पेशालाई सस्तो होइन मर्यादित बनाऊँ
सामाजिक संजालमा अष्ट्रेलियामा समग्रमा नेपालीहरुले अपनाउने व्यवसायलाई विविध, सेवामुखी र मर्यादित बनाउने प्रसङ्ग चलिरहँदा कहिलेकाहीँ मानिसहरुलाई अगुल्टो हानेको कुकुर बिजुलीदेखि चम्केजस्तो हुन पुग्छ । यस्ता प्रसङ्ग उठ्दै गर्दा कसैले बिषयबस्तुलाई आँफैसंग जोडेर आँफू सेवाग्राहीको रुपमा व्यवसायीहरु बाट पिडित भएको पीडा पोख्ने गर्दछन त केहि व्यवसायीहरु बिषय बस्तुको सम्बेदनशिलता नै नबुझी हतार मै यस्तो प्रतिक्रिया दिन पुग्छन् । “पिडित भएको भए सम्बन्धित निकायमा उजुर गर्नु, फेसबुके छलफलमा समय बर्बाद नगर्नु ।” यो केवल एउटा सानो उदाहरण मात्र हो जसले हामी ग्राहक मैत्री व्यवसाय अपनाउने मामिलामा सम्बेन्दनशील छैनौं ।
आजकल ठूला व्यवसायीहरुले आँफूले प्रदान गर्ने सेवाबाट सेवाग्राहीहरु कत्तिको सन्तुष्टि छन् भन्ने ग्राहक सर्वे गर्ने गर्दछन, र प्राप्त सुझाब र सल्लाह अनुसार आफ्नो कार्यशैलीलाई आवश्यक सुधार गर्दछन् र त कडा प्रतिष्प्रधात्मक बजारमा टिक्न सफल हुन्छन् ।
हामी व्यापारी हौं कि व्यवसायी हौं ? आफ्नो वृत्ति बिकास गर्नका लागि जुन सुकै पनि व्यवसाय गर्नु हामी सबैको नैसर्गिक अधिकार हो । व्यवसाय र व्यवसायिक सफलता ईश्वरको बरदान होइन यो त कठिन परिश्रमको फल हो । कुनै पेशालाई केवल कानुनले रेगुलेट गर्दछ र गर्नु पर्छ भन्ने होइन यसलार्ई मर्यादित र ग्राहकमैत्री बनाउन एक व्यवसायीले थुप्रै कुराहरु मा ध्यान दिनु जरुरी छ । त्यसैले होला आजकल ठूला व्यवसायीहरुले आँफूले प्रदान गर्ने सेवाबाट सेवाग्राहीहरु कत्तिको सन्तुष्टि छन् भन्ने ग्राहक सर्वे गर्ने गर्दछन, र प्राप्त सुझाब र सल्लाह अनुसार आफ्नो कार्यशैलीलाई आवश्यक सुधार गर्दछन् र त कडा प्रतिष्प्रधात्मक बजारमा टिक्न सफल हुन्छन् । आफ्नो सेवाबाट ग्राहकको सन्तुष्टि पेशालाई मर्यादित बनाउने कुरा मानिस फगत नियम र कानुन संग मात्र जोडेर हेरिदैन त्यो त अन्तिम उपाय भने हुन सक्छ । जहाँसम्म ग्राहकबाट सामाजिक संजालमा पोखिएका असन्तुष्टि र व्यवसायीबाट प्रदान गर्ने न्यूनस्तरिय सेवाको कुरा छ त्यसमा कुनै एकलाई मात्र दोष दिएर पन्छिन मिल्दैन ।
ग्राहकले एउटा गुणस्तरीय सेवा नपाउनुमा सबै व्यवसायीलाई एउटै बास्केटमा राखेर हेर्न नमिल्ने कुरा लामो समयसम्म अध्यागमन व्यवसायमा आबद्ध सन्जिब पाण्डे बताउँछन् । हो यहाँनेर केहि व्यवसायीहरु ले नियम कानुन र आचार संहिताको व्यापक दुरुपयोग गर्दै समग्र व्यवसायलाई नै दुषित गराउने पनि छन् । तर ग्राहकहरु पनि कहिले काहिँ गुणस्तरीय सेवा भन्दा पनि सटकटतिर ध्यान दिने हुँदा अन्तत्वगत्व व्यवसायी, व्यवसाय र सेवाग्राही सबैलाई प्रत्युत्पादक बन्न पुगेको कुरा सन्जिब पाण्डे स्वीकार्छन् ।
