पोर्चुगल कांग्रेसको नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा
शर्मा, घिमिरे र गौतमबीच रस्साकस्सी

लिस्बन, पोर्चुगल ।
नेपाली कांग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको भावी नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
समितिको पाँचौं अधिवेशन अन्तर्गत आगामी शनिबार हुने निर्वाचनका लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष सुशील शर्मा, महामन्त्री विनोद घिमिरे र पूर्व उपाध्यक्ष राजकुमार गौतमले उम्मेदवारी दिएका छन् ।
शर्मा र घिमिरे पछिल्ला दुई कार्यकाल लगातार उपाध्यक्ष र महामन्त्री रहेका छन् ।
आगामी आइतबार लिस्बनमा औपचारिक उद्घाटन हुने भएपनि निर्वाचन कार्यतालिका अनुसार नयाँ कार्य समिति चयनका लागि शनिबार नै निर्वाचन हुने छ । सकेसम्म सहमतिमा नै कार्य समिति चयन गरिने र अन्तिम समयसम्म सहमति हुन नसके मात्रै मतदान गराइने जनाइएको छ ।
आगामी नेतृत्वका लागि विशेषगरी शर्मा र घिमिरेबीच प्रतिस्पर्धा हुने बताइएको छ । लगातार दुइ कार्यकाल समितिमा रहेकाले पनि उनीहरुबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको हो ।
नवलपरासीका शर्मा प्रष्ट वक्ता र खरो स्वभावका छन् भने अर्घाखाँचीका घिमिरे नरम मिजासका मानिन्छन् । नेपालको पछिल्लो राजनीतिक अवस्था र पार्टीको अवस्थाका कारण पनि शर्मालाई अध्यक्ष बनाएर संगठनलाई चलायमान बनाउनुपर्ने पोर्चुगलका अगुवा कांग्रेसहरुको धारणा रहेको छ ।
अध्यक्षसँगै अर्को महत्वपूर्ण पद महामन्त्रीका लािग तीन जनाले उम्मेदवारी दिएका छन्। पुरुषोत्तम सुवेदी, बैकुण्ठ गौतम र जयभद्र सापकोटा महामन्त्रीका आकांक्षी देखिएका छन् । अन्य पदमा सहमति भए महामन्त्रीमा पनि सहमति हुनसक्ने सुवेदीले बताए । त्यस्तै, तीन उपाध्यक्षका लागि आधा दर्जन भन्दा बढीले उम्मेदवारी दिएका छन्।
सहमतिका लागि पहल
ंभएको छ । सहमतिको पहलका लागि अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय कार्यदल गठन भएको छ । कार्यदलमा संस्थापक पूर्ण हमाल, एनआरएन पोर्चुगलका अध्यक्ष कुबेर कार्की, पूर्व अध्यक्ष रमेश गुरुंग र नारी समाजकी अध्यक्ष सीता बराल रहेका छन् । सहमतिका लागि अन्तिम समयसम्म पहल गरिने अध्यक्ष सापकोटाले बताए ।
अधिवेशनसँगै यूरोप भेला
जनसम्पर्क समिति पोर्चुगलको अधिवेशनसँगै कांग्रेसको यूरोप भेला पनि हुने भएको छ । आगामी शनिबार हुने भेलाको उद्घाटन कांग्रेस उपसभापति विमलेन्द्र निधिले गर्ने छन् । भेलामा यूरोपका सबै देशमा रहेका जनसम्पर्क समितिका अध्यक्ष तथा यूरोप समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु सहभागी हुने समन्वय समितिका उपाध्यक्ष पूर्ण हमालले जानकारी दिए । उनका अनुसार भेलामा जनसम्पर्क समितिसँग सम्बन्धित विषयहरुलाई पार्टीको विधानमा कसरी समावेश गर्न सकिन्छ भन्ने लगायतका विषयमा सहभागी र पार्टी नेताहरुबीच छलफल हुने छ । तर, विधानमा नै नरहेको समन्वय समितिका नाममा भेला गर्न खोजिएको भन्दै यूरोपमा रहेका नौ वटा जनसम्पर्क समितिका अध्यक्षहरुले उक्त भेला औचित्यहीन र विधानविपरीत भएको भन्दै आलोचना गरेका छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...