प्रायोजित पंजीकृत सदस्यता बिरुद्ध निर्वाचन आयोगले चाल्यो कदम !

लामो समय देखि एनआरएनएमा सम्भावित उम्मेदवारहरुले पैसा खर्च गरि अरुलाइ पंजीकृत सदस्य बनाइ निर्वाचन जित्ने गलत र विकृत चलनमा यतिबेला ब्रेक-थ्रु हुने संकेत देखिएको छ । आगामी जुलाई २९ का दिन तय गरिएको एनआरएनए अष्ट्रेलिया २०२३ – २०२५ कार्यसमितिको निर्वाचनकालागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशन गरिसकेको छ । यसै बीच गत जुलाई ६ बिहिबारका दिन निर्वाचन आयोगद्वारा आयोजित प्रेश-मिटमा प्रमूख आयुक्त टोनु घोथानेले एनसीसीद्वारा प्राप्त पंजीकृत सदस्यता पुन प्रमाणीकरण गरिने जानकारी दिएका छन् ।
प्रमाणीकरणका क्रममा यदि कसैले एउटा कार्डबाट ३ जना भन्दा धेरै सदस्यको शुल्क तिरेको पाइएमा बाकि सबैको सदस्यता खारेज गरिने बताएका छन् । यो कदम चाल्दा आउन सक्ने बैधानिक र प्राबिधिक पक्षहरुका बारेमा बोल्दै आइ टि टिमको सहयोगमा सदस्यता शुल्क भुक्तानी रुजु गरिने र २०१९ मा कार्यसमितिले पास गरेको Bylaws मा आधारित रहेर यो कारवाही अगाडी बढाउन सकिने प्रमूख निर्वाचन आयुक्त टोनु घोथानेले जानकारी दिए ।
एनआरएनए अष्ट्रेलियामा अध्यक्षकोलागि निर्वाचन २०११ देखि हुन थालेको हो । त्यसपछि निर्वाचन परिणामलाई प्रभावित पार्न सुरुदेखि नै प्रायोजित मेम्बरशिपको प्रकोप संस्थामा हावी छ । हरेक निर्वाचनताका यो बिषय पेचिलो बन्दछ तर नेतृत्वमा रहेकाहरुको इच्छाशक्तिको अभाव वा स्वार्थ बाझिने कारणले यो बिषय निर्वाचन पश्चात ओझेलमा पर्दै आएको थियो । यो समस्यालाई न्यूनीकरण गर्न बिगतमा नीतिहरु नबनेका होइनन । तर त्यसका छिद्रहरु प्रयोग गर्न एनआरएनएमा नेतृत्व गर्ने हरुनै एक कदम अगाडी हुदै गए । चुनावको बेलामा पैसा खर्च गर्ने र प्रायोजित सदस्य बनाएर निर्वाचन जित्ने बिकृतिले गर्दा एकातिर चुनावको बेलामा उम्मेदवारहरुलाई मुर्गा बनाउने र मुट्ठीभरका स्वार्थ केन्द्रित समुहले संस्था कब्जा गर्ने स्थिति हावी हुदै गयो भने अर्कोतिर सक्षम, बिज्ञ गैर राजनैतिक मानिसहरु एनआरएनए अभियानको मूल धारमा जोडिने स्वस्थ बातावरण बन्न सकिरहेको थिएन ।
निर्वाचनको यो घोषणा लगत्तै एनसीसीले प्रदान गरेको पंजीकृत सदस्यलाई निर्वाचन आयोगले पुन प्रमाणीकरण गर्ने नियम लागू नगर्न आफूलाई ठुलो दवाव आएको प्रमूख निर्वाचन आयुक्त घोथानेले बताएका छन् । तर एतिबेला एनआरएनएमा सुद्दिकरणका लागि उनि यो नियम लागू गरेरै छाड्ने बताएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...