इन्टरनेशनल स्टुडेन्टहरुमा तेस्रो ठूलो श्रोत नेपाली बिद्यार्थीहरु रहेका छन् । गत मार्च २०१८ को तथ्याङ्क अनुसार करिब ३० हजार नेपाली विद्यार्थीहरु अष्ट्रेलियाका विभिन्न शैक्षिक संघ संस्थाहरुमा अध्यनरत देखिन्छ जुन चीन र भारत पछि नेपाली विद्यार्थी को स्थान आउँछ ।
अष्ट्रेलियामा नेपाली समुदायमा व्यवसाय गर्ने र गर्न चाहने धेरै देखिन्छन् । व्यवसायमा दखलता हाँसिल गर्ने क्षमता राख्ने मात्र होइन तुलनात्मक रुपमा कडा परिश्रम गर्ने र इमान्दार पनि छन् । यति हुँदाहुँदै पनि हाम्रो समुदायले अप्नाउने व्यवसायले व्यापकता र विविधता अपनाउन नसकेको देखिन्छ । एक त नेपाली समुदाय ठूलो भए पनि पहिलो व्याचमा अष्ट्रेलिया झरेर सेटल भएका नेपालीहरु प्रायः प्रत्यक्ष वा अप्रतक्ष्य रुपमा एकअर्कालाई चिन्दछन् । अनि उनीहरु आँफुले चिनेको मान्छेले जे व्यवसाय गर्यो त्यसै कपि गर्न सजिलो मान्छन् त्यसै गर्दछन् । त्यो पनि नेपाली समुदायलाई नै लक्षित गरि । किन कि मूल धार अष्ट्रेलियन समुदायलाई लक्षित गरि नयाँ व्यवसाय अप्नाउने जोखिम उनीहरु मोल्न तयार हुँदैनन् । यसो गर्दा साँगुरो क्लाईन्ट बेश भएको व्यवसाय र आँफू–आँफू मै प्रतिष्प्रधा गर्नुपर्ने स्थितिका कारणले एकले अर्कासंग अस्वस्थ प्रतिष्प्रधा गर्न पुग्छन् । यस्तो खाले प्रतिष्प्रधा व्यवसायीलाई आत्मघाती हुन जान्छ । जसले गर्दा उनीहरुको उचित वृत्ति बिकास गर्न मुश्किल पर्छ भने अर्को तिर प्रतिष्प्रधाको क्षणिक फाइदा लिन सफल सेवाग्राहीहरुलार्ई पनि गुणस्तरीय सेवाबाट बञ्चित हुन पुग्छन् । नेपालीहरु ले गर्ने व्यवसाय औलामा गन्न सकिन्छ, शैक्षिक परामर्शदाता, रेस्टुरेन्ट, शैक्षिक संस्था, रेमिटेन्स, ट्राभल एजेन्सी, ग्रोसरी पसल, रियल स्टेट, मोर्टगेज, अध्यागमन एजेन्ट आदि आदि ।
अष्ट्रेलियामा नेपाली समुदाय अब सानो र नयाँ समुदायको रुपमा रहेन । नेपालीहरु द्रुत गतिमा बढेको समुदाय मात्र होइन अष्ट्रेलियाको अर्थतन्त्रमा तेश्रो ठूलो आय श्रोतको आधार पनि हो । इन्टरनेशनल स्टुडेन्टहरुमा तेस्रो ठूलो श्रोत नेपाली बिद्यार्थीहरु रहेका छन् । गत मार्च २०१८ को तथ्याङ्क अनुसार करिब ३० हजार नेपाली विद्यार्थीहरु अष्ट्रेलियाका विभिन्न शैक्षिक संघ संस्थाहरुमा