अष्ट्रेलियाको सफल व्यबसायी हरि पोख्रेल सँगकाे अन्तर्वाता

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, असार ५, २०७५

नेपालको बिराटनगर स्थाई ठेगाना भए पनि झापाको गौरदहमा आफ्नो बाल्यकाल बिताएका हरि पोख्रेल यति बेला अष्ट्रेलियाको सफल व्यबसायीमा पर्छन् । आज भन्दा २० बर्ष अगाडि विद्यार्थीको रुपमा अष्ट्रेलिया आए । अन्य नेपाली बिद्यार्थीहरू जस्तै उनका पनि जीबन भोगाइ र सिकाइका फेहरिस्ता छन् । कुनै बेला एकाउटेण्ट बन्ने सपनालाई साकार पार्न एसआइबिटि कलेजबाट डिप्लोमा अफ एकाउण्टि· त्यसपछि मक्कवारी युनिभर्सिटीबाट ब्याचलर इन एकाउण्टि· डिग्रि लिएका पोख्रलले कालान्तर आफुलाई माइग्रेसन एजेन्टको रुपमा समेत उभ्याए । यस बीचमा पोख्रेलले भिक्टोरिया युनिभर्सिटीबाट ‘माइग्रेसन ल’ मा ग्रेजुयट सर्टिफिकेट र युनिभर्सिटी अफ न्यु इंगल्याण्डबाट मास्टर इन कमर्ससम्म अध्ययन पूरा गरे । सन राईज वान स्टप सप जस्तो बनेर एकाउण्टि·, फाईनान्स, शैक्षिक परामर्शदाता र माईग्रेसन एजेन्टको रुपमा धेरैलाई सेवा पुराउँदै आएका पोख्रेल सिड्नीको हर्नस्बी हाईटमा ३ छोरा/छोरी र श्रीमती सहित बस्दै आएका छन् । व्यवसायमा लाग्नु अगाडि वेस्टर्न सिड्नी टेफ, साउथर्न टेफ र सिड्नी वाटरमा जागिरे जीबनको अनुभब लिइ सकेका मिलनसार स्पष्टबक्ता सन् राईजका निर्देशक उनै पोख्रेल संग द नेपाली टाईम्स अष्ट्रेलियाको बिज टकका लागि छोटो कुराकानी प्रस्तुत गरिएको छ कुराकानीको संक्षेप ।

 

तपाइँको व्यसायको बारेमा केहि बताई दिनुस न ?

म यति बेला माइग्रेसन, एजुकेसन र एकाउण्टि∙ सेवा पुराउने व्यवसाय मा आबद्द छु । यसका लागि माइग्रेसनका लागि :ब्च्ब् ७ :क्ष्ब् र एकाउण्टि∙ र ट्याक्स रिटर्नका लागि अष्ट्रेलियन ट्यक्सेसन बोर्ड संग आबद्द छु । हाम्रो कम्पनी शैक्षिक परामर्श दाताको रुपमा समेत रजिस्टर्ड छ र हामी धेरै स्तरिय कलेज र युनिभर्सिटीका आधिकारिक प्रतिनिधि पनि हौं । प्राबिधिक (भोकेसनल) शिक्षादेखि उच्च शिक्षासम्मका कुनै पनि शैक्षिक परामर्शका लागि हामीले बिद्यार्थीहरू लाई तिनका आबश्यकता अनुसार सर सल्लाह सुझाब र सहयोग पुर्‍याउँदै आएका छौं । हाम्रो अष्ट्रेलियाको सिड्नीमा र नेपालको काठमाडौंमा अनुभबी स्टाफ सहित को कार्यालय छ ।

 

किन यो व्यवसाय रोज्नु भो ?

