जूवा सचेतना सप्ताह अभियान विभिन्न समुदायहरूमा पुर्याउं !

प्रेस बक्तब्य
ग्याम्बल अवेरनेस हप्ताले समुदायका सदस्यहरूलाई जुवाको हानी पहिचान गर्न र मद्दत खोज्न प्रोत्साहित गर्छ।
जिम्मेवार जुवा (Responsible Gambling) कार्यालयको निर्देशक, नताली राइटले भन्नु हुन्छ, “सबै क्षेत्रका मानिसहरूका लागि जूवा जीवनका एक समस्या हो, तथापि, अनुसन्धानले देखाउँछ कि प्रवासी पृष्ठभूमिका मानिसहरूले विभिन्न समस्याहरू र मद्दत खोज्नमा महत्त्वपूर्ण अवरोधहरूको सामना गर्छन्।“
“जब सांस्कृतिक रूपमा विविध पृष्ठभूमिका कसैलाई जुवा खेल्ने समस्या हुन्छ, तिनीहरू प्रायः यो समस्या हो भनेर चिन्न सक्दैनन्। तिनीहरूलाई थाहा भए पनि, लाज र कलंकको डरले तिनीहरू मद्दत प्राप्त गर्न बाट रोकिन सक्छन । यस्तो प्रायः साथी र परिवारमा हुन्छ जसले मद्दत खोज्न थाल्छन्।“
सिड्नी स्थानीय स्वास्थ्य जिल्लाको विविधता केन्द्रले नेपाली समुदायमा जुवाको वास्तविक लागतलाई उजागर गर्न “जुवा सजिलो ऋण हो” अभियानलाई प्रवर्द्धन गरेर कार्यक्रमलाई सहयोग गरिरहेको छ।
नेपाली अस्ट्रेलियन न्यूजका संस्थापक ऋषि आचार्यले भन्नु हुन्छ, हाम्रो अनुकूल अभियानले जुवा समस्याको सामना गरेका नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुभव साझेदारी गर्दछ र व्यक्तिगत साथै आफ्ना प्रियजनहरूमा जुवाको वास्तविक लागतलाई हाइलाइट गर्दछ। यो मुख्य सामुदायिक संस्थाहरू, स्वास्थ्य सेवाहरू र मिडिया आउटलेटहरूबाट प्राप्त प्रतिक्रियाहरूका आधारमा पनि बनाइएको छ।
“तपाईं वा तपाईंले माया गर्ने कोही, अत्यधिक जुवा खेल्दै हुनुहुन्छ र मद्दत चाहिन्छ भनेर पहिचान गर्न कुनै लाज होइन, यसले समस्या समाधान गर्ने इच्छाशक्ति देखाउँछ,” आचार्य भन्नु हुन्छ।
नि:शुल्क र गोप्य जुवा समस्या सहयोग धेरै भाषाहरूमा उपलब्ध छ। यदि तपाइँ वा तपाइँलाई माया गर्ने कोही जुवाबाट प्रभावित भएमा, कृपया GambleAware बहुसांस्कृतिक सेवालाई 1800 856 800 मा फोन गर्नुहोस् र नेपाली भाषी पेशेवर जुवा परामर्शदाताका लागि सोध्नुहोस्। डाक्टरको सिफारिस पत्र वा मेडिकेयर कार्ड आवश्यक पर्दैन। GambleAware मा थप जानकारीको लागि www.gambleaware.nsw.gov.au मा जानुहोस्।
अक्टोबर १७ देखि सुरु हुने, चार हप्ताको “जुवा सजिलो ऋण हो” अभियान पोस्टर, रेडियो, सामाजिक सञ्जाल सन्देशहरू र NSW मा प्रमुख नेपाली मिडिया आउटलेटहरूमा विशेष तीन भागको रेडियो नाटक प्रस्तुत गरिनेछ।
समाप्त!
नेपाली मिडिया अन्तर्वार्ताको लागी कृपया सोनम पाल्जोरलाई 0436 649 000 मा सम्पर्क गर्नुहोस् वा
Sonam.Paljor@health.nsw.gov.au मा ईमेल गर्नुहोस् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...