स्रष्टा दम्पत्तिको सम्मान गर्दै अष्ट्रेलियाको सिड्नीमा “सिर्जना संगम” कार्यक्रम सम्पन्न

सिड्नी,अष्ट्रेलिया | शब्दाङकुर बुक एण्ड पब्लिकेशन र गोर्खा नेपाली कम्युनिटी (जि.एन.सी.) को संयुक्त आयोजनामा ६ जनवरी २०२४ (२१ पौष २०८० ) का दिन अष्ट्रेलियाको सिड्नीमा “सिर्जना संगम” कार्यक्रम सम्पन्न भएको छ ।
शब्दाङकुर बुक एण्ड पब्लिकेशनका तर्फबाट प्रकाश चन्द निङलेकुले आगन्तुकहरूलाई स्वागत गर्दै अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमा साहित्य, कला, संगीतको प्रबर्दनका निम्ति “सिर्जना संगम” कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बतानुभयो ।
अष्ट्रेलियाको सिड्नीमा विगत ५ दशकभन्दा बढी समयसम्म सक्रिय रहेर नेपाली समुदायमा सक्रिय योगदान पुर्याउनु भएका डा. नारायण प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका सभापति गोर्खा नेपाली कम्युनिटी (जि.एन.सी.) का अध्यक्ष राजीव प्रधानले प्रमुख अतिथि डा. नारायण प्रधान तथा वहाँकी धर्मपत्नी लीना प्रधानलाई खादा ओडाएर सम्मान गर्दैं कार्यक्रमको शुरुवात गर्नुभएको थियो । यसक्रममा प्रमुख अतिथि डा. नारायण प्रधानले कवि तथा साहित्यकार दम्पत्तिहरू भोगेन्द्र लिङदेन तथा वहाँकी धर्मपत्नी सरिता लिङ्देन, डा. विजय सुब्बा तथा वहाँकी धर्मपत्नी झुमा सुब्बा, ज्ञानुवाकर पौडेल तथा वहाँकी धर्मपत्नी त्रिपुरा पौडेललाई खादा ओडाएर सम्मान गर्दैं मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो ।
कविता तथा गजल वाचनको कार्यक्रम शुरु हुनुअघि जीतमान लिम्बु तथा वहाँको समुहद्वारा केलाङ नृत्य (च्याब्रुङ नाच) प्रस्तुति गरिएको थियो । उक्त केलाङ नृत्यको प्रस्तुतिपछि कवि भोगेन्द्र लिङदेनले लिम्बु समुदायमा केलाङ नृत्य उत्पत्तिको मिथकको बारेमा छोटो चर्चा गर्दै केलाङ शीर्षकको कविता वाचन गर्नुभएको थियो । यस क्रममा वहाँले लिम्बु मुन्धुममा आधारित ‘आमाको माङ्गेन्ना’, ‘बुबा’, ‘झरेर जाने जूनलाई’ लगायतका शीर्षकका कविता वाचन गर्नुभएको थियो ।
‘काठमाडौं’ शीर्षकको कविताबाट कवितावाचनको कार्यक्रमलाई निरन्तरता दिंदै कवि डा. विजय सुब्बाले आफूले सँधै देश र जनताको पक्षमा तथा सामाजिक विकृति तथा विसंगतिहरुका विरुद्धमा लेख्ने बताउँदै करीब आधा दर्जन गीत तथा छोटा कविताहरू वाचन गर्नुभएको थियो ।
गजलकार ज्ञानुवाकर पौडेलले नेपाली गजलको बारेमा संक्षिप्त चर्चा गर्दै ‘कस्को प्रभाव छ यो देशमा’, ‘वरपीपलको कहानी नसोध’, ‘तरवारको धारमा हिँड्नुपर्छ यहाँ हरदम’ लगायतका शीर्षकका करीब आधा दर्जन गीत तथा गजलहरू वाचन गर्नुभएको थियो ।
सिड्नीस्थित् ग्रायनभिल डिगर्स क्लबमा स्थानीय समय अनुसार दिउँसो २ बजे देखि ४ बजेसम्म सम्पन्न उक्त कार्यक्रममा कलाकार सुष्मा गुरुङले ‘उकाली ओरालीहरूमा’ र ‘कहिले प्रीतिको फूल’ बोलको गीतमा गायन प्रस्तुति गर्नुभएको थियो ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...