गन्तव्य
मेरो मस्तिष्कले त्यसबेलासम्म पनि बुझेको थिएन के हो कुल अनि के हो घरान
फेरि एकपटक जिन्दगीमा कालो बादल मडारियो जे साचेको थिईन त्यही भयो । हुन त सोचे जस्तो जीवन कसको पो हुन्छ र ? तर पनि आफूले सोचेजस्तो नहुदा सबै तितरवितर हुदो रहेछ । आज विगतको पाना पल्टाएर हेर्दा कहाली लाग्छ । जीवनमा कस्तो कस्तो दुःख र पीडाको सामना गरेर आए ।
म घरकी जेठी छोरी, परम्परा अनुसार विवाह गर्ने पालो मेरै थियो । मैले जति प्रतिकार गरेपनि मेरो केही लागेन । लगन जुराए सबै मिलेर, म बाध्य भएर विवाहकोलागि राजी भएँ ।
जीन्दगीले भर्खर २० औं बसन्तपार गरेर २१ मा पाइला टेक्दैथ्यो । १२ को परीक्षा दिएपछि युद्ध जितेको सिपाही झै भएकी थिए । सुन्दर भविष्यको कल्पना गर्दै दिनहरू बित्दै थिए मेरा । घरमा विवाहको कुरा चल्यो । यसैपनि नेपाली समाजमा छोरीले २० काट्ने बित्तिकै विवाह गरिदिन पर्छ भन्ने मानसिकता अधिकाशं नेपालीहरूको हुन्छ । मेरो आमा बुवा शिक्षित भए पनि मेरो विवाह गरिदिन लागि परेका थिए । घर नजिकैको हजुरबुवा फलाक्दै थिए केटो सज्जन छ अहिलेसम्म सुपारीपनि मुखमा हालेको छैन । विवाहको लमीहरूले बोल्ने चर्चित वाक्य हो यो । म प्रतिकार गर्दै थिए किनकी मलाई अहिले विवाह गर्नुथिएन । तर म घरकी जेठी छोरी, परम्परा अनुसार विवाह गर्ने पालो मेरै थियो । मैले जति प्रतिकार गरेपनि मेरो केही लागेन । लगन जुराए सबै मिलेर, म बाध्य भएर विवाहकोलागि राजी भएँ । कुल घरानको केटा हो भनेर हल्ला मच्चिरहेको थियो । मेरो मस्तिष्कले त्यसबेलासम्म पनि बुझेको थिएन के हो कुल अनि के हो घरान । अ मलाई यति थाहा थियो कि केटा ईन्जिनियर हो । नाम असिम ढकाल । बाहुनको छोरो अनि म पनि बाहुनकी छोरी । विवाहपछि पढाईदिने सर्तमा विवाह गरेका थिए ।
विवाहको दिन घरभरी मान्छे जम्मा भएर नाच्दै थिए । तर मेरो मनमा ज्वाला दन्किरहेको थियो । आफूले कहिले नदेखेको नभेटेको मान्छेसंग जिन्दगी कसरी बिताउनु ? कसरी सम्बन्ध गासिन्छ त्यसै ? मलाई बाजा बजाउदै लिएर गए उनीहरूकै ढकाल निवासमा । मेरो नाम, थर, गोत्र, घर सबै परिवर्तन भयो । नया जीवनको सुरुवात भयो । अब जुन घरमा म बसेको थिए त्यो मेरो माईती कहलियो अनि जहा म प्रस्थान गरें त्यो मेरो घर कहलियो । हाय रे समयको खेल ∕ जोसंग हुर्के बढे उही मेरोलागि बिरानो हुने समय आयो ।
सुपारी समेत खादैन भनेको मान्छे रक्सीले हल्लिदै विवाहको पहिलो रात मेरो समिपमा आएर मसंग श्रीमानको हक जमाउदै भन्यो सरी ल साथीसंगको जमघटमा हल्का पिए । कति सजिलै भनिदियो उसले हल्का पिए भनेर उसलाई के थाहा उसको त्यो व्यवहारले मेरो मन कति भक्कानियो ।
