर्किदै गरेको आउँदो पुस्ताहरुलाई जोड्दै आपसी सम्बन्ध प्रगाढ र निरन्तर बनाउने एउटा सम्बाहक संस्थाको रुप हामीले लिनु पर्ने देखिन्छ । र यस प्रति सकारात्मक र रचनात्मक बन्नु पर्ने देखिन्छ  । यसको महत्व हिजो भन्दा आज छ र आज भन्दा भोलि हुनेछ र अर्को पुस्तासम्म आइपुग्दा त हाम्रा सन्ततीले विदेश मै भए पनि  एनआरएनएको साझा संजालमा बसेर नेपाली पन र नेपाली मन साटासाट गर्ने अवसर पाउने छन्, यदि हामी सबै मिलेर यसलार्ई संगठित र सबल बनाउन सक्याैं भने ।

प्रजातन्त्रको अँध्यारो पक्ष भनौं या सुन्दर पक्ष, जब दुई वा त्यो भन्दा बढी उमेदवार वा समुहको बीच निर्वाचन हुन्छ तब कसलार्ई र किन समर्थन गर्ने वा मत दिने भन्ने कुरामा मानिसहरुको आ–आफ्नै फर्मुला हुने गर्दछ । त्यो मध्ये व्यापक प्रयोगमा आउने र धेरैलाई समेट्न सकिने फर्मुला भनेको राजनीतिक सामिप्यता र बैचारिक मेल नै देखिन्छ ।

यस्तो दीर्घकालिन महत्व राख्ने “नेपालीका लागि नेपाली” अभियान एनआरएनएको स्थापनाकालदेखि आजसम्म प्रत्यक्ष र परोक्ष रुपमा योगदान दिने  थुप्रै अभियन्ताहरुको जति प्रसंशा गरे पनि कमै  हुन्छ ।  यदाकदा यहाँ एनआरएनएमा यसले यो गर्यो, त्यो गर्यो, फलानोले गरेन भन्ने कुराहरु सुनिन्छन् । तर बास्तविकता के हो भने एनआरएनएमा जसले जति गर्न सक्यो त्यो नै महान हो र धेरै थोरै प्रशंसा गर्दा फरक पर्दैन । किन कि यो एउटा स्वयंसेवीहरु बाट चलेको संस्था हो । निःशुल्क र निस्वार्थ सेवा गर्नेलाई धेरै र थोरैमा मूल्याङ्कन गर्न मिल्दैन ।

राजनीतिक आस्थाका आधारमा बनाइने प्यानल सिस्टममा जाँदा एउटा समूहले मात्र निर्वाचन जित्ने सम्भावना रहन्छ जुन हामीले २०११ र २०१५ एनआरएनए अष्ट्रेलियाको निर्वाचन देखेका हौ । यसरी निर्वाचन पश्चात एउटा समूह कार्यसमितिबाट बाहिर बस्ने अवस्था आयो भने एनआरएनएले आयोजना गर्ने विविध कार्यक्रमहरुमा अपेक्षित  उपलब्धी  हासिल गर्न मुस्किल पर्ने देखिन्छ ।

 

कहाँ र कसरी र किन हुन्छ एनआरएनएमा राजनीति ?

