क्लिन्टन ग्लोबलको उत्कृष्ट पाँचमा नेपाली विद्यार्थी

अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजमा स्नातक तहमा अध्ययनरत नेपाली विद्यार्थी पूर्व राष्ट्रपति बिल क्लिन्टनले सञ्चालन गरेको क्लिन्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । विश्वभरिका विभिन्न विश्वविद्यालयमा अध्ययनरत एक हजारभन्दा धेरै विद्यार्थीमध्ये ललितपुरका २१ वर्षीय सरिफ श्रेष्ठ ग्रामीण जनताको आर्थिक स्तर सुधारमा स्थानीय जडिबुटी खेतीसम्बन्धी आफ्नो परियोजनाबारे प्रस्तुति दिँदै उत्कृष्ट पाँचमा पर्न सफल हुनु भएको हो ।
युनिभर्सिटीको कार्यक्रममा सङ्खुवासभाको मुढे र चिराईंतेमा आफूहरूले सुरु गरेको जडीबुटी खेतीसम्बन्धी परियोजना र त्यसले गाउँलेको जीवनमा ल्याएको परिवर्तनबारे उहाँले प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा सरिफसहित प्रस्तुतिका लागि छानिएका सबै विद्यार्थीलाई युनिभर्सिटीका संरक्षकसमेत रहनुभएका पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनले बधाई तथा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट छनोट भएपछि आफूलाई थप हौसला मिलेको बताउँदै सरिफले आफू अध्ययन सकेर नेपाल फर्किएपछि नेपालका ग्रामीण क्षेत्रका वासिन्दाको जीविकोपार्जनकमा सहयोग गर्ने बताउनुभयो ।
सरिफका पिता वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले नेपालमा पनि यस्ता थुप्रै प्रतिभाशाली विद्यार्थी रहेका तर राज्यले उनीहरूको प्रतिभा उजागर गर्न कुनै अवसर नदिएको गुनासो गर्नुभयो ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...