अमेरिकामा नेपलिज् अमेरिकन कन्भेन्सन हुँदै

न्यूयोर्क, आगामी २ देखि ४ जुलाईमा अमेरिकामा बसोवास गर्ने नेपाली समुदायको बृहत कार्यक्रम जमघट कार्यक्रम लसएन्जलसमा हुने भएको छ । यूनाईटेड नेपाली एसोसियसनको आयोजनामा लसएन्जलसमा हुने तीनदिने बृहत नेपलिज् अमेरिकन कन्भेन्सनमा १० हजार नेपालीको उपस्थिति हुने कार्यक्रम आयोजनाका मुख्य सहयोगी तथा गैरआवासिय नेपाली संघका अमेरिकाका क्षेत्रिय सहसंयोजक एसी शेर्पाले बताए । सहसंयोजक शेर्पाका अनुसार त्यस कार्यक्रमबाट अमेरिकामा रहेका नेपालीहरुले आफ्ना कला, भाषा, सस्कृतिको बारेमा जानकारी पाउनुका साथै व्यावसायिक एस्पो, पर्यटन प्रर्वद्धन हुने, विविध खेलकुदका कार्यक्रम र नेपाली बालबालिकालाई आफ्नो कला संस्कृतिको बारेमा जानकारी गराउनुको साथै नेपालीहरुबीचको एकतामा सहयोग पुग्ने बताए । कार्यक्रमको तयारीका लागि नेपाली समुदाय एकाकार भएर तीव्र तयारीमा जुटेका छन । कार्यक्रम आयोजनाका लागि मुख्य रुपमा गैरआवासिय नेपाली संघ अमेरिका क्षेत्रका संयोजक सोनाम लामा, सहसंयोजक एसी शेर्पा, एनआरएन पर्यटन प्रर्वद्धन समितिका सहसंयोजक पासाड लामा, गौरी जोशी र समिर महर्जन रहेको पाँच जनाको टोली सक्रिय रहेको छ ।
अमेरिकामा पहिलोपल्ट यति ठुलो कार्यक्रम हुन लागेको बताउँदै शेर्पाले भने यसको तयारी तयारी तिव्र गतिमा भैरहेको छ । तीन दिनसम्म चल्ने सो कार्यक्रम क्यालिफोनियाको लंगबीचमा हुनेछ । विभिन्न विधामा खेलहरु, साँस्कृतिक कार्यक्रमहरु, फेसन सो, बच्चाहरुका लागि प्रतियोगितात्मक कार्यक्रम, व्यापारिक एस्पो, डिजे नाईटलगायत हुनेछ । विभिन्न खेलमा सहभागी हुनका लागि नाम दर्ता अप्रिल १ तारिकदेखि फर्म खुल्ला गरिएको छ । खेलहरुमा भलिबल, क्रिकेट, सकर, बास्केटबल, टेनिस, गल्फ आदि रहेका छन । जसमा जित्ने खेलाडीहरुले १५ सयदेखि ५ हजार डलरसम्मको आकर्षक पुरस्कारहरु राखिएको सहसंयोजक शेर्पाले बताए छन ।
नेपालीहरुको बृहत उपस्थिति हुने अनुमान गरिएको उक्त सम्मेलनलाई कसरी भव्यताका साथ सफल बनाउन सकिन्छ भन्ने परामर्स तथा धारणा विभिन्न संघ संस्था र व्यक्तिहरुबाट सुझाव संकलन जारी रहेको कार्यक्रमका संयोजक विश्व सुवेदीले बताएका छन ।
बिशेष गरि खेलकुद कार्यक्रम अन्र्तगत न्यूयोर्क, डिसी, टेक्सास, सियाटल, सन् फ्रान्सिस्कोको टिमले भाग लिन निश्चित भैसकेको छ भने बाँकी समुह आउने क्रम जारी रहेको नेप्लिज अमेरिकन कन्भेन्सन अमेरिका सम्मेलनका मुख्य कार्यक्रम संयोजक सुवेदीले बताए ।
बर्षको एक पटक गरिने यस्ताखाले रचनात्मक खेलकुद, साँस्कृतिक क्रियाकलापले नेपाली समुदायमा एक आपसमा घुलमिल, सहकार्यको भावना, सामाजिक सम्बन्ध कÞायम हुने भएकोले कार्यक्रम गर्न लागिएको बताईएको छ । प्रवासमा बस्नुहुने सम्पुर्ण नेपालीहरुलाई यो कार्यक्रमको उद्धेश्य पुरा गर्न र प्रभावकारिताको लागि हातेमालो गर्न आग्रह गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



