उत्तर कोरियाबाट अझै खतर

जापानले उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा रहेको जनाएको छ । जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था नरहेको बताएका हुन् । जापानको सन् २०१८ को सुरक्षासम्बन्धी पहिलो बैठकमा अधिकारीले यस विषयलाई छलफलमा ल्याएको समाचार संस्था एएफपीले जनाएको छ । त्यसैगरी चीनको बढो सैन्य शक्ति पनि सुरक्षा समीक्षाको विषयका रुपमा उठाइएको छ । गतवर्ष जापानको यस्तो सुरक्षा बैठक उत्तर कोरियाको परमाणु कार्यक्रम उत्कर्षमा पुगेको बेला भएको थियो । गत वर्षको बैठकका उत्तर कोरियालाई सुरक्षा खतरा र समस्याका रुपमा लिइएको थियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिंगापुरमा भएको शिखर वार्तापछि उत्तरले आफ्नो परमाणु कार्यक्रमलाई रोक्ने प्रतिवद्धता जनाएको थियो । त्यसलगत्तै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट अब आफ्नो मुलुकलाई कुनैपनि खतरा नरहेको बताएका थिए । तर हालसम्म पनि कुनै प्रतिक्रिया नजनाएको जापानले उत्तर कोरियाप्रति ढुक्क हुने अवस्था नरहेको मंगलबार टिप्पणी गरेको हो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...