मलेसियामा पासपोर्ट जल्दा

मलेसियामा एक कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत ४ सयभन्दा बढी नेपाली कामदारको पासपोर्ट जलेर नष्ट भएको छ । जोहोरको सेगामतमा रहेको ईको–सप मार्केटिङ कम्पनी र होस्टलमा मार्च १३ का दिन आगलागी हुँदा पासपोर्ट जलेपछि पीडित नेपाली कामदार चिन्तित भएका छन् । उक्त घटनामा कम्पनीको कार्यालयमा राखिएका कामदारका करिव सयभन्दा बढी प्रति पासपोर्ट जलेर नष्ट भएका हुन् । आगलागीबाट ४ सय १५ नेपालीमध्ये ४ सय ८ जना नेपालीको राहदानी जलेको बर्दिया घर भई हाल उक्त कम्पनीमा कार्यरत शैलेन्द्र चौधरीले बताएका छन् । उनका अनुसार आगलागीमा ५ जना बर्मेली कामदारको पासपोर्ट पनि जलेर नष्ट भएको थियो । ७ जना नेपालीको पासपोर्ट भने काम विशेषले कार्यालय बाहिर भएकाले जल्नबाट जोगिएको छ । आगलागीमा परी कम्पनी भवनमा रहेका ४२ कोठामध्ये १६ कोठाहरू जलेका र होस्टलसमेत जलेपछि राती उनीहरू कम्पनी परिसरभित्रै रहेको गाडी पार्कीङ गर्ने ठाउँमा बस्दै आएका छन् । घटनाबारे कम्पनीका व्यवस्थापक र कामदारले क्वालालम्पुरस्थित नेपाली दुतावासमा जानकारी गराईसकेको र पासपोर्टका लागि प्रक्रिया अघि बढाइएको बताइएको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...