टेरेसालाई सन्तको उपाधि

भारतको कलकत्तालाई मुख्य स्थान बनाइ दु:खी गरिवको सेवामा संलग्न रोमन क्याथोलिक नन मदर टेरेसालाई रोमका पोप फ्रान्सिसले सन्त घोषित गर्ने भएका छन् । उनले स्थापना गरेको च्यारिटीअन्तर्गत १९ वटा बाल तथा वृद्धाश्रम सञ्चालन भइरहेका छन् । उनले १९७९ मा नोबेल शान्ति पुरस्कार पाएकी थिइन् । सन् १९१० मा अल्बानियामा जन्मिएकी उनको १९९७ मा ८७ वर्षको उमेरमा देहान्त भएको थियो । उनलाई सन् २००३ मा सन्तत्वको पहिलो सिंढीमा अभिषेक गरिएको थियो । १९ वर्षको उमेरमा उनी सेवा गर्न भनी १९२९ मा भारत छिरेकी थिइन् । उनले त्यो बेला थेरेस नाउँबाट दार्जि्लिङको एउटा स्कुलमा पढाउन थालेकी थिइन् । १९४६ मा कोलकाता सरेपछि उनले अनाथ बालबालिकाको सेवाका लागि सेवाश्रम खोलेकी थिइन् । सन् १९५० मा आफ्नो संस्थालाई मिसिनरिज अफ च्यारिटीका रुपमा दर्ता गर्दै समाजसेवालाई गति दिएकी थिइन् । कसैलाई सन्त घोषणा गर्न ‘एउटा लामो पद्धति हुने गरेको छ तर मदर टेरेसालाई भने चाँडै सन्त घोषणा गर्ने क्रममा रोम रहेको छ । आगामी सेप्टेम्बर महिनामा ‘चर्चको अनुकम्पापूर्ण पवित्र वर्ष’ परेको हुनाले त्यही अवसरमा उनलाई सन्त घोषणा गर्न लागिएको हो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...