जापानी पर्यटक मुक्त

उत्तर कोरियाले आफ्नो देशमा भ्रमण गर्ने विदेशी पर्यटकलाई कडा निगरानी गर्दै आएको छ । उत्तर कोरियाले करिब एक महिनाअघि पक्राउ गरेका जापानी पर्यटकलाई मानवताका आधारमा अगष्ट २७ का दिन मुक्त गरेको जनाएको छ । जापानी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले जापानका भिडियोग्राफर तोमोयुकी सुगिमोतोलाई मुक्त गरेको हो । उत्तर कोरियाका अनुसार उनी सैन्य अखाडा नजिकै भिडियो क्यामेरा चलाइरहेको बेला पक्राउ परेका थिए । कानुन उल्लंघन गरेपछि तोमोयुकीलाई पक्राउ गरिएको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएको छ । सन् १९७० र १९८० को दशकमा उत्तर कोरियाले कैयौं जापानी नागरिकलाई नियन्त्रणमा लिएपछि चिसिएको दुई देशको सम्बन्ध प्योङयाङको परमाणु अस्त्र कार्यक्रमपछि थप अपहरण गरेकाले दुई देशबीचको सम्बन्ध थप बिग्रेको हो । उत्तर कोरियाले आफ्नो देशमा भ्रमण गर्ने पर्यटकलाई कडा निगरानी गर्ने गरेको छ । कतिपय अवस्थामा पर्यटकलाई पक्राउ गरी राजनीतिक मोलमोलाइमा समेत प्रयोग हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...