अध्यनरत देखिन्छ जुन चीन र भारत पछि नेपाली विद्यार्थी को स्थान आउँछ । करिब १९९० देखि आजसम्म विद्यार्थीका रुपमा प्रवेश गरि स्थायी बसोबास गर्ने नेपालीहरुको संख्या पनि एक लाखमाथि पुगेसकेको छ । बहुसांस्कृतिक अष्ट्रेलियामा विद्यार्थी भर्नामा अप्नाइने यो सहजताले के देखाउँछ भने दीर्घ कालमा यहाँको अर्थतन्त्रलाई जीवित राख्न आप्रवासीहरु त्यसमा पनि दक्ष आप्रवासीहरुको वृद्धिमा सरकारले उच्च महत्व देखाएको देखिन्छ ।
जब हामी आफ्नो अध्ययन, व्यापार, व्यवसाय र आफ्नो जीविकोपार्जनका लागि आफ्नो समुदाय भित्रको साँगुरो घेराभन्दा बाहिर जान सक्छौं तब मात्र हाम्रो व्यवसाय गर्ने शैली अरु बढी स्तरीय हुन सक्छ र मूलधार व्यवसायमा हामी प्रतिष्प्रधी बन्न सक्छौं ।
यति धेरै विविधता र अवसरबाट सम्पन्न मुलुक अष्ट्रेलियामा द्रुत गतिमा बढेको नेपाली समुदायमा हामीले अप्नाउने व्यवसाय र प्रदान गर्ने सेवामा अपेक्षित दायरामा बिस्तार गर्न तथा आफ्नो सेवा मूलधारका ग्राहकहरु समक्ष पुर्याउन सकेजस्तो देखिदैन ।
अष्ट्रेलियामा नेपालीहरु को आगमनको प्रमुख प्रवेशद्वार भनेको उच्च शिक्षा नै हो । शैक्षिक परामर्श दाताहरु त्यसका प्रमुख सम्बाहक हुन् । नयाँ आउने विद्यार्थीहरुलार्ई परामर्श दिने क्रममा परामर्श दाताहरु लाई अष्ट्रेलियामा व्यवसायमुखी बिषयहरु को व्यापक खोज गरि त्यसै अनुरुप परामर्श तथा करियर काउन्सिलिङ्ग गर्नु पर्ने देखिन्छ । हालसम्मको आकडा हेर्दा नेपाली विद्यार्थीहरु बिशेष गरि आइ टि, एकाउन्टिङ्ग र नर्सिङ्गको दायराभन्दा बाहिर खासै जान सकेको देखिदैन । जब हामी आफ्नो अध्ययन, व्यापार, व्यवसाय र आफ्नो जीविकोपार्जनका लागि आफ्नो समुदाय भित्रको साँगुरो घेराभन्दा बाहिर जान सक्छौं तब मात्र हाम्रो व्यवसाय गर्ने शैली अरु बढी स्तरीय हुन सक्छ र मूलधार व्यवसायमा हामी प्रतिष्प्रधी बन्न सक्छौं । हाम्रो लगनशिलता, इमान्दारिता र कठिन परिश्रम गर्ने स्पिरिटले हामीलाई अरु अगाडि बढ्न मद्दत गर्दछ । यो कर्मभूमिमा एकताको सुत्रमा बाँधिएको नेपाली समुदायले व्यवसायमा विविधता अपनाउन सके मात्र अस्वस्थ प्रतिष्प्रधाको मारबाट व्यवसायी र सेवाग्राही मुक्त हुन सक्छन् ।
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
Enjoy the many benefits of starting up tonight hook up tonight for tonight...
Le bref variante: utiliser bons soins de vous fréquemment...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...