नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी

काठमाडौं–नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । मतपरिणाम अनुसार देउवाले १३९ मत ल्याए भने प्रतिस्पर्धी रामचन्द्र पौडेलले ६७ मत ल्याए । आज भएको मतदानमा विद्युतीय मतदान गर्ने व्यवस्था मिलाइएकाले नतिजा मतदान सकिएको केहि मिनेटमै आएको हो ।
निर्वाचन समितिका संयोजक रमेश रिजालले कूल सांसदको ५० प्रतिशत मत देउवाले पाएको भन्दै संसदीय दलको नेतामा विजयी भएको घोषणा गरे ।
यसअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा कुल २०७ सांसदमध्ये २०६ सांसद सहभाथि भए । विरामी भएका कारण सांसद नरहरी आचार्य भने मतदानमा सहभागि भएनन् । उनी मष्तिस्कघातका कारण निवासमै उपचाररत छन् ।
दोस्रो संविधानसभा निर्वाचनपछि वि.सं २०७० माघ १२ मा भएको संसदीय दलको निर्वाचनमा भने देउवा तत्कालिन सभापति सुशील कोइरालासँग पराजित भएका थिए ।
पहिलो संविधानसभा निर्वाचनपछि भने पौडेलले देउवालाई पराजित गर्दै संसदीय दलको नेता चयन भएका थिए । एक महिनाअघि भएको निर्वाचनमा भने पौडेललाई पराजित गर्दै देउवा पार्टी सभापति चयन भएका थिए ।
काँग्रेसले संसदीय दलको नेताको निर्वाचन आज भए पनि कार्र्यसमितिको निर्वाचन भने यही चैत २६ गते गर्ने मिति तय भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...