मलाई माइग्रेसन सम्बन्धी कुराले संधै आकर्षण गर्थ्यो र अर्को तर्फ आफु नै बिद्यार्थी हुँदै सबै कुराको उतार चढाव भोगेको व्यक्ति परें । यो धेरै जनाको भविष्य संग जोडिएको बिषय पनि त हो । सानो गल्तिले सुधार्न नसकिने समस्या आइपर्ने भिसाको समस्या उच्च शिक्षाका कुरामा सहि सल्लाह सुझाब दिन सकौं भन्ने उद्देश्यले पनि मलाई यस क्षेत्रमा केहि गरांै भन्ने लाग्यो । यो आफैमा व्यवसाय हुँदा हुँदै पनि सामुदायिक कार्य पनि हो । त्यसैले पनि म आँफू संग आउने ग्राहकको समस्यामा गहिरिएर मात्र सल्लाह र सुझाब दिने गर्छु । त्यसैले पनि म यो व्यवसायमा सन्तुष्ट पनि छु ।

 

यो व्यवसायमा रहँदै गर्दा कस्ता किसिमका अबसर र चुनौती देख्दैहुनुहुन्छ र सामना गर्दै हुनुहुन्छ ?

अष्ट्रेलियन इमिग्रेसनका नियमहरू आफैमा कठिन छन् छिटो छिटो परिबर्तन र अपडेट भइ रहन्छन् । कति नियमहरू भिन्न अर्थ लाग्ने किसिमका या एक संग अर्को जेलिएका पनि हुन्छन् । त्यसैले निरन्तर स्व अध्ययन र यस संग आवश्यक पर्ने ट्रेनी∙हरू लिइरहनु अति आवश्यक छ । आफुले समस्याको गहिराहीमा पुगी इमिग्रेसनको नियममा आफ्नो क्लाईण्टको बस्तु स्थिति मिल्ने गरि आफुलाई संधै चनाखो राख्नु एउटा चुनौती हो । अर्को तर्फ धेरै पक्षबाट भए गरेका गल्तिहरूले धेरै कुराहरू उठेका हुन्छन् यसमा क्लाईण्टलाई आस्वस्त पार्न सक्नु पर्यो । सहुलियत सेवा शुल्क लिएर स्तरीय सेवाहरू दिन सक्नु पर्यो ।

 

अबको पाँच बर्षमा तपाईको व्यवसाय कहाँ पुग्ला ? हामीले हरि पोख्रेललाई अबको पाँच बर्षमा कहाँ देखौंला ?

निश्चय पनि अबको पाँच बर्षमा आफुलाई यस क्षेत्रमा अझ दक्ष बनाउँदै अष्ट्रेलियाका अन्य शहरहरूमा पनि हाम्रो कार्यालयहरू हुनेछन् । त्यसै गरि नेपालमा पनि लगभग सबै प्रमुख शहरहरूमा हाम्रो कार्यलय स्थापना गरेर स्थानीय रुपमा नै सेवा प्रदान गर्नेछु । जसले निश्चय पनि हाम्रा अफिसमा कार्यरत दक्ष जनशक्तिहरूमा बढोत्तरी हुनेछ यसैको अनुपातमा हामीले धेरै भन्दा धेरै ग्राहकलाई सेवा पुराउने छांै ।

 

नेपाली समुदायमा व्यवसाय गर्न चाहनेहरूलाई तपाई कस्ता सुझाब दिन चाहनुहुन्छ ?

समुदायमा व्यवसाय बढ्नु आफैमा निक्कै राम्रो कुरा हो । गुणस्तरीय सेवामा कटिबद्द भएर कुनै पनि व्यवसायी आउँदा त्यसले स्वयं सेवाग्राहीलाई नै अझ बढी फाईदा हुन्छ भन्ने कुरामा बिस्वस्त छु । त्यसो भन्दै गर्दा गैरकानुनी या क्षणिक ट्याक/टुक मिलाउने खालको व्यवसाय नगर्न म यो व्यवसाय मात्र होइन सबै व्यवसायका साथीहरूलाई अनुरोध गर्दछु । जहिले पनि नयाँ अबसरको खोजि गर्ने आफुलाई संधै दक्ष बनाउन स्वअध्ययन गरि राख्ने सुझाब दिन्छु । अन्त्यमा अरुलाई खुसी बनाउन पहिला आफु खुसी हुनु जरुरी छ त्यसैले पनि, आफुले गरेको काम व्यवसायबाट पहिला आफु खुसी र सन्तुष्टि हुनु जरुरि छ ।