नयाँ वर्ष सबैको लागि शुभ बनोस्
कला संस्कृतिमा धनी हामी नेपालीहरू लाई बर्ष भरि नै खुसी तुल्याउने बिभिन्न चाड पर्ब र अवसरहरू छन् । समय र ऋतु सुहाउादो बिभिन्न जातजति र सम्प्रदायका चाडपर्बहरू बाहेक नयाा बर्षलाई पनि चाडको रुपमा मनाउादै नयाा वर्षलाई नयाा उमङ्गका साथ मनाउने गर्दछौं । यसमा अझ हाम्रो युवा पुस्ताहरू एक कदम अगाडि देखिन्छन् । ऐतिहासिक महत्व बोकेका हाम्रै एक भन्दा धेरै चलन चल्तीका सम्बतहरू छन् जुन आाफैमा आदरणीय छन्, ऐतिहासिक र धार्मिक महत्वका पनि छन् त्यस मध्ये चलन चल्तीका हिसाबले र नेपालको नियम कानुन र प्रशासनिक रुपमा हामी सबैले स्विकार गरेको सम्बत हो बिक्रम सम्बत ।
तर यहाा सुभेच्छा प्रकट गर्न खोजिएको नयाा बर्षको प्रसङ्ग अझ भिन्न हो । संसारभर चलेको र संसारले मानेको ईश्बी सम्बत २०१८ लाई बिदा गर्दै हामी २०१९ मा छौ । बदलिदो बिश्व प्रबिधि साग अभ्यस्त आजको हाम्रो पुस्ता जसले जे भने पनि नेपाल मै पनि ईश्बी सम्बतको समयचक्र संगै आफूलाई अभ्यस्त बनाएको देखिन्छ, अझै हामी जस्ता प्रबासमा रहेकाहरूको लागि त यो महत्वपूर्ण नहुने कुरै भएन । यो महत्वपूर्ण समयमा २०१८ लाई फर्किएर हेर्दा बिश्वमा गएका बर्षहरू भन्दा तुलनात्मक रुपमा शान्त नै रह्यो ।
फेरि पनि हाम्रो प्रसङ्ग अलिकति फरक छ किनकि हर परिघटनाहरू संग हामी हाम्रै देश, हाम्रै जन्मभूमि जोड्ने गर्छौ । त्यसैले पनि २०१८ नेपालको लागि पनि निक्कै महत्वपूर्ण बर्षको रुपमा रह्यो । नयाा संबिधान घोषणा संगै सबै तहका निर्बाचन गत साल नै सम्पन्न भै यति बेला हामीले दुई तिहाई बहुमतको सरकार पाएका छौं । यस मानेमा जनताहरू का आशाहरू चुलिएका छन् । अब देश स्थायित्व र समृद्द तिर उन्मुख हुनेमा सबैको नजर सरकार प्रति छ । यस बीचमा घटेका केहि दु:खद घटनाहरू हाम्रो लागि मुटु कमाउने बने । निर्मला पन्तका बलात्कारी र हत्याराहरू अझै निस्फिक्री हिडिरहेका छन् यस बीचमा अरु धेरै चेलीहरूको आबाज र चित्कार नेपालका आकाशमा आफै बिलिन बने न्यायका आशामा निर्मलाका बाबा बर्बराइरेहेका छन् आमाका आाशुबाट बलिन्द्र धारा बगी रहेछन् । यी त प्रतिनिधिपात्र मात्र हुन् अरु कयाैं बाबु आमाहरू गुमनाम छन् आबाज बिहिन छन् ।
आशा गराैं २०१९ हाम्रो लागि अझ जादुमय बनोस्, संबिधान कार्यन्वयनको दिशामा गइ रहेको यो राजनीतक गति अझै सबै बीचको आपसी मेलमिलाप र सहकार्यले स्थायित्व र बिकासको दिशामा अगाडि बढोस् । विगतमा राजनीतिक दलहरूबीच न्यूनतम सहमति नबन्दा, एउटाले अर्कोलाई कम मूल्याङ्कन गर्ने मात्र होईन समाप्तै पार्ने योजनामा अघि बढ्दा नेपाली जनताले रगत र पसिना बगाएर ल्याएका उपलब्धिहरू संस्थागत हुन नसक्ने हुन कि भन्ने संशय यति बेला मत्थर भएको छ । आहिले जनताको अभिमत अनुसार अबको पााच बर्ष स्थिर सरकार देशले पाएको छ, देश राजनीतिक स्थायित्व हुादै विकास निर्माण र जनजीविकाको विषयमा प्रवेश गर्न सकोस् । भ्रष्टाचार, अनियममितता, बलात्कार, अपराध, महिला हिासा र त्यो बाहेक सडक दुर्घटनादेखि लिएर शिक्षा स्वस्थमा स्तरोन्नती लगायत अरु सयौं समस्यामा राजनीतिक दलले एक किसीमको प्रतिबद्दता लिउन । आशा गराैं नेपाली जनताको धैर्यशीलता र संयमिततालाई २०१९ ले सम्मान गर्ने वातावरण सत्तासिनहरूले बनाउन् ।
अन्त्यमा, विगतमा गरेका गल्ति र कमजोरीहरूलाई आत्मसाथ गर्दै जनताको सम्मान गर्दै सरकार हाक्ने र बिपक्षीमा रहने सबै बीच न्यूनतम सहमति होस् देश बिकास र सर्बोपरि हितलाई सबैले केन्द्रमा राखुन् । फेरि पनि सबैले सहमति, सहकार्य र सह अस्तित्व स्वीकार्दै अगाडि बढ्न नयाा बर्ष २०१९ ले हामी सबैलाई प्रेरणा दिओस । हामी देशमा हांै वा परदेशमा सहमति, सहकार्य र सह–अस्तित्व स्वीकार्दै गर्दा हामी सबैले जित्नेछौं हामी सबै मिल्न सकौं, शुभ बनोस हामी सबैको नया बर्ष ।
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
What are the great things about dating with apps for milfs? there are...