क्लिन्टन ग्लोबलको उत्कृष्ट पाँचमा नेपाली विद्यार्थी

अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजमा स्नातक तहमा अध्ययनरत नेपाली विद्यार्थी पूर्व राष्ट्रपति बिल क्लिन्टनले सञ्चालन गरेको क्लिन्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । विश्वभरिका विभिन्न विश्वविद्यालयमा अध्ययनरत एक हजारभन्दा धेरै विद्यार्थीमध्ये ललितपुरका २१ वर्षीय सरिफ श्रेष्ठ ग्रामीण जनताको आर्थिक स्तर सुधारमा स्थानीय जडिबुटी खेतीसम्बन्धी आफ्नो परियोजनाबारे प्रस्तुति दिँदै उत्कृष्ट पाँचमा पर्न सफल हुनु भएको हो ।
युनिभर्सिटीको कार्यक्रममा सङ्खुवासभाको मुढे र चिराईंतेमा आफूहरूले सुरु गरेको जडीबुटी खेतीसम्बन्धी परियोजना र त्यसले गाउँलेको जीवनमा ल्याएको परिवर्तनबारे उहाँले प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा सरिफसहित प्रस्तुतिका लागि छानिएका सबै विद्यार्थीलाई युनिभर्सिटीका संरक्षकसमेत रहनुभएका पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनले बधाई तथा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट छनोट भएपछि आफूलाई थप हौसला मिलेको बताउँदै सरिफले आफू अध्ययन सकेर नेपाल फर्किएपछि नेपालका ग्रामीण क्षेत्रका वासिन्दाको जीविकोपार्जनकमा सहयोग गर्ने बताउनुभयो ।
सरिफका पिता वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले नेपालमा पनि यस्ता थुप्रै प्रतिभाशाली विद्यार्थी रहेका तर राज्यले उनीहरूको प्रतिभा उजागर गर्न कुनै अवसर नदिएको गुनासो गर्नुभयो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...