नेपालीमा मानसिक समस्या: जिम्मेवार को ?
पछिल्लो समयमा यहाँ रहेका नेपालीहरूमा मानसिक रोग समस्याका रुपमा बढ्दै गएको छ । नेपालबाट बिद्यार्थीका रुपमा आएका युवायुवतीहरूमा यो समस्या समस्याका रुपमा देखिदै आएको त छ नै यहाँ ब्यवस्थित रुपमा बसोबास गरिरहेका नेपालीहरूले समेत यही समस्याका कारण आत्महत्यासम्मको बाटो रोजेपछि भने यसप्रति सबै गम्भीर बनेका छन् ।
नेपालबाट उच्च भविष्यको खोजीमा आउने तर यहाँ आँफूले भनेजस्तो नहुने भएपछि बिद्यार्थीहरू मानसिक चिन्तामा पर्नु स्वभाविक नै हो । अर्काेतिर नेपालमा आफ्नो परिवारको छत्रछायाँमा रहने तर यहाँ आएपछि सबै जिम्मेवारी आँफैले ब्योहोर्नु परेपछि पनि बिद्यार्थीहरूलाई तनाव पर्ने गर्दछ । अर्काेतिर यहाँ जे अपेक्षा र सपना देखेर आएका हुन्छन् त्यो सपना र अपेक्षा ब्यवहारमा जस्ताको तस्तै नपाएपछि समेत उनीहरू मानसिक समस्यामा पर्ने गरेको चिकित्सकहरूको भनाई छ । मुख्यत: नेपालबाट लाखौं खर्च गरेर यहाँ पठाएपछि अभिभावकहरूले गर्ने अस्वभाविक अपेक्षा पनि मानसिक रोग बढ्नुको मुख्य कारकका रुपमा औंल्याईएको छ ।
नेपाली समुदायबाट यहाँको मानसिक क्षेत्रमा काम गरिरहेका बिशेषज्ञ चिकित्सक, सामाजिक कार्यकर्ता, र नर्सहरू नेपालीहरूमा मानसिक रोग बढ्दै जानुमा आफ्नो स्वास्थ्यप्रति जागरुक नहुनुलाई नै कारक मान्छन । अर्काेतिर आँफूमा मानसिक समस्या रहेको थाहा भएपनि त्यसलाई स्वीकार नगर्नु र स्वीकार गरिहालेपनि समयमै उपचार नगर्नुले थप समस्या थप्दै गएको बताउँछन् । समयमै थाहा पाएर कुनै ग्लानिबिना उपचारको खोजी गर्ने हो भने अन्य रोगजस्तै मानसिक रोगको पनि सहज उपचार हुने चिकित्सकहरू सुनाउँछन् । तरपनि जति समस्या बढिरहेको छ यसको रोकथामका लागि को जिम्मेवार छ त ? पछिल्लो समयमा यो प्रश्न यहाँको नेपाली समुदायमा गम्भीर रुपमा ठडिएको छ ।
यहाँका नेपालीहरू बिद्यार्थीलाई अष्ट्रेलियासम्म ल्याउन पहल गर्ने कन्सल्टेन्सीहरूले गर्नुपर्ने जति जिम्मेवारी पूरा नगरेको गुनासो सुनिने गरेको छ भने यहाँ रहेका नेपाली समुदायहरूले समेत यसको रोकथाम र सुचना सम्प्रेषणका लागि सक्दो पहल नगरेको गुनासो छ । यहाँ रहेका कन्सल्टेन्सीहरूले बिद्यार्थीलाई ब्यवसायको रुपमा मात्र प्रयोग गरेको र आवश्यक्ता अनुसार उचित सल्लाह, सुझाव, सम्पर्क र सहयोग नगरेको एकथरिको गुनासो छ भने अर्काेतिर व्यवसायीहरू आँफूहरूले गर्नसक्ने गरिरहेको र सबैलाई सबै प्रकारको सहयोग गर्न असमर्थ रहेको सुनाउँछन् ।
बिद्यार्थीहरूलाई सक्दो सहयोग गर्ने कोशिष गरिरहेको र सहयोग पुरयाइरहेको यहाँ रहेका कन्सल्टेन्सीहरूको साझा संस्था एक्काका अध्यक्ष निरज श्रेष्ठ भन्छन् । तर काँधमा राखेर नै हिंड्न भने नसकिने उनको भनाई छ । उनी कन्सल्टेन्सीहरूले आँफूलाई काँधमा राखेर हिड्नुपर्छ भन्ने अवधारणा बिद्यार्थीहरूले छोड्नुपर्ने दाबी गर्छन् । उनी कन्सल्टेन्सीहरूले आफ्नो बिद्यार्थीका रुपमा अष्ट्रेलिया ल्याइसकेपछि निश्चित सहयोग, सल्लाह र सुझाव सकेसम्म दिइने गरेको समेत दाबी गर्छन् । तर बिद्यार्थीहरू भने कन्सल्टेन्सी ब्यवसायीहरूको यी कुराहरूमा सहमत छैनन् ।
एक्काकै पुर्व सचिव संजिव पाण्डे भने आँफूले ल्याएको बिद्यार्थीहरू समस्यामा परेको बेलामा भने जतिसक्दो सहयोग पुरयाउने गरेको दाबी गर्छन् । ‘म अरु सबैले के गर्छन् र कस्तो सहयोग पुरयाइरहेका छन् त्यो बारेमा भन्न सक्तिन तर हामीबाट आएका बिद्यार्थीहरूलाई आवश्यक अनुसार सहयोग पुरयाइरहेका हुन्छौं ।’ उनी केही अन्य कन्सल्टेन्सीहरूले समेत बिद्यार्थीहरूलाई आवश्यक सहयोग पुरयाएको सुनाउँछन् । ‘हामीले गर्ने भनेको होस्टेमा हैंसे मात्र हो ।’ उनको भनाई छ ।
