तपाईंको नयाँ २०७३ कस्तो होस् भन्ने चाहानु हुन्छ ?
वर्ष २०७२ नेपाल तथा नेपालीका लागि शुभ रहेन । वर्षको प्रारम्भमै गएको महाभूकम्प तथा त्यसपछिको भारतको अघोषित नाकाबन्दीका कारण वषृ २०७२ मा नेपालीको मुहारमा खुशी देख्न गाह्रो पर्यो । यतिबेला सम्पूर्ण नेपाली पुरानो वर्षको दु:ख र पीडालाई बिर्सेर नयाँ वर्ष २०७३ लाई स्वागत गर्न तयार भएका छन् । यही अप्रिल १३ तारिखदेखि नेपाली नयाँ वर्ष प्रारम्भ हुँदैछ । यही अवसरमा केन्द्रित रहेर द नेपाली टाइम्स अष्ट्ेरलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईले केही सेलिब्रेटीहरूलाई उनीहरू वर्ष २०७३ कस्तो होस् भन्ने चाहान्छन् भन्ने जिज्ञासा राखेका छन् ।
देविका बन्दना, गायिका
७२ साल मेरो देश नेपालको लागि धेरै नै दुखद रह्यो । प्रँरम्भमा भूकम्प, त्यसपछिको नाकाबन्दीले साधारण जीवन जीउन समेत कठिन गरायो । त्यसैले यो नयाँ वर्ष २०७३ ले सबै नेपालीको घर र जीवनमा सुनौलो बिहानी लिएर आओस् । देश सामान्य अवस्थातिर उन्मुख होस् र सारा नेपालीको मुहारमा उज्यालो देख्न पाउँ, यत्तिमात्र छ मेरो चाहना । सबै कुरा ठिक भएपछि मेरो लागि पनि अवश्य राम्रो हुनेछ ।
स्मृति पोखरेल, गायिका/मोडल
सम्पूर्ण नेपालीको मुहारमा हासो देख्न पाउँ, आउने साल अझै खुशीको साथ बितोस् । यही नै मेरो २०७३ सालको शुभकामना छ । जय गीत, जय संगीत ।
अमित पोखरेल, अभिनेता
मेरो लगायत हामी नेपाली दाजभाइ–दिदीबहिनी तथा सम्पूर्ण नेपालीको उज्वल भविष्य र शान्ति छाओस् हाम्रो नेपाली जन्मभूमिमा ।
वसन्त निरौला, निर्देशक
हामी नेपालीलाई खुशी मिलोस् । नाकाबन्दी र भूकम्पले दु:ख नदिओस् भन्ने चाहान्छु ।
बाबुराम ढकाल, निर्देशक
वर्ष २०७३ मा भूकम्पले दु:ख नदिओस् भन्ने कामना गर्दछु । प्राकृतिक विपत्तिरहित वर्षको कामना गरेको छु । यति भयो भने बाँकि काम म आफैंले राम्ररी गर्न सक्छु ।
परसुराम रिजाल, संगीतकर्मी
प्राकृति विपत्तिले फेरी दु:ख नदिओस् । देशका नेताहरूमा सकारात्मक सोच बढोस् र छिमेकीको नाकाबन्दीको मारमा पुन: पर्न नपरोस् । नयाँ वर्ष २०७३ ले देशमा सम्मानजनक बाँच्न पाउने नेपाली स्वतन्त्रताको विकास गराओस् ।
कमल किरण, गायक
२०७३ साल भूकम्परहित बनोस् । गलत, भ्रष्टाचारी नेताको हातमा भन्दा पनि देशको भलो गर्ने नेताको हातमा सरकार होस् अनि सम्पूर्ण समस्या समाधान होस् । २०७२ सालमा जस्तो कष्ट भोग्नु नपरोस हामी नेपालीले ।
महेश प्रधान, फोटोग्राफर
नयाँ वर्षले नयाँ उत्साह र उमंग ल्याओस्, ७२ साल जस्ता नहोस् । सबै जनताले काम गरेर खाने वातावरण बनोस् । सबै जनता खुशी हुन् भन्ने चाहान्छु ।
पवित्रा आचार्य, नायिका
वर्ष २०७३ मा आफ्नो कार्य क्षेत्रमा सक्रिय हुन् पाइयोस् । राजनीतिक अथवा प्राकृतिक कारणले कुनै पनि नेपाली समस्यामा पर्न नपरोस् भन्ने कामना गर्दछु ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...