अफ्रिकामा डुंगा दुर्घटना

उत्तर पश्चिमी अफ्रिकी मुलुक जिबोटीको सामुद्रिक तटमा २ डुंगा डुब्दा १ सय ३० आप्रवासी बेपत्ता भएका अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएमले) जनाएको छ । आइओएमद्वारा जारी प्रेस विज्ञप्तिमा ‘जिबाटीको ओबोक क्षेत्र नजीकै जनवरी २९ का दिन बिहान डुंगा डुब्दा कम्तीमा १ सय ३० आप्रवासी शरणार्थी डुबेर बेपत्ता भएका छन् ।’ आइओएमले २ जनालाई जीवितै उद्धार गरिएको र ३ महिलाको शव भेटिएको जनाएको छ । बेपत्ताहरूको खोजी कार्य जारी रहे पनि जीवितै हुने सम्भावना नरहेको आइओएमले जनाएको छ । बेपत्ता भएकाहरु कुन देशका थिए भन्नेबारे आइओएमले केही उल्लेख गरेको छैन । गरिब इथियोपियाली नागरिकले राम्रो आर्थिक अवसरको खोजीमा अरबेली प्रायद्वीपमा छिर्ने गरेका छन् । रेड सी पार गर्ने क्रममा डुबेर अथवा खानेपानीको अभावमा वर्षेनी हजारौ मानिसले ज्यान गुमाउने गरेका छन् । पछिल्ला वर्षमा इथियोपियाली सरकारले रेड सीको मार्ग प्रयोग गरेर यात्रा गर्दा जीवन खतरामा पर्नसक्ने भनी स्थानीय छापा तथा प्रशारण सञ्चारमाध्यममा दिने गरेका सचेतनामूलक विज्ञापनलाई हटाएका छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...