भारतमा चलिए पोखरा
नेपालमा पर्यटक र पर्यटन प्रबद्र्धन गर्न नेपाल पर्यटन बोर्डले भारतको उत्तर प्रदेशका विभिन्न सहरहरू केन्द्रित रहेर प्रचारप्रसारका अभियान चलाउन थालेको छ । होटल एशोसिएसन पोखरा, नेपाल पर्यटन बोर्ड र उत्तर प्रदेशस्थित स्थानिय ट्राभल–टुर व्यवसायी समेतको सहयोगमा उत्तर प्रदेशका कानपुर, लखनऊ, बनारस, सुनौलीमा ‘चलिए पोखरा’ अभियान संचालनमा ल्याइएको हो । हालै मिनि सार्क सम्मेलन समेत सफलतापूर्वक पोखरामा सम्पन्न भएको पृष्ठभूमीमा पोखरालाई केन्द्रमा राखेर नेपालको पर्यटन प्रबद्र्धनको काम थालिएको पोखरा होटल एशोसिएसनका अध्यक्ष भरत पराजुलीले बताएका छन् । लखनऊस्थित हिल्स टुर एण्ड ट्राभल्सका प्रबन्धक शोभाकर न्यौपानेका अनुसार मार्च २७ मा कानपुरमा पर्यटन प्रवद्र्धनको समारोह पुरा गरेर मार्च २८ मा लखनऊ, २९ मार्चमा बनारस तथा ३० मार्चमा सुनौलीमा यो अभियान चलाइएको हो । पर्यटन प्रवद्र्धनमा पोखरा, भैरहवा तथा काठमाडौंबाट झण्डै तीन दर्जन पर्यटनकर्मी, पत्रकार र होटल व्यवसायी उत्तर प्रदेश पुगेका छन् । पर्यटन बोर्डका क्षेत्रीय प्रतिनिधि उदय भट्टराईका अनुसार पोखरास्थित अन्तर्राष्ट्रिय पर्वत संग्राहलय, प्याराग्लाइडिङ, अल्ट्रालाइट, फेवाताल, बेगनास र रुपातालको आकर्षण, महेन्द्र गुफा, स्काइ–डाइभिङसहितका विशेषताबारे विभिन्न सहरमा जानकारी बाँढ्दै अभियान अघि बढिरहेको छ । अन्नपूर्ण पदयात्राको केन्द्र बिन्दू, तिलिचोदेखि मुस्ताङसम्मको प्रवेश बिन्दू, कालीगण्डकी खोंचको आकर्षणका बारेमा समेत बताइएको थियो ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...