जीवनको अर्को सचित्र ‘कोरा’ नाटक

-- प्रकाश निङ्गलेकू / प्रकाशित मिति : शुक्रबार, असार २९, २०७५

नेपाली नाट्य विधालाई हालको अवस्थामा ल्याईपुराउनुमा गुरुकुलको छुटै योगदान छ । बिगतदेखि अहिलेसम्मको इतिहासलाई हेर्ने हो भने नेपालमा पछिलो समयमा युबाहरू नाटक तर्फ निकैनै आकर्षित भएको पाइनछ । काठमाडौं उपत्यकामा मात्र नभएर नेपालका विभिन्न सहरहरूमा नाटकघरहरू बन्ने क्रम निरन्तरछ । यसैबाट पनि थाहा हुन्छ कि हाल नेपाली नाट्य विधाले राम्रो बातावरण मात्र नभई उर्जाशिल युवा र युवतीहरू पनि पाएको छ । अझ युवतीहरू संख्यात्मक रुपमा युवाभन्दा कम्ती नै पाइन्छ कलाकारीतामा मात्र नभएर निर्देशकीयमा पनि । यस अवस्थालाई केहि मात्रामा भएपनि परिपूर्ति गर्ने जमर्को लुनिभा तुलाधरले गर्नुभएको छ ‘कोरा’ नामक नाटकलाइ निर्देशन गरेर ।

‘कोरा’को बारेमा

तिब्बती शरणाथी तेन्जिङ सुण्डुको कबिता कृती कोरामा आधारित नाटक हो यो । यस नाटकमा सुण्डुका ४ वटा कबितालाई जोडेका छन् । क्षितिज, शरणार्थी, मुम्बईमा तिब्बती र निर्वासन घर गरेर ४ कबिताहरू हुन । यो नाटकले तिब्बती शरणार्थीहरूको संघर्षपूर्ण यात्रा, जीवनशैली र बिस्थापनको पीडादायी कथा भन्छ । नेपाल र भारतमा बिस्थापन भएर अनागरिक झैं बाचिरहनुको पिडा, डर र एक दिन घर फर्कने आशाबीच नाटकको कथा बुनिएकोछ ।

सिल्पी नाटक घरमा जे देखियो

ढोकाबाट भित्र पस्ने बितिनै केहि दर्शकहरूको गुन–गुन आवाज पछाडि सुनिन्छ । अगाडि स्टेज बाहेक केहिपनि छैन मात्र अन्धकार । बिस्तारै दर्शक तर्फको लाइट मधुरो हँुदै जादा स्टेजमा एक प्रस्तोता देखापर्छिन् । खासै धेरै भूमिका नबाधि ‘कोरा’ नाटकको शुरुवात हुन्छ । नाटकमा भरिएका ध्वनि (संगीत ) र कलाकारहरूका अभिनयहरू वास्तबमा नङ्ग र मासु जस्तै अभिन्न थिए । सबै दर्शकहरू मन्त्रमुग्ध भइ हेरिरहेका थिए त कतै–कतै खित्का छोडेर हास्न पनि पछि परेनन् । सबै दर्शकहरू हाँस्दै गर्दा तुरुन्तै स्तब्द बनाउने कथालाई जीवन्त दिने कलाकारहरूको तारिफ सायदै कमै होला ।

 

निर्देशकीय

मैले यो कबिता कारीब १० बर्ष अघि पढ्न पाएको थिए । त्यतिखेर मलाई यो कबिता कृति मन पर्नुको कारण छ जस्तो लाग्छ । काठमाडौंमा म जहाँ जन्मिए, मलाई सानैदेखि यो ठाउँ मेरोहो जस्तो लागेन । साथीहरूसँग पनि आफनो महसुस गर्न सकिन । मभित्र भएको त्यो मनोबिज्ञानले यो कबितासँग सम्बन्ध बनायो जस्तो लाग्छ । ती शरणार्थीहरू जो अनागरिक भएर बिल्लकुल फरक सस्कृत र समाजको बीचमा संघर्ष गरेर बाँच्न बाध्य छन् । बिषय राजनीतिक छ तर कबिताले उठाएको मानबीय सम्बेदनाले मलाई यो कृति माथि काम गर्न मन लाग्यो । मैले एक्टर्स स्टुडियोमा क्लास लिएपछि क्लास प्रोड्क्सनको रुपमा यो कृति माथि नाटक बनाएको थिए । नाटकमा दयाहाङ राई, आसान्त शर्मा, रबिन पाण्डे आदिले अभिनय गरेका थिए । पुरानै टिमलाई लिएर यो नाटक फेरी मञ्चन गर्ने अवस्था रहेन । एक दूर्घटनामा रबिनको मृत्यु भयो । अरु साथीहरूपनि आ–आफनो काममा ब्यस्त भए ।

सिल्पी थिएटरको आठौं ब्याचका विद्यार्थीहरूलाई क्लास लिने क्रममा नयाँ नाटक गर्ने कुरा भयो । निर्देशकको जिम्मा मेरो भागमा पर्याे । ‘कोरा’ मेरो मनमा बसेको नाटक थियो । त्यसैले अनुभबी र केहि नयाँ कलाकारहरूलाई लिएर यो नाटक तयार गरेको छु । कलाकारहरूले डेढ महिना भन्दा बढी मेहनत गरेकाछन । नाटकमा प्रयोग भएका पोसाक तथा मञ्च सज्जा सामाग्रीहरू सबै कलाकारहरू आफैले तयार गरेका हुन । आनुबाद्, संगीत र नाटक उत्पादनमा सहयोग गर्ने सबैप्रति आभारी छु । यो सबैकुरा मिलाईदिने शिल्पी परिवारलाई बिशेस धन्यवाद ।

लुनिभा तुलाधर

निर्देशक