बिगत केहि वर्षदेखि एनआरएनएमा राजनीति हुदैन भएको छैन भनेर भन्न मिल्ने अवस्था रहेन । व्यस्त जीवन र जन्मभूमिदेखि कर्मभूमि जोड्ने अभियान लिएर स्थापित एनआरएनएमा राजनीति भएको छरपष्ट देखिन्छ । बिशेष गरि प्रत्येक २ वर्षमा हुने नयाँ कार्यसमितिको निर्वाचनताका त यो सतहसम्मै छचाल्किन पुग्छ । त्यसमा पनि नदेखिने गरि नेपालका दुई प्रमूख दलहरुको दर्पणछायानै देख्न पाइन्छ । एनआरएनएको बैधानिक प्राबधान अनुसार प्रत्येक २ बर्षमा अन्तराष्ट्रिय समन्वय समिति र  करिब ७५ मुलुकमा रहेका राष्ट्रिय समन्वय समितिमा नयाँ कार्यसमितिको लागि निर्वाचन हुने गर्दछ । बिशेष गरि यी राजनीतिक दलका कार्यकर्ताहरु तथा सुभेच्छुकहरु निर्वाचनताका उम्मेदवार चयन गर्ने र चुनाब जिताउने  बेलामा मात्र सकृय देखा पर्छन र बाँकी करिब १८ महिना सुषुप्त नै देखिन्छन् मेरो मतलब एनआरएनएका दैनिक कार्यहरुमा त्यति चासो र हस्तक्षेप गर्दैनन् । प्रजातन्त्रको अँध्यारो पक्ष भनौं या सुन्दर पक्ष, जब दुई वा त्यो भन्दा बढी उमेदवार वा समुहको बीच निर्वाचन हुन्छ तब कसलार्ई र किन समर्थन गर्ने वा मत दिने भन्ने कुरामा मानिसहरुको आ–आफ्नै फर्मुला हुने गर्दछ । त्यो मध्ये व्यापक प्रयोगमा आउने र धेरैलाई समेट्न सकिने फर्मुला भनेको राजनीतिक सामिप्यता र बैचारिक मेल नै देखिन्छ ।  दसौं हजार नेपाली रहेको अष्ट्रेलियाको हाम्रो समुदायमा राजनीतिमा यसरि तीब्र चासो राख्ने करिब एक सयको हाराहारीमा होलान तर उनीहरुले एनआरएनए  निर्वाचनताका पुरै माहोल कब्जा गर्न पुगेको देखिन्छ ।

“योग्य मान्छेहरुले राजनीतिमा नलागेर पाउने दण्ड भनेकै अयोग्य मानिसहरुको सासन स्वीकार्नु हो ।”

यसरि गरिने सकृय तर क्षणिक गतिबिधि सम्बन्धित मानिस हरु र उनीहरु  आबद्ध दलगत प्रतिष्ठा संग  जोडिने हुनाले र आफ्नो विचार मिल्ने उम्मेदवारहरुको समर्थनमा गरिएको देखिन्छ । राजनीतिक आस्थाका आधारमा बनाइने प्यानल सिस्टममा जाँदा एउटा समूहले मात्र निर्वाचन जित्ने सम्भावना रहन्छ जुन हामीले २०११ र २०१५ एनआरएनए अष्ट्रेलियाको निर्वाचन देखेका हौ । यसरी निर्वाचन पश्चात एउटा समूह कार्यसमितिबाट बाहिर बस्ने अवस्था आयो भने एनआरएनएले आयोजना गर्ने विविध कार्यक्रमहरुमा अपेक्षित  उपलब्धी  हासिल गर्न मुस्किल पर्ने देखिन्छ । किन कि यो अभियान भनेको कुनै समूह वा व्यक्तिबाट मात्र अगाडि बढ्न सक्दैन र अपेक्षित उपलब्धि हासिल गर्न पनि  सक्दैन । एन आर एन ए लाई एउटा साझा र सबल अभियानका रुपमा निरन्तर अगाडि बढाउनका लागि सबै नेपालीहरुको हात र मनहरु जोडिन आवस्यक छ जुन राजनीति, निर्वाचन, पद, प्रतिष्ठा र अहंकार जस्ता बिकृतिले धमिल्याउन कदापि हुदैन ।