बिद्यार्थीहरू भने भिषा लागिसकेपछि केही कन्सल्टेन्सीहरूले मेरो संस्थाबाट यति भिषा लाग्यो, यति लाग्नेवाला छ, यसको पीआर आयो भने फोटो र सुचनाहरू सार्वजनिक संजालमा राख्ने तर त्यसपछि उसको अवस्था के छ भनेर सोधीखोजी हुने नगरेको दाबी गर्छन् । बिद्यार्थीहरू कन्सल्टेन्सीहरूले आँफूलाई भिषा लगाउने समयमा जति महत्व दिन्छन् भिषा लागिसकेपछि आवश्यक वास्ता नगर्ने गरिएको गुनासो गर्छन् । यद्यपि कन्सल्टेन्सीहरू भने आफ्नो समय र आवश्यक्ता अनुसार सहयोग पुरयाइने गरेको दाबी गर्ने गर्दछन् ।
मानसिक रोग पनि अन्य रोगजस्तै सामान्य रोग भएको बुझाउनकालागि पहल गर्नुपर्ने बताउँछन् । ‘अहिले पनि मानसिक रोग लागेको ब्यक्तिलाई यो रोगको स्वीकार गर्न र समयमै उपचार गर्न ग्लानी हुने गरेको पाइएको छ ।
अर्काेतिर, एनआरएन लगायतका संस्थाहरू ले समेत मानसिक रोग बढ्दै गरेको भन्दै यसतर्फ आँफूहरूले पहल शुरु गरिएको बताइरहेका छन् । एनआरएन न्यु साउथ वेल्सका संयोजक तथा उपाध्यक्ष नन्द गुरुङ एनआरएनले यस्तै समस्यामा रहेका नेपालीहरूलाई सहयोग गर्नका लागि हेल्प डेस्कलाई पुन: सञ्चालनमा ल्याइएको बताउँछन् । बिज्ञ चिकित्सकहरू समेत सहभागी रहेको यस डेस्कबाट सम्पर्कमा आएकाहरूलाई सक्दो सहयोग पुरयाइने गरेको उनको भनाई छ ।
चिकित्सकहरूको भनाई मान्ने हो भने समयमा रोगको उपचार नगर्नु नै मानसिक रोग बढ्नुको मुख्य कारक हो । उनीहरू त आँफूले उपचार गर्ने अधिकांश बिरामीहरू समयमा उपचार गर्न नआउने र रोगले च्यापिसकेपछि मात्र उपचारका लागि आउने गरेको अनुभव सुनाउँछन् । उनीहरू मानसिक रोग पनि अन्य रोगजस्तै सामान्य रोग भएको बुझाउनकालागि पहल गर्नुपर्ने बताउँछन् । ‘अहिले पनि मानसिक रोग लागेको ब्यक्तिलाई यो रोगको स्वीकार गर्न र समयमै उपचार गर्न ग्लानी हुने गरेको पाइएको छ ।’ मेलबर्नमा लामो समयदेखि मानसिक रोग बिशेषज्ञका रुपमा काम गरिरहेका डा. अनुपम पोखरेल सुनाउँछन् । उनी यो रोगका बिरामी समयमै सम्पर्कमा आए अन्य रोग सरह नै निको हुने बताउँछन् ।
आखिर जे भएपनि अष्ट्रेलियाको तथ्यांक झै प्रत्येक ५ नेपालीमा एकमा मानसिक रोग रहेको चिकित्सकहरूको दाबी छ । यसको न्युनिकरण र रोकथामका लागि सुचना, सहयोग र उपचार नै प्रमुख कुरा रहेकोमा कसैले पनि दुईमत गर्न सक्तैन् । अर्काेतिर, बिद्यार्थी नै मुख्य ब्यवसायको स्रोत भएका कन्सल्टेन्सीहरूले बिद्यार्थीहरूलाई समय अनुसार आवश्यक सम्पर्क, सल्लाह, सुझाव र आवश्यक सहयोग पुऱ्याइदिए र समाजमा स्वयंसेवकका रुपमा काम गरिरहेका एनआरएन लगायतका संस्थाहरूको पहलकदमी यसको रोकथाममा महत्वपूर्ण हुन आउँछ । मुख्य रुपमा त उच्च शिक्षा र उज्वल भविष्यको खोजीमा यहाँ आएका बिद्यार्थीहरूले नै सही जीवनयापन, राम्रा साथी, सीमित महत्वकांक्षा र सहज सामाजिक जीवन बिताउने कोशिष गरेको खण्डमा मानसिक रोगको समस्या धेरै हदसम्म समाधान हुनेमा दुबिद्धा नहुन सक्छ ।
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
Enjoy the many benefits of starting up tonight hook up tonight for tonight...
Le bref variante: utiliser bons soins de vous fréquemment...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...