सुन्दर जीवन

जीवनमा धैर्य र क्षमाशीलताको साह्रै आवस्यकता हुन्छ । यदि दुवै भएन भने जीवनको विकास असम्भब हुन जान्छ । कूविचारहरू सकरात्मक विचारबाट बदल्नु पर्ने हुन्छ ।
मानसिक विकारलाई सकरात्मक सोधन, स्वस्थ सत्संग साधना गर्न जरुरी छ । सकरात्मक प्रवृतिलाई शास्त्रले महत्व दिएको छ । नकरात्मक विचारको लागि होइन जीवनलाई सकभर सरल र शान्त अवस्थामा राखौं, समाजमा स्वस्थ मानिसको संख्या दिनानुदिन घटिरहेको छ । अहिले भइरहेको मानव समस्या यही नै हो ।
जीवन हेर्दा स्वस्थ देखिएतापनि मनका पाँच विकार मध्ये कुनै न कुनै विकारबाट ग्रसित देखिन्छ । व्यक्तिको स्वास्थ्यमा हरेक प्रणालीबाट हेरिनु पर्छ । मानसिक प्रवृतिलाई साधना गर्न असमर्थ भयो भने नियन्त्रणमा असफलको साथै अस्वस्थ पनि हुने छौं । बास्तविक सामान्य रोगी भन्दा मानसिक रोगी साह्रै घातक हुन्छ । मानसिक रोगीको संख्या बढ्दो छ । बैमनस्यता, क्रोध, घृणा र भय भावले डोर्याउन प्रेरित भएका छौं । सेवन प्रति कुनै नियन्त्रण छैन, मन पनि हाम्रो अचम्मको छ, प्रसंगबस हामी माथि उक्लिन पनि सक्छौं, मनलाई निम्न स्तरमा तल पुर्याउन पनि सक्छौं । तर मनको नियन्त्रण विचारको शुद्धता सकरात्मक सोचबाट मात्रै सम्भब छ । सकरात्मक सोचको आवस्यकता महसुस नगर्दा हरेक कुरामा हामी हार्छौ । परिवारमा हरेक कलह जन्मिरहेको हुन्छ, व्यापारी र शिक्षण संस्था लोभ, द्धेष, ईश्र्या र मद यिनैका कारण फसेका छन् । हामी एकले अर्कोलाई नराम्रो ठान्छौं, साह्रै तल्लो स्तरमा पुग्छौं र पागल भएका छौं । वर्तमान समाजमा मान्छे मान्छेमा केही न केही मानसिक सन्तुलन विग्रेको छ । यति मात्र हो कि सम्पतिवाल अस्पतालको बेडमा छन् भने नभएकाहरू समाजमै रुमलिएका छन् ।
हाल राजनीतिको खिचातानिमा तँछाड मछाड गर्दागर्दै राष्ट्रलाई ठूलो दूर्घटनामा धकेल्न लागि परेका छन् । त्यसैले हामीलाई सकरात्मक सोच चाहियो । कुनै पनि काम कठिनायी छैन । अभ्यासद्धारा मनलाई आफ्नो बशमा पार्न सक्नु पर्छ ताकि निरन्तर परिश्रम बैराग्यको भावबाट मात्र सम्भव छ । जीवनमा जति चिन्तन गर्ने गछौं क्रमसः त्यति बैराग्य भावको विकास हुन्छ । वैराग्यको विकासले मात्र मनको नियन्त्रण गर्न सकिन्छ । आफ्नो मनले आँफैलाई सोध्नु पर्छ जीवन के हो ? जन्मेर के गर्ने हो ? हामीले नचाहिँदो कुराबाट मुक्त भई इमान्दारी तवरले मनलाई सोध्यौं भने सबै प्रश्नको जवाफ पाउन सकिन्छ ।
भौतिक विकास भएन भने शारिरीक विकास पनि हुँदैन, यो श्रृष्टि स्थिति मानिसको लागि हो । यदि मानिस भएन भने संसारमा भएका उपलब्धि, प्रगति र समुन्नतिको अर्थ बेकार हुन जान्छ । धैर्य क्षमता र सरलता मानिसका चाहिने गुण हुन् । धर्ममा रहेपनि नरहेपनि स्वभाव र भावको विकास हुनै पर्यो आत्म सन्तुष्टिको लागि कमाएको सम्पति भन्दा प्रतिष्ठाको मुल्य ठूलो हुन्छ ।
जीन्दगीमा कमाउनु छ भन्दैमा प्रतिष्ठा गुमाउनु हुँदैन । सद्गुणलाई बचाइ राख्नु आवस्यक छ । सुन्दर जीवनको लागि हृदयमा विश्वास र भक्ति, आत्ममा बौद्धिकता र समझदारी प्रेम र प्रसन्नता हुनु पर्छ । आजकल चारैतिर आतंक र अत्याचार बढ्दो छ । नयाँ कानुन बन्छ तर त्यसले कुनै सफलता पाउँदैन । तसर्थ धैर्यता र क्षमताको विकास भए मात्र हाम्रो जीवन सफल पार्न सकिन्छ । .
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



