मलेसियामा पासपोर्ट जल्दा

मलेसियामा एक कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत ४ सयभन्दा बढी नेपाली कामदारको पासपोर्ट जलेर नष्ट भएको छ । जोहोरको सेगामतमा रहेको ईको–सप मार्केटिङ कम्पनी र होस्टलमा मार्च १३ का दिन आगलागी हुँदा पासपोर्ट जलेपछि पीडित नेपाली कामदार चिन्तित भएका छन् । उक्त घटनामा कम्पनीको कार्यालयमा राखिएका कामदारका करिव सयभन्दा बढी प्रति पासपोर्ट जलेर नष्ट भएका हुन् । आगलागीबाट ४ सय १५ नेपालीमध्ये ४ सय ८ जना नेपालीको राहदानी जलेको बर्दिया घर भई हाल उक्त कम्पनीमा कार्यरत शैलेन्द्र चौधरीले बताएका छन् । उनका अनुसार आगलागीमा ५ जना बर्मेली कामदारको पासपोर्ट पनि जलेर नष्ट भएको थियो । ७ जना नेपालीको पासपोर्ट भने काम विशेषले कार्यालय बाहिर भएकाले जल्नबाट जोगिएको छ । आगलागीमा परी कम्पनी भवनमा रहेका ४२ कोठामध्ये १६ कोठाहरू जलेका र होस्टलसमेत जलेपछि राती उनीहरू कम्पनी परिसरभित्रै रहेको गाडी पार्कीङ गर्ने ठाउँमा बस्दै आएका छन् । घटनाबारे कम्पनीका व्यवस्थापक र कामदारले क्वालालम्पुरस्थित नेपाली दुतावासमा जानकारी गराईसकेको र पासपोर्टका लागि प्रक्रिया अघि बढाइएको बताइएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...