वर्ष २०१८ का मुख्य मुख्य विश्व घटनाहरु

-- क्षितिज पारी, जनवरी २०१९ अंक नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, माघ १, २०७५

वर्ष २०१८ लाई वीदा गरेर हामी वर्ष २०१९ मा प्रवेश गरिसकेका छौं । वितेका वर्ष विश्वमा धेरै प्रकारका घटनाहरु घटे, जसले राजनीतिदेखि सामाजिक क्षेत्रसम्मलाई प्रभावित बनाए । गत वर्ष विश्वमा घटेका केही महत्वपूर्ण घटनाहरुलाई हामीले यसरी समेटेका छौं ।

–श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंगेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्द्रा राजपक्षेलाई प्रधानमन्त्री नियुक्ति गरेपछि त्यहाँ राजनैतिक संकट चुलिएको थियो । संसद्समेत विगठन गरेका राष्ट्रपतिले राष्ट्रिय/अन्तर्राष्ट्रिय दबाब खेप्न नसकेपछि वर्षको अन्त्यमा संसद् पुनःस्थापना गरे । श्रीलंकाली संसद्को २ सय २५ सिटमध्ये विक्रमासिंगेको पक्षमा ९९ सांसद थिए भने थप २२ ले पनि उनलाई समर्थन गर्ने बताएका थिए ।


–अमेरिकी संसद्मा सरकारी खर्चसम्बन्धी विधयेक पारित नभएपछि संघीय निकायहरू वर्ष २०१८ मा बेखर्ची भए । राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमानामा पर्खाल लगाउने आफ्नो योजनामा डेमोक्र्याटिक पार्टीले समर्थन नगरे लामो समयसम्म सरकार बन्द हुने चेतावनी दिएपछि यस्तो अवस्था सिर्जना भएको हो । ट्रम्पको प्रस्ताव अमेरिकी प्रतिनिधिसभाबाट पारित भैसकेको छ, तर विपक्षी दलले कडा आलोचना गरेका कारण माथिल्लो सदनबाट पारित हुने सम्भावना कम छ ।

—विश्वका दुई ठूला अर्थतन्त्रले एक–अर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क बढाएपछि त्यसले विश्व अर्थतन्त्रलाई नै असर पुर्याउने अनुमान गरिएको थियो । अमेरिकाले चिनबाट आयात हुने स्टिल तथा आल्मुनियममा आयात शुल्क बढाएको थियो । त्यसको जवाफमा चीन सरकारले अमेरिकाबाट आयात गरिने १ सय २८ वटा वस्तु एवं सामानमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाउने निर्णय गरेको थियो ।


—ट्रम्प प्रशासनले अफगानिस्तानमा तैनाथ सेना फिर्ता गर्ने निर्णय गर्यो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा भएको ट्विन टावर आक्रमणपछि अफगानस्तानमा सेना परिचालन गरिएको थियो । त्यसैगरी सिरिया र वरपरका क्षेत्रमा सक्रिय इस्लामिक स्टेट समूह (आईएस) पराजित भएको भन्दै त्यहा“ खटाइएका अमेरिकी फौज पनि फिर्ता हुने भएका छन्, तर यो विषयमा बेलायत, फ्रान्सजस्ता अमेरिकाका सामरिक साझेदारहरू असहमत छन् । ट्रम्पको यही घोषणाका कारण अमेरिकी रक्षामन्त्रीले राजीनामा समेत दिएका छन् ।


—इन्धनमाथि लाग्दै आएको कर बढेपछि फ्रान्समा आन्दोलन चर्किएको थियो । आन्दोलनले उग्र रूप लिएको भन्दै राष्ट्रपति इम्यानुएल म्याक्रोन त्यहा“ संकटकाल लागू गर्नेसम्म स्थितिमा पुगेका थिए । फ्रान्स सरकारले इन्धनमाथिको करवृद्धि फिर्ता लिएस“गै उक्त आन्दोलन मत्थर भएको थियो ।


—अमेरिकाले नोभेम्बर, २०१८ मा इरानमाथि अर्थिक प्रतिबन्ध लगाएपछि दुई देशबीचको लामो समयदेखिको अविश्वासको खाडल अझ बढेको छ । २०१५ मा सुरक्षा परिषद्का सदस्य राष्ट्रसहित इरान सम्मिलित बैठकले परमाणु सम्झौता गरेको थियो । ८ मे २०१८ मा अमेरिकाले उक्त सम्झौताबाट अलग भएको घोषणा गरेको थियो ।
—अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आठ वर्षअघि समलैंगिक अधिकारलाई मन्जुरी दिएका थिए । उनको कार्यकालमा कानुनी प्रक्रिया पूरा नभएको यो विषयले २२ डिसेम्बर २०१८ का दिन कानुनी मान्यता पाएको छ । यो कानुनी अड्चन अन्त्य भएस“गै अब अमेरिकी सेनामा समलैंगिकहरूले समेत प्रवेश पाउनेछन् ।
—कट्टर शत्रु भनिएका अमेरिका तथा उत्तर कोरियाका राष्ट्रप्रमुखको भेटवार्ताले यो वर्ष संसारलाई चकित मात्र तुल्याएन, अन्तर्राष्ट्रिय राजनीतिलाई नै १ सय ८० डिग्रीमा घुमाएको विश्लेषण गरिएको छ । १२ जुन २०१८ मा सिंगापुरमा भएको ५० मिनेट लामो उक्त ऐतिहासिक भेटवार्तालाई राजनैतिक विश्लेषकहरूले तेस्रो विश्वयुद्ध रोकिएर विश्व शान्तिको बाटोमा अग्रसर भएको विश्लेषण गरेका छन् ।


—अमेरिकी राष्ट्रपति चुनावताका ट्रम्पको सहयोगका लागि निर्मित ‘क्याम्ब्रिज एनालिटिका’ नामक डाटा फर्मले फेसबुक प्रयोगकर्ताको प्रोफाइल अवैधानिक रूपमा प्रयोग गरी चुनावमा हस्तक्षेप गरेको अरोप लागेपछि फेसबुकले ठूलो कानुनी संकट सामना गर्नुप¥यो । यो विषयमा आधिकारिक धारणा दिन संस्थापक मार्क जुकरबर्ग स्वयं अमेरिकी संसद्मा उपस्थित हुनुपरेको थियो । अमेरिकामा मात्र नभएर अहिले विश्वभर फेसबुक सुरक्षित नभएको भन्दै आलोचना भैरहेको छ ।