अस्ट्रेलिया निबासी रुमु र सुजातालाई सत्यमोहोन जोशी शताब्दी पदक 

-- The NTA / प्रकाशित मिति : बिहिबार, मंसिर १६, २०७३
15036287_1234342369955543_2773403600879995779_nत्रिमूर्ति निकेतनले नेपाली साहित्यका शिखर व्यक्तित्व शताब्दी पुरुष डा.सत्यमोहन जोशीको योगदानलाई देश विदेशमा पुराउने र आफु जहाँ रहे पनि नेपाली कला, संस्कृति र साहित्यलाई जिबन्तता दिन अग्रसर २०९ जना व्यक्तिलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ ले सम्मान गरेको छ । त्रिमुर्ती निकेतनको बाह्रौँ दिवसको अवसर पारेर काठमाडौँमा आयोजित उक्त कार्यक्रममा उक्त पदकले अस्ट्रेलियामा रहेका दुइ चेलीहरु रुमु न्यौपाने र सुजाता केसी पनि सम्मानित भएका छन् ।
आयोजकले जनाए अनुसार साहित्य तर्फ सामुहिक रुपमा धेरैलाई एकै पटक सम्मान गर्ने आज सम्म कै यो नै पहिलो कार्यक्रम हो । शताब्दी पुरूष ‘सत्यमोहन जोशीको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उँहाको हातबाट उक्त सम्मान पाऊदा आफुहरु लाई निक्कै खुशी लागेको सम्मानित चेलीहरु सुजाता केसी र रुमु न्यौपानेले बताए ।  नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी संस्थापक एबम हालकी अधक्ष्य समेत रहेकी सुजाता के सीको योगदान नेपाली गित संगीत कला र साहित्यमा उल्लेखेनिय छ । त्यसै गरि अस्ट्रेलियालाई कर्मभूमि बनाएर साहित्य सिर्जनामा सक्रिय रुमु न्यौपाने युवा कवियत्री र लेखिका हुन्।