केरलामा भिषण बाढी

भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या अगष्टको अन्तिम सातासम्म ४ सय ४५ पुगेको छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीहरूले जनाएका छन् । राज्यका झण्डै १० लाख मानिसले अझै पनि अस्थायी राहत शिविरहरूमा आश्रय लिइरहेका छन् । बाढीमा हराइरहेका मानिसको खोजी जारी रहेको छ भने घर तथा सार्वजनिक स्थलहरूको सफाईलाई व्यापक बनाइएको छ । केरलाका मुख्यमन्त्री पिनारायी विजायनले ट्वीट गरी बाढी पसेका १ लाख ३० हजार भन्दा बढी घरहरूको सफाई गरिएको जानकारी दिएका छन् । उनले यो संख्या करिव एक तिहाई रहेको पनि बताएका छन् । सरकारी अधिकारीहरूले अबरुद्ध विद्युत सेवा चालू गराउने प्रयास भइरहेको जनाएका छन् । घर फर्किन थालेका सर्वसाधारणलाई सर्पको डसाईबाट बच्न समेत सचेत गराइएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सर्पको डसाईबाट बच्ने उपाय र उपचारको तत्काल व्यवस्था मिलाउन वन्यजन्तु विभाग र मेडिकल टोलीलाई सतर्क अवस्थामा राखिएको छ । सरकारले १० हजारभन्दा बढी सडक भत्किएको जनाएको छ भने बाढीबाट करिब ५० हजार घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...