पत्रकार समाज रुपान्तरणको उत्प्रेरक बन्नुपर्छ : सभामुख महरा

पोखरा, १० फागुन – सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि उत्प्रेरक (क्याटलिष्ट)को भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको बिहिबार पोखरामा उद्घाटन गर्दै उहाँले समाज परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
समाज बदलिँदा आउने अप्ठेरामा सञ्चार क्षेत्रको आलोचनात्मक भूमिका अपरिहार्य हुनुपर्नेमा जोड दिँदै उहाँले विगतमा निरङ्कुशता विरुद्धमा लड्नुपर्ने अवस्था थियो भने अबको समय अराजकता विरुद्ध लड्नुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष घोषणा गरेकोप्रति स्वागत गर्दै सभामुख महराले गण्डकी प्रदेश पर्यटनको आकर्षक केन्द्र भएको उल्लेख गर्नुभयो । आफू १० वर्षअघि सञ्चारमन्त्रीको नेतृत्व संहाल्दा सञ्चार क्षेत्रको विकासका सन्दर्भमा केही महत्वपूर्ण कामको थालनी गरेको स्मरण गर्दै उहाँले वर्तमान सरकार पनि यस क्षेत्रको विकासका लागि अघि बढेको धारणा राख्नुभयो । उक्त अवसरमा सभामुख महराले विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुभयो भने गण्डकी प्रदेशको आन्तरिक कार्यविधि लोकार्पण गर्नुभयो ।
महासङ्घद्वारा पत्रकारिता क्षेत्रसँग जोडिएका व्यक्तित्वका नाममा स्थापित पाँच जनालाई उक्त अवसरमा पुरस्कृत गरिएको थियो । नेपाल पत्रकार महासङ्घका संस्थापक एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा स्थापित कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सप्तरीका शिवहरि भट्टराई सम्मान गरियो । पुरस्कारको राशि रु एक लाखको रहेको छ ।
त्यस्तै, गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई पुरस्कृत गरिएको छ । सो पुरस्कारको राशि रु ५० हजार रुपैयाँ र सम्मानपत्र छ । कृष्णसेन ‘इच्छुक’ राष्ट्रिय पत्रकारिता पुरस्कारबाट काठमाडौँका बलराम थापा पुरस्कृत हुनुभएको छ । सो पुरस्कारको राशि पनि रु ५० हजारको रहेको छ ।
यस्तै उमासिँह स्मृति पत्रकारिता पुरस्कारबाट सिरहाका हिरालाल चौधरी र गौरी कठायत स्मृति पत्रकारिता पुरस्कारबाट अछामकी गीता कुँवरलाई पुरस्कृत गरिएको छ । दुवै पुरस्कारको राशि रु १५ हजार रहेको छ ।
ग्ण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्रीकृत मानसिकताका कारण सङ्घीयता कार्यान्वयनमा अप्ठेरो पर्दै आएको बताउँदै सङ्घीयताको सफल कार्यान्वयनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
प्रेस स्वतन्त्रता हनन हुन नदिन सरकार प्रतिबद्ध : मन्त्री बाँस्कोटा
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्वतन्त्रताको हनन हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारको हकहितका लागि सरकार सचेत रहेको प्रसङ्ग उल्लेख गर्दै न्यूनतम पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गरिएको र यसको सुनिश्चितताका लागि बैंकिङ प्रणालीद्वारा व्यक्तिको नाममा भुक्तानीको व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।
समानुपातिक विज्ञापनका लागि सरकारले ‘विज्ञापनसम्बन्धी विधेयक’ संसद्मा पेश गरेको र सरकारले अब विज्ञापन बोर्डमार्फत विज्ञापन उपलब्ध गराउने मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । समानुपातिक माध्यमबाट विज्ञापन पाएपछि साना मिडिया बढी बलियो हुने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेकाले नै मुलुकी संहिता सम्बन्धमा प्रेससम्बन्धी सुझावका लागि कार्यदल गठन गरेको बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकको समृद्धिका लागि पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पोलिटब्यूरो सदस्य योगेश भट्टराईले सरकारको विरुद्धमा भ्रम फैलाइएको उल्लेख गर्दै प्रेसजगत्को स्वतन्त्रता रक्षाका लागि सरकार कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कुमार खड्काले प्रेस स्वतन्त्रता, लोकतन्त्रको रक्षा आदिमा सञ्चार क्षेत्र चनाखो बन्नुपर्ने बताउँदै काङ्ग्रेस प्रेस स्वतन्त्रताको हिमायती रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राजपाका नेता लक्ष्मणराज कर्ण, सङ्घीय समाजवादी फोरमका उपमहासचिव प्रकाश अधिकारीका साथै नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरू र विभिन्न सञ्चार क्षेत्र सम्बद्ध सङ्गठनका पदाधिकारीले सञ्चार क्षेत्रको समस्या लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