एनआरएनएको प्रसंगमा राजनीतिलाई जोडेर हेर्दा पनि संस्थाले चलाएको दोहोरो नागरिकता, सामुहिक लगानी तथा लगानी मैत्री बाताबरण जस्ता थुप्रै अभियानहरुमा सफलता हासिल गर्न  नेपाल सरकार तथा राजनैतिक दलहरु संग केहि हदसम्मको राजनैतिक तथा कूटनैतिक सम्बन्ध राख्नै पर्ने हुन्छ । नेपाल सरकार कै परिभाषामा पनि आज एनआरएनए सम्बृद्ध नेपालको एउटा महत्वपूर्ण साझेदार मानेको छ भने राजनीतिलाई इन्कार भन्दा पनि व्यस्थापन गर्नु जरुरी देखिन्छ ।

के  एनआरएनए पुरै राजनीति निषेधित बन्न सक्छ  

“योग्य मान्छेहरुले राजनीतिमा नलागेर पाउने दण्ड भनेकै अयोग्य मानिसहरुको सासन स्वीकार्नु हो ।” दार्शनिक चाणक्यबाट सापट लिएका सब्दहरु हुन् यी । एनआरएनएमा राजनीति गर्नु पर्छ भन्ने भनाइ पंक्तिकारको होइन । र राजनीतिलाई निषेध गर्नु पर्छ भन्ने पनि होइन । “राजनीति” आफैमा एउटा मीठो र गहन सुनिने सब्द हो । राजनीति भनेको एउटा दर्शन हो जसको उचित प्रयोग र प्रयोजन मार्फत मात्र कुनै पनि मुलुकको भबिष्य र भाग्य निर्माण हुन सक्छ । एनआरएनएको प्रसंगमा राजनीतिलाई जोडेर हेर्दा पनि संस्थाले चलाएको दोहोरो नागरिकता, सामुहिक लगानी तथा लगानी मैत्री बाताबरण जस्ता थुप्रै अभियानहरुमा सफलता हासिल गर्न  नेपाल सरकार तथा राजनैतिक दलहरु संग केहि हदसम्मको राजनैतिक तथा कूटनैतिक सम्बन्ध राख्नै पर्ने हुन्छ । नेपाल सरकार कै परिभाषामा पनि आज एनआरएनए सम्बृद्ध नेपालको एउटा महत्वपूर्ण साझेदार मानेको छ भने राजनीतिलाई इन्कार भन्दा पनि व्यस्थापन गर्नु जरुरी देखिन्छ । बहुसांस्कृतिक समाज अष्ट्रेलियामा नेपाली समुदायको सामुहिक पहिचान र मातृभूमिलाई सहयोग गर्ने पबित्र उद्देश्य बोकेको एनआरएनएमा हामी सबैले उदारता देखाउनै पर्छ, छाति ठुलो बनाउनै पर्छ र चुनाबी तिक्तता र अवस्थ प्रतिश्प्रर्धालाई सामान्यीकरण गर्ने पर्छ ।

एनआरएनएमा दलीय राजनीति हुनु हुदैन भन्ने अधिकांश व्यक्तिहरुले  पंजीकृत सदस्यता लिइदिने हो भने उहाँहरुले नै सोचे जस्तो एनआरएनए बन्न धेरै समय लाग्दैन । तर बाहिर बसेर कम्प्लेन गरेर संस्थाको सुधार हुँदैन । पोखरी सफा गर्न भित्रै जाने हिम्मत गर्नु पर्छ ।

