संक्रमणिय रोगको जोखिममा आप्रवासी नागरिक

-- डा‍ प्रकाश पाैडेल / प्रकाशित मिति : सोमवार, बैशाख २७, २०७३

prakash poudelअष्ट्रेलियामा संक्रमणिय एवं सरुवा रोगहरू मुलत: आप्रवासीहरूको बसाइसराई एवं नागरिकहरूको विदेश भ्रमणबाट सर्ने गर्दछ । विशेष त अल्प विकशित राष्ट्रहरूमा यात्रा गर्दा यस्ता रोगहरू सर्ने जोखिम उच्च रहेको अनुसन्धानले देखाएको छ । यी रोगहरू मुख्यत दुषित खाना तथा पेय पदार्थको सेवन, लामखुट्टे एवं जनावरहरूको टोकाई, स्वासप्रस्वास र खोकीबाट छिटो फैलने गरेको पाइन्छ ।

उदाहरणका लागि गत वर्षको क्रिसमसको विदामा आफन्तको विवाहमा सामेल हुन नेपाल भ्रमण गएकी एउटा नेपाली महिला अष्ट्रेलिया फर्केपछि विमारी भइन र उनको स्वास्थ्य परिक्षणबाट टाइफाइड भएको प्रमाणित भयो । जुन उनलाई विहे भोजको दुषित खाना र पेय पदार्थको सेवनले गर्दा भएको थियो । यसरी आफ्नो मातृभूमि भनेर खानेकुरा जथाभावी खाने र रोग रोकथामका विषयमा सयमता नअपनाउँदा वर्षेनी नेपाल, भारत र वंगलादेश लगायत अन्य दक्षिणपूर्वी राष्ट्रहरूबाट आफन्त भेटघाट गरी फर्कने आप्रवासी अष्ट्रेलियन नागरिकहरूमा संक्रमण बढ्दो रुपमा रहेको छ ।

तसर्थ यहाँको स्वास्थ्य विभागले उच्च सतर्कताका साथ त्यस्ता विरामीहरूलाई विशेष निगरानीमा राखी उपचार गर्ने गर्दछ । साथै रोगहरू रोकथामका लागि यात्रा गर्दा अप्नाउनु पर्ने सावधानीहरूको बारेमा र अत्यावस्यक शुईहरूको बारेमा नागरिकलाई के कसरी जानकारी गराउन सकिन्छ भनेर अनुसन्धान पनि गर्ने गर्दछ । साथसाथै आवश्यक स्वास्थ्य नीति निर्माणको तर्जुमा गर्दछ ।

यसै सन्दर्भमा दक्षिण एशियाली देशहरूमा आफन्त भेटघाटका लागि यात्रा गर्दा अष्ट्रेलियाका आप्रबासी एवं नागरिकहरूले के कस्ता संयमता र रोकथामका विधी अपनाउँछन् भनेर युनिभर्सिटी अफ न्यु साउथवेल्स का शोधकर्ताहरूले एक अध्ययन थालेका छन् । यस अध्ययनमा सहभागी हुन तल दिइएको इन्टरनेट लिंकको विवरण आफ्नो कम्प्युटर वा फोनमा टाइप गरी सर्वे पूरा गर्न सक्नु हुन्छ ।

https://www.surveymonkey.com/r/TBY8657

टाइफाइडको बारेमा जानकारी

टाइफाईड एक प्रकारको व्याक्टेरियाको संक्रमणबाट हुने रोग हो । जुन दुसित खाना वा पेय पदार्थबाट सर्ने गर्दछ । यसका लक्षणहरू ज्वरो, टाउको दुख्ने, खानामा अरुची, झाडापखला इत्यादि हुन् । यसको उपचार उचित एन्टिवायोटिक औषधी सेवनबाट हुन्छ ।

  • टाइफाइडका रोकथामका उपायहरू
  • टाइफाईको संकमण बढी मात्रामा हुने देशहरूको भ्रमणमा जानुभन्दा दुई हप्ता अगाडि टाइफाइडको सुई लगाउने जसले तीन वर्षसम्म संक्रमणबाट सुरक्षित गर्दछ ।
  • शौचालय गए पछि र खाना खानु अघि अनिवार्य हात साबुन पानीले सफा गर्ने गर्नु पर्दछ ।
  • राम्ररी नपाकेको खाना, राम्ररी नपखालिएको फलफूल तरकारी खानु हुँदैन । अथवा बाहिरको बाहिरको बोक्रा फालेर मात्र खाने गर्नुपर्दछ ।
  • बोटलमा शील भएको पानी वा उमालेको पानी मात्र खाने गर्नु पर्दछ ।
  • निर्मलिकरण नभएको पानी र वरफ वा अन्य पेय पदार्थ मिसाइएको पानी खानु हुँदैन ।
  • बाटोमा वा खुल्ला रुपमा बेचिएका खाने कुराहरू खानु हुँदैन ।
  • पकाइएका खानाहरू तातो अवस्थामा भए मात्र खाने गर्नुपर्दछ ।
  • टाइफाइड लागेका विरामीहरूको संसर्गबाट बच्नुपर्दछ ।

संक्रमणित एवं सरुवा रोगहरू

दुषित खाना तथा पेय पदार्थको सेवनबाट हुने :

Typhoid, Paratyphoid, Hepatitis A, Hepatitis E आदि

लामखुट्टे र जनावरको टोकाइबाट सर्ने :

Malaria, Dengue, Japanes encephelitis, Chikungunya, Rabies आदि ।

श्वासप्रश्वास वा खोकीबाट सर्ने :

Inflvenza, Measles, Woophing, Cough, Tuberculosis आदि ।

रगत र अशुरक्षित यौन सम्पर्कबाट सर्ने :

HIV, Hapatitis B आदि ।