घर पुगेर सबै परिवारलाई ढोगाउन सुरु गरे । म कठपुतली झैं उनीहरूको ईशारामा नाच्दै गए । मेरो सिउदो रातो रगंले रंगिएको थियो । शिरदेखि पाउसम्म सिंगारिएकी बेहुली हेर्न सबै तछाडमछाड गर्दै थिए । बेहुलीको निधार ठूलो रहेछ भाग्यमानी रहिछे । कुन कुनाबाट आवाज आयो ठम्याउन सकिन तर सोचे निधार ठूलो हुदैमा भाग्यमानी हुने भए ठूला निधार हुने जतिले आफ्नै भाग्यले खान पाउथे होलान् दुःख किन गर्नुपथ्यो ? विवाह भोज खान आएकाहरू विस्तारै विलिन हुन थाले । मेरो श्रीमानको ट्याग पाएका व्यक्ति अझै आँखा अगाडि देखिएनन् । थकै र निन्द्राले चुर भएकी म कतिखेर निदाए पत्तै भएन । रातको दुई बजे ढोका खुल्यो, मसंग कोठामा कोही थिएन । ढोका खोल्ने अरु कोही नभएर मेरो श्रीमान थियो । झसंग भए म जमिन भूकम्प आएजसरी हल्लिदैं थियो । त्यो आधा रातमा मेरो सामु उमात्रै थिएन उसंगै रक्सीको गन्धपनि थियो । सुपारी समेत खादैन भनेको मान्छे रक्सीले हल्लिदै विवाहको पहिलो रात मेरो समिपमा आएर मसंग श्रीमानको हक जमाउदै भन्यो सरी ल साथीसंगको जमघटमा हल्का पिए । कति सजिलै भनिदियो उसले हल्का पिए भनेर उसलाई के थाहा उसको त्यो व्यवहारले मेरो मन कति भक्कानियो । मध्य रातमा हल्ला खल्ला गरेर भाडभैलो मचाउन मलाई मेरो संस्कारले दिएन । चुपचाप सुत्ने कोशिष गरें । ओल्टेकोल्टे गर्दागर्दै बल्ल बल्ल बिहान भयो । सोझै सासुसंग गएर कराउन मन लाग्यो । आमाजुसंग झगडा गर्न मनलाग्यो, चिच्याउन मन लाग्यो तर सकिन ।
आमाजु, जेठाजु, सासु ससुरा, जेठानी सबैले भरिपूर्ण थियो घर । बिहान भान्सामा चिया पकाउदै गर्दा मैले साहस बटुलेर सोधें तपाईको छोराले सबैथोक खानुहुन्छ । खान हुने, नहुने सबै । यति हँुदाहँुदै सुपारीपनि खादैंन भनेर किन ढाट्नु भयो ? उमेरले ४५ मात्र पुगेकी मेरी सासु कड्किदै भनिन् कहाबाट खान्छ मेरो छोराले नचाहिने कुरा ? फेरि अहिलेको जमानामा खायो त के बिग्रियो । हो रक्सी पिउदैमा केही बिग्रिन्न तर समय हुन्छ जे कुराकोपनि, विवाहको रात कुनचाहि श्रीमान साथीसंग जमघट गरेर श्रीमतीलाई एक्लै कोठामा छोड्छ मलाई भन्नुस् । यती भनीसक्दा मेरो आखाबाट आशु झरिसकेको थियो । मनले भन्यो छोड्दे आश्मा अब तेरो घर यही हो त जसरीपनि यहा बस्नुपर्छ । मस्तिष्कले भन्यो हैन त बुझ्ने केटी होस्, आफ्नो जीवन जसरी खुसी हुन्छ त्यही गर् । मैले केही निर्णय लिन सकिन ।
