ब्ल्याकटाउन नेपाली कम्युनिटीको साधारण सभा सम्पन्न 

प्रकृती श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, चैत्र ५, २०८०
सिड्नीको पश्चिमी क्षेत्रमा पर्ने ब्ल्याक टाउन काउन्सिलमा बस्ने नेपालीहरुको साझा संस्था  ब्ल्याकटाउन नेपाली कम्युनिटी (बीएनसि) को साधारण  सभा हालै सम्पन्न भएको छ। साधारण सभाले आउने कार्यकालको लागि  प्रकृती श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ ।  समितिका अन्य पदाधिकारीहरु मा दुइ उपाध्यक्षमा  बिसाल पोखरेल र निराजन बिसुराल, सचिबमा  रोशन लामिछाने, सहसचिबमा  बिनोद खड्का, कोषाध्यक्षमा  शैलेन्द्र कार्की रहेका छन्।  त्यस्तै सदस्यहरुमा पवन पाण्डे, विन्दु मल्ल, दिपा जोशी, चन्द्र पाठक, राजेश टण्डन, अनिता श्रेष्ठ, सबिना थापा, सनिश शर्मा, सुष्मिता पौडेल, चिराग ढुंगाना, ममता भण्डारी, अर्बिन पौडेल, श्याम पौडेल र मनोज साह चयन हुनु भएको छ।
साधारण सभामा ब्ल्याक टाउन काउन्सिलका काउन्सिलरहरु, एनआरएनए  केन्द्रिय पदाधिकारीहरु, एनआरएनए अष्ट्रेलियाका पदाधिकारीहरु बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र ब्ल्याक टाउन काउन्सिल र वर पर बस्ने ठुलो संख्यामा नेपालीहरु को सहभागिता रहेको थियो।
 
संस्थाले युवा, बयस्क र बाबु-नानि एबम अभिभाबकहरु का लागि स्थापना काल देखि नै बिभिन्न समयमा बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।  यस मध्ये  २०१९ बाट संचालनमा ल्याएको सम्झना पाठशालाले यस क्षेत्रका नेपाली समुदायका बाबु-नानीहरु लाई नेपाली भाषा, रहन-सहन लगाएत नेपाली गायन, नृत्य, मार्शल आर्ट, चित्रकला लगाएत बिबिध गतिबिधि र कक्षाहरु संचालन गरि उदाहरणीय कार्य गर्दै आइरहेको छ ।