चुनाबी संग्राममा देश

यी पंक्तिहरु तपाईले पढ्दै गर्दा हाम्रो देश, हाम्रो जन्मभूमि नेपाल बिगत २८ बर्षका विविध उतारचढावबीच गणतान्त्रिक संबिधान अन्तर्गत देशको शासन व्यवस्था सम्हाल्ने उच्च निकाय प्रतिनिधि सभा र हाम्रो लागि बिल्कुलै नयाँ अनुभब प्रदेश सभाका लागि चुनाबी संग्राममा छ । द्ववन्दग्रस्त बिश्वका धेरै देशहरु संग तुलना गर्ने हो भने हाम्रो देशले उदेक लाग्दो फड्को मारेको भन्नु पर्छ । २०४६ सालदेखि अहिलेसम्मका नेपालका घटनाक्रम मात्र हेर्ने हो भने पनि बिश्व परिघटनामा हामीले गरेका र भोगेका घटनाहरु बिश्व मै अद्भूत लाग्दा छन् ।
२८/३० बर्ष कुनै राष्ट्रका लागि आफैमा ठुलो समय होइन त्यसमा पनि द्वन्दको रापले तातेको राष्ट्रलाई यति समय त द्वन्दको राप सेलाउन मात्र पनि लाग्न सक्छ । बिश्वका धेरै देशहरु भियतनाम, कम्बोडिया, रुवान्डादेखि अफगानिस्तान हँुदै मिडिल इष्ट र अफ्रिकन देशहरु यसैका उदाहरण हुन् जुन द्वन्द पश्चात अझ राम्रो संग तंग्रिन समेत सकेका छैनन् ।
नेपालको हकमा कुरा गर्ने हो भने भलै बिकसित देशको तुलनामा हामी विकास निर्माणमा बामे पनि सर्न सकेनौ, तर राजनीतिक रुपबाट त्यो कहाली लाग्दो समयबाट यहाँसम्म आइ पुगेका छांै जुन सन्तोषप्रद नै मान्नु पर्दछ । २०१५ सालमा तत्कालिन जन निर्बाचित सरकारलाई कू गरेर तत्कालिन राजा महेन्द्रले राज्यको बागडोर आफ्नै हातमा लिए राजनतिक रुपमा लाटो र बहिरो भएर बस्दै गर्दा पनि त्यस पछिको ३० बर्ष नेपालमा उल्लेखेनीय बिकास निर्माण कार्यहरु भए । जस्तो पूर्व–पश्चिम राजमार्ग, हवाई मार्ग संग राजधानी र अन्य शहरहरुको सम्पर्क, स्वदेशी र बिदेशी सहयोगमा केहि उद्योग र कलकारखाना त्यो भन्दा पनि अलिकति भए पनि शान्त नेपाल ।
२०४६ सालको राजनीतिक परिबर्तनबाट देशले बहुदलिय सबैधानिक ब्यबस्था अनुसरण गर्यो, त्यस पछिका २८ बर्ष पूरै राजनीतिक लडाई कै नाममा यो वा त्यो गर्दै बित्यो । त्यसमा पनि बीचका १० बर्ष त यति भयबह रह्ययो कि सत्ता पक्ष र बिद्रोही पक्षका गरि करिब १७ हजारले त्यो कालो समयको लागि ज्यानको मुल्य चुकाउनु पर्यो, लाखौंको अंगभंग र अरबौको भौतिक संरचनाहरु नष्ट भए । २८ बर्ष अगाडि एकदलीय पंचायती ब्यबस्था रहेको यो देशमा आहिले गणतन्त्र छ । १० बर्षमा पड्केका बम र बारुदहरु सम्झने हो भने यस्तो लाग्दैनथ्यो यति चाँडै ति बिर्सिएलान । त्यो मानेमा नेपालका नेताहरु को संयमतालाई सलाम गर्नै पर्छ । युद्धरत माओबादीहरु र संसदीय दलहरु बीचको एकताले २४० बर्ष राजतन्त्र बिदा भो, देशले गणतन्त्रको बिहानी देख्यो । युद्धरत माओबादीका ती सैन्य र हतियार यति सहज र बैज्ञानिक तरिकाले ब्यबस्थापन भएकी यो बिश्वको लागि नै अनुकरणिय रह्यो ।
त्यस पछि २ पटकको संबिधान सभाको बलमा देशले नयाँ गणतान्त्रिक संबिधान पायो त्यहि आधारमा टेकेर स्थानीय तहको चुनाव भइ सक्यो, भने आहिले देश प्रतिनिधि सभा र प्रदेश सभाको चुनावले चुनावमय भएको छ । यो भनेको एउटा द्वन्दरत देश, एउटा अल्पबिकशित देश, राजनीतिक व्यवस्थामा पुरै ३६५ डिग्रीको मोड लिएको देशको लागि निक्कै ठुलो कुरो हो । स्थानीय तहको चुनाबले जसरी स्थानीय तह स्थिर भइ सकेको छ, जनप्रतिनिधिको हातमा गइ सकेको छ अब प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबले प्रदेशका विविध कुराहरु र देशको शासन ब्यबस्था संबिधान प्रद्धत अगाडि बढ्न ठुलै मद्दत पुग्नेछ । यस पछाडी चाहे जसको होस् देशले स्थिर सरकार पायो भने देश बिकास र प्रबिधिको दिशामा अगाडि बढ्ने धेरै समय लाग्दैन । त्यो किन पनि भने हामी संग प्रचुर सम्भाबनाहरु छन् हामीलाई त मात्र भिजन सहितको कार्यन्वयनको खाँचो छ । अर्को तिर संबिधानलाई अझ जन मैत्री बनाउँदै यो सम्पूर्ण रुपमा नेपाली हावा पानी माटोमा रम्न र यसलाई सबैले अपनत्व महसुश गर्न पनि यो निर्बाचन यसले दिने परिणमले ठुलो भूमिका खेल्नेछ ।
त्यसैले यो निर्बाचनलाई देशको माया, देशको भविष्य संग जोडेर हेर्दै संबिधानको कार्यन्वयन र संबिधान प्रद्धत हक अधिकारको उपभोग गर्नका लागि पूर्ब मेचीदेखि पश्चिम महाकालीसम्मका सबै सफल हुन् । हाम्रो होइन राम्रो छान्न सकुन् । शुभकामना !
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...