असिम मसंग औपचारिक कुरा बाहेक अरु केही भन्दैन थियो । बिहान उठेर उसलाई चिया बनाइदिनु, उसको घरको सम्पूर्ण काम मेसिन जसरी गर्नु मेरो दिनचार्या थियो । न म असिमसंग कतै घुम्न जान पाउथें न त उसंग मनको कुरा खोल्न नै । पढाई, जिन्दगी सबै बर्बाद भो मेरो । असिम र उसको परिवारले मसंग बिहे गर्न बोलेका झुट एकएक गरी अगाडि आउन थाल्यो । एसएलसी मात्र उर्तीण गरेको मान्छेले ईन्जिनियर बनेर मसंग विवाह गर्न सक्थ्यो भने अरु जेपनि गर्न सक्थ्यो ।
ऊ र मसंगै हुने मौका कहिल्यै भएन । एउटै छानामुनी बसेरपनि अलग थियौं हामी । हरबखत मोबाईलमै आखा हुन्थ्यो उसको । ऊ घर आईपुग्दा घरका सबैजाना सुतिसकेका हुन्थे । म उसको प्रतिक्षामा भोको पेट बसिरहन्थें । कहिले ऊ बाहिरै खाएर आउथ्यो, कहिले आउदै आउथेन ।
एकदिन मोबाईल कोठामै छोडेर पसलसम्म गएको थियो । उसको मोबाईलमा घण्टी बज्यो । उसको फोन उठाउने दुस्साहस मैले गर्नसकिन । तर मोबाईलमा सेभ भएको नामले मेरो मुटु जोडसंग थर्कियो । मुख रातो रातो भयो । फोन सेभ गरेको नाम थियो ‘स्वीटी’ ।
नारीले जति सक्षम भएपनि सबैकुरा सहेरै बस्नुपर्ने रहेछ । मैले सहेरै बसें । दिन महिना हुदैं बर्ष बित्यो । सबथोक परिवर्तन भयो । मेरो आफ्नो शरीर सुकेर हेर्न लायककै थिएन । यतिसबै हँुदापनि मैले आफ्नो बुवा आमालाई केही भनिन । तर सत्य कतिदिन लुक्छ र ? आमाले असिमलाई एकदिन कुनै केटीसंग गाडिमा देख्नुभएछ । मलाई तुरुन्तै फोन गरेर आमाले यो कुरा सुनाउनु भयो । मैले आमाको कुरामा खासै ध्यानदिइन जे जस्तो भएपनि म समाजको अगाडि बाजा बजाएर भित्र्याईएकी उसकी श्रीमती थिए । उसले मलाई बेवास्ता गरेपनि अरुसंग सम्बन्ध गास्छ भन्ने अलिकतिपनि मेरो मनमा थिएन । एउटी महिलाले सबैकुरा बाड्न सक्छे तर आफ्नो श्रीमान अरुसंग बाड्न सक्दिन । आमाको कुरालाई मैले खासै चासो दिइन ।
असिम र मेरोबीचमा केहीकुरा हुदैंन थियो । ऊ कहा जान्छ, के काम गर्छ, कोसंग दिनभरी हुन्छ मैले केही पत्तो पाउदिन थिए । उसलेपनि मेरो निजी जीवनमा केही हस्तक्षेप गर्दैनथ्यो र मैलेपनि गर्दिनथें । असिम एकदिन मोबाईल कोठामै छोडेर पसलसम्म गएको थियो । उसको मोबाईलमा घण्टी बज्यो । उसको फोन उठाउने दुस्साहस मैले गर्नसकिन । तर मोबाईलमा सेभ भएको नामले मेरो मुटु जोडसंग थर्कियो । मुख रातो रातो भयो । फोन सेभ गरेको नाम थियो ‘स्वीटी’ । मैले त्यसदिन उसको मोबाईल पूरै चेक गरें । जुन नामबाट फोन आएको थियो असिमको मोबाईलमा त्यही नामबाट आएको कयौं म्यासेजहरू थिए । म विश्वस्त भए असिमको अरु कसैसंग सम्बन्ध छ भन्ने कुरामा । यति थाहा हुदाहुदै म असिमसंग बस्नु भनेको आफ्नो जीवन ध्वस्त गर्नु झैं थियो मेरोलागि ।
