नेपाली वहुसाँस्कृतिक कार्यक्रम हुदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, फाल्गुन १२, २०७५
नेपाली कला सँस्कृति तथा साहित्यलाई अष्ट्रेलिया सिड्नीमा जीवन्त राख्ने बर्षेनी बिबिध कार्यक्रमहरु आयोजना गर्दै आइरहेको नेपाली कला सँस्कृति तथा साहित्य प्रतिष्ठानले यस पटक एक थप, भिन्न र बिशेष कार्यक्रम आयोजना गर्दैछ । ‘नेपाली वहुसाँस्कृति कार्यक्रम’ नाम दिइएको उक्त कार्यक्रम आउदो १६ मार्चका दिन ग्रानभिल टाउन हल (10 Carlton Street Granville) मा हुदैछ। कार्यक्रम सम्बन्धि जनाकारी गराउने उदेश्यले नेपाली कला सँस्कृति तथा साहित्य प्रतिष्ठान हालै एक पत्रकार भेटघाटको आयोजना गरेको थियो । सिड्नीमा रहेका नेपाली मुलका पत्रकारहरुको उपस्थितिमा सम्पन्न उक्त पत्रकार भेटघाटमा संस्थाको तर्फबाट कार्यक्रम सम्बन्धि सम्पूर्ण जानकारी दिइएको थियो ।
 प्रतिष्ठानकी महासचिव दिलु केसीले सबैलाई स्वागत गर्दै शुरु भएको उक्त कार्यक्रम अध्यक्ष सुजाता केसी को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै  नेपाली वहुसाँस्कृति कार्यक्रमकी संयोजक जानकी पौडेलले कार्यक्रमले नेपाली कला संस्कृति र रहन सहनलाई उतार्ने बताईन । पौडेलका अनुसार सके सम्म र उपलब्ध भए सम्मका नेपाली बिबिधि भाषा भाषी र जात जातिका रहन सहन र संस्कृतिक धरोहरहरु लाई यो कार्यक्रममा समेटिने छ ।  यसको अलावा  यस बहुसांस्कृतिक देश अष्ट्रेलियालाई दोश्रो घरको रुपमा रोजेर हामी सबै यहाँको रहन सहनमा अभ्यस्त हुदै गर्दा यहाँका  बिबिध रहन सहन र बिबिध सम्प्रदायका संस्कृतिलाई पनि कार्यक्रममा समेट्न प्रयास गरिएको छ । यसै गरि यस पटकको कार्यक्रमलाई स्थानीय  कम्बरल्यान्ड काउन्सिलले आर्थिक सहयोग प्रदान गरेको छ।  कार्यक्रममा भएको सबै आय-व्यय पनि दुरुस्त राख्ने र अर्को कुनै यस्तै कार्यक्रममा सार्बजनिक गर्ने पनि पौडेलले बताईन।
कार्यक्रमकी उपसंयोजक एबम प्रतिष्ठानकी कोषाध्यक्ष सीमा रोसीले दोश्रो पटकको प्रयास पछि संस्था ले दश हजार डलरको आर्थिक सहयोग प्राप्त गर्न सफल भएको बताइन । पत्रकार सम्मेलनमा उठेका जिज्ञासाका उतार दिदै रोसीले निक्कै नै मेहनत र गृहकार्य पछि उक्त रकम प्राप्त गर्न सफल भएकोमा संस्थाका सबैलाई धन्यवाद व्यक्त गरिन । भविष्यमा अन्य संघ संस्थालाई यस्ता कोषहरु कसरि सामजिक कार्यका लागि प्राप्त गर्न सकिन्छ भन्ने बिषयमा कुनै सहयोग चाहिएमा आफु र प्रतिष्ठान सधै सहयोग गर्न तत्पर भएको बताईन । त्यसै गरि संस्थाकी अध्यक्ष सुजाता केसीले स्थापाना काल देखि आज सम्म सहयोग गर्ने संस्थाका सबै साथीहरु, समुदायका सद्स्यहरु र मिडियाकर्मीहरु लाई  संस्था यहाँ सम्म आइपुग्दा हृदय देखि नै सम्झदै सबैको मुक्त कण्ठले प्रसंशा गरिन । अष्ट्रेलियन सरकारको सहयोग लिएर अष्ट्रेलिया जस्तो बहुसांस्कृतिक समुदायमा यति ठुलो कार्यक्रम आफ्नै कार्यकालमा आयोजना गर्न पाउँदा अत्यन्त खुशी लागेको बताईन । सबै जना उपस्थित भएर कार्यक्रमलाई सफल बनाउन सबै नेपाली समुदायका सदस्यहरु र मिडियाकर्मीलाई अनुरोध गरिन । प्रश्न उतरका कार्यक्रममा उठेका सबै सल्लाह सुझाबलाई कार्यक्रम संयोजक जानकी पौडेलले टिपोट गरेकी थिइन् र यस्ता सल्लाह र सुझाबहरु ले कार्यक्रमलाई अझ चुस्त र सफल बनाउन पनि सहयोगी हुने पौडेलले बताईन्।
अष्ट्रेलिया भ्रमणमा रहनु भएका पत्रकार महासंघका पुर्ब अध्यक्ष धर्मेन्द्र झाको समेत बिशेष उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै झाले यो कार्यक्रम नेपाल भित्र रहेका सबै भाषा भाषी र जनजातिको साझा चौतारो बनोस सबै निसंकोच आटाउन र कतैबाट पनि यस्ता कार्यक्रममा राजनीतक गन्ध आउन नदिनु होला भनि सुझाब दिएका थिए।
कार्यक्रममा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानका पदाधिकारीहरु एनआरएनए अष्ट्रेलियाका प्रतिनिधिहरु, मिडियाकर्मीहरु को बाक्लो उपस्थिति थियो ।  निशुल्क: प्रवेश रहेको उक्त कार्यक्रममा अष्ट्रेलियन सरकार र स्थानिय काउन्सिलका प्रतिनिधिहरु को समेत उपस्थित रहने र कार्यक्रम निर्धारित समय बिहान ठिक ११ वाजेबाट सुरु हुने पनि जानकारी दिइएको थियो।