नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी
काठमाडौं–नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । मतपरिणाम अनुसार देउवाले १३९ मत ल्याए भने प्रतिस्पर्धी रामचन्द्र पौडेलले ६७ मत ल्याए । आज भएको मतदानमा विद्युतीय मतदान गर्ने व्यवस्था मिलाइएकाले नतिजा मतदान सकिएको केहि मिनेटमै आएको हो ।
निर्वाचन समितिका संयोजक रमेश रिजालले कूल सांसदको ५० प्रतिशत मत देउवाले पाएको भन्दै संसदीय दलको नेतामा विजयी भएको घोषणा गरे ।
यसअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा कुल २०७ सांसदमध्ये २०६ सांसद सहभाथि भए । विरामी भएका कारण सांसद नरहरी आचार्य भने मतदानमा सहभागि भएनन् । उनी मष्तिस्कघातका कारण निवासमै उपचाररत छन् ।
दोस्रो संविधानसभा निर्वाचनपछि वि.सं २०७० माघ १२ मा भएको संसदीय दलको निर्वाचनमा भने देउवा तत्कालिन सभापति सुशील कोइरालासँग पराजित भएका थिए ।
पहिलो संविधानसभा निर्वाचनपछि भने पौडेलले देउवालाई पराजित गर्दै संसदीय दलको नेता चयन भएका थिए । एक महिनाअघि भएको निर्वाचनमा भने पौडेललाई पराजित गर्दै देउवा पार्टी सभापति चयन भएका थिए ।
काँग्रेसले संसदीय दलको नेताको निर्वाचन आज भए पनि कार्र्यसमितिको निर्वाचन भने यही चैत २६ गते गर्ने मिति तय भएको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...