प्रकाशको जेल संजाय रद्द 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, फाल्गुन ११, २०७५
सिड्नीको एक एजकियरमा एक बृद्द माथि हातपात गरेको आरोपमा बिभिन्न चरणको सुनुवाई हुदै आठ महिनाको जेल संजाय सुनाइएका ३५ बर्षिय प्रकाश पौडेल अन्तत जेल मुक्त भएका छन्।  उनको अपिलको पक्षमा फैसला आए संग उनि जेल मुक्त भएका हुन्।
उक्त बृद्द व्यक्तिको छोरीले लुकाएर राखेको क्यामरामा प्रकाशले उक्त बृद्द माथि गरेको ब्यबाहार कैद भएको र त्यसैलाई आधार मान्दै प्रकाशलाई एनएसडब्लु प्रहरीले उनकै कार्यथलोबाट नियन्त्रणमा लिएको थियो। एक्लै १६ जना बृद्दहरुको हेर विचार गर्ने जनाइएका पौडलको उक्त बृद्द माथि हात पात गर्ने कुनै योजना नभएको त्यो भन्दा पनि उनले डिमेन्सिया रोगबाट पिडित बिरामीको हेरविचार गर्ने ट्रेनिङ्ग नपाएका कारण उक्त घटना घटेकोले पुनर्विचारका लागि पौडेलका वकिलले अपिल गरेका एसबिएसले जनाएको छ । अपिलमा प्रकाशले आफु माथि बृद्दबाट बिगतमा भएका र हुन सक्ने आक्रमणको एक किसिमको डरले गर्दा हतास मनस्थितिमा आक्रमण गरेको र यसबाट उन स्वयम दुखि रहेको कुरा व्यक्त गरिएको थियो । अर्को तर्फ यस घटनालाई मिडियाले पनि आबश्यक भन्दा बढी नै प्रचार गरेको पनि बताइएको छ।
यी सबै घटनाहरु लाई मध्य नजर राख्दै डिस्ट्रिक कोर्ट सिड्नीकी जर्ज हेलन स्यम्सले उनको अपिल स्वीकार गर्दै उनको जेल संजाय रद्द गरेकी थिइन् ।  त्यसको साट्टो प्रकाशले ७ महिना सरकारले तोकेको सामुदायिक सेवामा स्वयम सेवी को रुपमा काम गर्नु पर्नेछ।
Photo: SBS