हेलिकोप्टर दुर्घटना खराब मौसमका कारण : गृह मन्त्रालय

काठमाडौं- पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना खराब मौसमका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् ।
‘स्थानीय प्रशासनले दिएको जानकारी अनुसार ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा डेढ किलोमिटर वर आइपुग्ने वित्तिकै दुर्घटना भएको हो’, सुवेदीले भने ।
उनका अनुसार तेह्रथुमको चुहानडाँडामा आयोजित एक कार्यक्रममा सहभागी भएर मन्त्री अधिकारीसहितको टोली पाथिभरा दर्शनका लागि गएको थियो । हाल मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवारी ७ जनाकै शव भेटिएको उनले बताए ।
उनका अनुसार मन्त्री अधिकारी र उनका पीएसओ सेनाका जमदार अर्जुन घिमिरको शव पहिचान भएको छ । अन्यको भने शव पहिचान भएको छैन ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...