एकबर्षसम्म बन्न नसकेको सम्बन्धलाई अदालतको १५ मिनेटको बयानले बनाउछ भन्ने आशापनि थिएन । हेर्दाहेर्दै सम्बन्ध विलिन भयो । मेरो र असिमको गन्तव्य परिवर्तन भयो ।
मैले निर्णय गरें अब मैले असिमलाई छोड्नैपर्छ । जोसंग मेरो एकपलपनि खुसीसाथ बितेन उसंग पूरै भविष्य कसरी बित्न सक्छ ? मैले अरु केही सोचिन । डिभोर्सको निर्णय असिमको कानसम्म पुर्याईदिए । यसैपनि कसैलाई मप्रति कुनै दयाभाव थिएन आखिर सबैको कामदार जस्तै भएर त बसेकी थिए म । भित्र कसको मनमा के चल्यो थाहा पाईन । तर असिमको परिवारहरू कसैको आँखामा पश्चाताप थिएन । हेर्दा यस्तो लाग्थ्यो मानौं उनीहरू आफ्नो जीवनमा बसेको काडालाइ सजिलै पन्छाउदै थिए । मैले एकपटकपनि कसैको मुख हेरिन । सिधै हिडे आफ्नो बाटो । सोझै अदालत जान मन थियो तर गइन । आफ्नो माईती कहलिएको घरमा फेरि पाईला टेकें निरिह बनेर ।
आफूले घर छोडेपनि असिमले मसंग क्षमा माग्छ की भन्ने झिनो आशा पलाएको थियो ममा । नभन्दै मोबाईलमा घण्टी बज्यो । असिमले गरेको रहेछ । अचम्म लाग्यो जुन व्यक्तिले एक बर्षसम्म अपरिचित जस्तो व्यवहार गर्यो उसैले आज मलाई श्रीमती भनेर फोन गर्यो । उसले बोलायो मलाई भेट्न तर म गईन । किनकी उसलाई आफ्नो सम्बन्ध बचाउनभन्दा ईज्जत बचाउनु थियो त्यसैले बोलायो मलाई तर मायाले हैन । मैले आफ्नै खुशी दाउमा राखेर कसैको ईज्जत जोगाउन जरुरी ठानिन ।
डिभोर्सको दिन असिम आफ्नो बुवा र आमाको साथमा अदालत आयो अनि म आफ्नो आमा बुवाको साथमा । समयले एकबर्षमै कस्तो कोल्टे फेर्यो । जसले सम्बन्ध गासिदिएका थिए आज उही आमाबाबु निरिह भएर आफ्नो सन्तानको सम्बन्ध विच्छेद गराउदै थिए । मलाई अलिकतीपनि पछुतो थिएन । जुन व्यक्ति कहिल्यै मेरो श्रीमान बन्न सकेन उसंग बस्नुभन्दा बरु छुटिनु नै मेरोलागि धेरै उत्तम थियो । मैले असिमको आखामा आखा जुधाएर हेरें । सायद पश्चातापको भूमरीमा जलिरहेको थियो ऊ ।
मैले सरासर गएर डिभोर्स पेपरमा सहि गरिदिए । अदालतलाई बयान दिन जरुरी ठानिन । एकबर्षसम्म बन्न नसकेको सम्बन्धलाई अदालतको १५ मिनेटको बयानले बनाउछ भन्ने आशापनि थिएन । हेर्दाहेर्दै सम्बन्ध विलिन भयो । मेरो र असिमको गन्तव्य परिवर्तन भयो । आजबाट हामी नदीका दुई किनारा झैं भयौं जसको भेट असम्भव थियो ।
हातमा भएको चिया सेलाईसकेछ । सोच्दा सोच्दै कहा पुगेछु म । फेरि विगतले एकपटक झक्झकाएर गयो । घडिमा ८ बजिसकेको थियो । अफिसकोलागि तयार हुदैं गर्दापनि किनकिन आज मानसपटलमा विगत घुमीरह्यो ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...