दर्शकलाई मन पर्यो गायक तुलको ‘गोर्खे सलाम’

काठमाडौं– बुद्ध जयन्तीको अवसर पारेर गायक तुल साम्सोहाङ राईद्वारा सार्वजनिक गरिएको राष्ट्रिय भावना बोल्ने ‘गोर्खे सलाम…’ शीर्षकको गीतको म्युजिक भिडियो दर्शकले मन पराएका छन् ।
अमेरिकामा बसोबास गरिरहेका गायक राईको उक्त गीतको म्युजिक भिडियो एउटा भावनात्मक संवादबाट प्रारम्भ हुन्छ, जसमा गायक राई तथा भीमफेदी गाइजका कलाकार निर्मल लामाबीच देशभक्तिपूर्ण कुराकानी हुन्छ ।
प्रस्तुत गीतमा भने टंक बुढाथोकीको शब्द तथा संगीत छ भने बुढाथोकीले नै संगीत संयोजनको काम गरेका छन् । उक्त गीत गायक राईको ‘समिश्रण’ एल्बममा समावेश छ । मेलोडियस शैलीको यो फास्ट गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ ।
निर्मल लामाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोलाई भिमफेदी गाइजका कलाकारले आकर्षक बनाएका हुन् । निर्देशक लामा पनि भिमफेदी गाइजकै सदस्य हुन् । अंग्रेजीमा उप शीर्षक राखिएको उक्त गीतको भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् । द मोन्टाजद्वारा छायांकन गरिएको भिडियोमा भीमफेदी गाइजका कलाकारहरुलाई द स्टार यूथ डान्स ग्रुप, दम्की रक्स तथा चिउरी बगैंचा गाईजका कलाकारहरुले पनि साथ दिएका छन् ।
छड्के सलामको भिडियो
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...