पदिय भाग बण्डा भन्दा माथि उठोस् एनआरएनए अष्ट्रेलिया

प्रबासमा छरिएर रहेका प्रबासी नेपालीहरु लाई एउटा आत्मीय डोरीले बुन्दै साझा चौतारीको अबधारणा सहित गठन भएको गैर आबासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो स्थापनाको २० बर्षमा सात दर्जन देशमा संजाल विस्तार गरिसकेको छ । अझ यसो भनौ जहाँ जहाँ नेपालीहरु पुगेका छन् अब लगभग ति सबै ठाउँमा पुगिसकको छ एनआरएनए । त्यसैले पनि दुताबास नपुगेका देशमा एनआरएनए त देश कै प्रतिनिधित्व गर्ने संस्था हो र सबैको लागि अभिभाबक ।
संख्यात्मक र गुणात्मक दुवै रुपमा बिश्व संजाल मै एनआरएनए अष्ट्रेलियाले आफ्नो छुटै पहिचान बनाएको छ, जुन हामि सबैको लागि गर्वको बिषय हो। हिजोका बिभिन्न प्राकृतिक प्रकोपमा मल्हम लगाउन देखि प्रबासमा देश चिनाउन सफल एनआरएनए अष्ट्रेलिया हामी सबैको लागि मन माझ्ने चौतारो पनि बनेको छ । त्यसैको रिफ्ल्याक्सन हुन सक्छ आहिले सामाजिक संजाल देखि सानो तिनो सबै भेटघाट सम्ममा देखिएको एनआरएनएको मौसम । त्यसो त अष्ट्रेलियाको नेपाली समुदाय नै एनआरएनएमय भइरहदा पदिय भागबण्डा अघि अघि एनआरएनए सदस्यता पछि पछि देखिएको छ जुन नौलो नै त होइन, तर बेमज्जा चाहिं पक्कै हो ।
संस्थाको मेरुदण्ड भनेको संस्थामा अनुबन्धित सदस्यहरु हुन्, सदस्य बन्दै गर्दा प्रत्येक सदस्यले यति ठुलो संस्थाको सदस्य बनेकोमा गर्ब गर्नु पर्नेमा सदस्यता संगै जोडिएर सधै पदिय भाग बण्डा आउनु दुखद कुरा हुन् । पदिय भाग बन्डा भन्दा धेरै बहसका बिषय र एजेन्डाहरु छन् सबैको मस्तिष्कमा, ति सबै छोडेर किन सधै सदस्यता वितरण र पदीय भाग बन्डा संगै आउंछ यो नसुहाउँदो कुरालाई निस्तेज गर्नु एकदमै जरुरि छ । एनआरएनएले देशलाई दिन सक्ने सात दर्जन देशमा बिस्तृत यो संजाल संग देशले लिन सक्ने पनि धेरै कुरा हरु छन् । आफु सदस्य बन्दै गर्दै मा यो बिशाल संजालको एक हिस्स्सा हुँ भनि गर्ब गर्दैअरु धेरैलाई सदस्य बन्न प्रोत्साहित गराउन सक्नु पर्नेमा संस्थाको सदस्य संख्या सहज किसिमले फुक्न सकेको छैन, जति छन् ति पनि यस्तै कुरामा अलमल छन्।
देशलाई दुख्दा बिबिध परोपकारी कार्यहरु मा सारथी बनेको एनआरएनए माथि भनिए जस्तै परोपकारिताका अलवा प्रबासी नेपालीहरु ले देशलाई दिन सक्ने धेरै कुरा छन् । प्रबासमा सिकेको धेरै थरि ज्ञान र शिप देखि बयास्थापनका बिषय हरु, धेरै भन्दा धेरै प्राबिधिक र बिकाशका कुराहरु मा नीतिगत रुपमै नेपाल सरकारलाई सल्लाह सुझाब दिनको लागि सक्षम छन् धेरै भन्दा एनआरएनहरु । संस्थालाई सबल नेतृत्व निश्चय नै चाहिन्छ त्यो भन्दै गर्दा पदको हान-थाप र नेपालको राजनीतिक लेबल सहित भागबन्डामा एनआरएनए अष्ट्रेलिया नअल्मलियोस। यो संस्था सबैको हाम्रो बनोस, जगैबाट राम्रो बनोस।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...