तरुण दलमा पदम भट्टराईको उम्मेदवारी

-- NTA REP. / प्रकाशित मिति : बुधबार, अशोज ५, २०७३

padam-2नेपाल तरुण दलको आसन्न चौथो केन्द्रीय महाधिबेशनमा गोर्खाका इमान्दार, सक्षम, प्रस्टबक्ता र विचारका धनी पदम भट्टराईले प्रदेश नम्बर-४  बाट केन्द्रिय सदस्यको लागी आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पार्टीभित्र शेरबहादुर देउवा निकट मानिने पदम भट्टराई गोर्खाका चर्चित युवा नेता तथा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे सँग पनि उत्तिकै निकट मानिन्छन । उसो त् पदम भट्टराईलाई प्रदेश नम्बर-४ बाट सुरेन्द्र पाण्डेले नै प्रत्यक्ष सहयोग गरेको मानिन्छ । २०४६ सालको जनआन्दोलन देखिनै नेविसंघ अस्कल क्याम्पसदेखि विद्यार्थी राजनीति हुदै केन्द्रमा नजिक हुन्  पुगेका भट्टराई युवा पंतिमा निकै लोकप्रिय मानिन्छन । आफ्नो व्यक्तिगत स्वार्थ भन्दा सधै पार्टीको हितमा लागिरहेकोले अहिलेको तरुण महाधिवेशनमा आफ्नो उम्मेदवारी जायज र  आफूमाथि न्याय हुने पनि ठान्छन ।

तरुण दलमार्फत समुन्नत देश निर्माणमा नेपाली कांग्रेसको विचार, आदर्श र समाजवादी चिन्तनलाई आत्मसाथ गर्दै “युवा स्वरोजगार मैत्री अभियान ”  संचालनगर्ने विशेष योजना सहित महाधिवेशनमा घोषणापत्र जारी गरेका  छन् ।

पार्टीभित्र नाता-सम्बन्ध, पुर्खा र रगतको साइनोले होइन विचार, क्षमता र पार्टीको चिन्तनको आधारमा आम तरुणको मुल्याकंन हुनुपर्छ भन्ने विचार राख्ने पदम भट्टराईले देशभरिका तरुण जिल्ला अध्यक्ष, केन्द्रीय प्रत्तिनिधि, केन्द्रीय पार्सद र वर्तमान कार्यसमिति समक्ष विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन् ।