राजनीतिक दर्शनमा मानिसहरुको आ-आफ्नै विचारहरु होलान, त्यो नितान्त व्यक्तिगत स्वतन्त्रता हो । राजनीतिक ज्ञान र अनुभव हासिल गरेका मानिसहरुमा संगठन, ब्यबस्थापन तथा कूटनीतिक दृष्टिकोणले  सापेक्षिक रूपमा अब्बल देखिन्छन जुन एनआरएनए जस्तो बिशाल अभियानलाइ अत्याबस्क नै हुन्छ ।   निश्चित रुपमा दलीय राजनीति र यसको प्रभावबाट एनआरएनएलाई मुक्त गर्नै पर्छ । किनकि दलीय राजनीतिले मातृभूमिबाट दूर दराजमा रहेका हामी नेपालीहरुलाई मिलेर काम गर्न फलामे चिउरा बनिदिन  सक्छ र एनआरएनए भित्रको  संजालमा साझा उपलब्धि हासिल गर्ने अभियानमा असहज पनि बनिदिन सक्छ । तर यो अभियान एक दुई जनाबाट मात्र सम्भव पनि छैन । साझा प्रयास, प्रतिबद्दता र इमान्दारिता  चाहिन्छ । हजारौं नेपालीहरु अष्ट्रेलियामा यतै बसोबासको चाँजोपाँजो मिलाउने तरखरमा छन् । एनआरएनए अभियान ति सबैको अधिकार र सामुहिक पहिचानको लागि स्थापना भएको हो र बिगत करिब १५ वर्षमा थुप्रै कामहरु गरिसकेको छ । र धेरै गर्नु बाँकि पनि छ । यसमा सबैको साथ चाहिन्छ । अभियानलाई साथ दिने र संस्थालाई सबल बनाउने पहिलो कदम भनेकै स्वतस्फूर्त संस्थाको सकृय सदस्य बन्ने, नेतृत्वमा सबल मान्छेहरुलार्ई चयन गर्ने र आफुले सकेसम्म सक्रिय सहभागिता जनाउने नै हो  ।  समुदायका अधिकांश सदस्यहरु कसैलार्ई एन आर एन ए के हो मतलब छैन त केहिलाई   “एनआरएनएमा राजनीति हुन्छ किन सदस्यता लिने ?” भन्ने नकारात्मक सोचाइले गाँजेको छ । यदि तपाईहरुकै भाषामा एनआरएनए सबैको साझा बन्न सकेको छैन, राजनीति गर्ने र ब्यापारीको मात्र हो भन्ने लाग्छ भने किन  मूकदर्शक बनेर संस्था बाहिर बस्नु हुन्छ ? नेपाली डायस्पोरामा सबल बन्दै गरेको एनआरएनएमा २ वर्षको लागि २५ डलरको सदस्यता लिएर आफ्नो सक्रिय सहभागिता जनाउन सकिएन भने कुन ग्रहबाट आएको मानिसले हाम्रो लागि काम गरिदिन्छ ? संस्थालाई सुद्दिकरण गरिदिन्छ ? आफ्नो समूदायको लागि स्थापित   साझा अभियानमा खुलम खुला हुने बिकृति र विसंगतिलाई  मूकदर्शक भएर हेर्नु हामी सबैको निरीहपन होइन ? गैह्र जिम्मेवारीपन होइन ? अरुलार्ई दोष लगाएर हाम्रो जिम्मेवारी पूरा कसरि हुन्छ ?  एनआरएनए भित्र पदका लागि मानिसहरुको होडबाजी चली रहन्छ किन कि यसको  बाहिरी ग्ल्यामर  निक्कै आकर्षक देखिन्छ । तर  भित्रि संरचना अझै बलियो भने बनेको छैन । यदि एनआरएनएमा दलीय राजनीति हुनु हुदैन भन्ने अधिकांश व्यक्तिहरुले  पंजीकृत सदस्यता लिइदिने हो भने उहाँहरुले नै सोचे जस्तो एनआरएनए बन्न धेरै समय लाग्दैन । तर बाहिर बसेर कम्प्लेन गरेर संस्थाको सुधार हुँदैन । पोखरी सफा गर्न भित्रै जाने हिम्मत गर्नु पर्छ । सबैलाई स्वागत छ ।  प्रवासमा बस्ने नेपालीहरुको साझा घर, साझा अभियान र सामुहिक पहिचान  एनआरएनएलाई भित्रैदेखि एउटा सबल र सुन्दर बनाउन मिलेर काम गरौ ।