टेरेसालाई सन्तको उपाधि
भारतको कलकत्तालाई मुख्य स्थान बनाइ दु:खी गरिवको सेवामा संलग्न रोमन क्याथोलिक नन मदर टेरेसालाई रोमका पोप फ्रान्सिसले सन्त घोषित गर्ने भएका छन् । उनले स्थापना गरेको च्यारिटीअन्तर्गत १९ वटा बाल तथा वृद्धाश्रम सञ्चालन भइरहेका छन् । उनले १९७९ मा नोबेल शान्ति पुरस्कार पाएकी थिइन् । सन् १९१० मा अल्बानियामा जन्मिएकी उनको १९९७ मा ८७ वर्षको उमेरमा देहान्त भएको थियो । उनलाई सन् २००३ मा सन्तत्वको पहिलो सिंढीमा अभिषेक गरिएको थियो । १९ वर्षको उमेरमा उनी सेवा गर्न भनी १९२९ मा भारत छिरेकी थिइन् । उनले त्यो बेला थेरेस नाउँबाट दार्जि्लिङको एउटा स्कुलमा पढाउन थालेकी थिइन् । १९४६ मा कोलकाता सरेपछि उनले अनाथ बालबालिकाको सेवाका लागि सेवाश्रम खोलेकी थिइन् । सन् १९५० मा आफ्नो संस्थालाई मिसिनरिज अफ च्यारिटीका रुपमा दर्ता गर्दै समाजसेवालाई गति दिएकी थिइन् । कसैलाई सन्त घोषणा गर्न ‘एउटा लामो पद्धति हुने गरेको छ तर मदर टेरेसालाई भने चाँडै सन्त घोषणा गर्ने क्रममा रोम रहेको छ । आगामी सेप्टेम्बर महिनामा ‘चर्चको अनुकम्पापूर्ण पवित्र वर्ष’ परेको हुनाले त्यही अवसरमा उनलाई सन्त घोषणा गर्न लागिएको हो ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...