अभिभाबकको लागि बनभोज कार्यक्रम आयोजना गरिदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, फाल्गुन १६, २०७५
आफना सन्तानहरु भेट्न र घुमघामका लागि नेपाल देखि अस्ट्रेलिया आई सिड्नी वरपर रहनु भएका अभिभाबकहरुको सम्मानमा एनआरएनए अस्ट्रेलिया न्युसाउथ वेल्स समितिले एक दिने घुमघाम सहितको बनभोज कायर्क्रमको आयोजना गर्दैछ । बिगतका बर्षहरुमा निक्कै सफल र ठुलो संख्यामा अभिभाबकहरु सहभागी भएको घुमघाम सहितको बनभोज कार्यक्रमलाई यस पटक अझ बिस्तारित, अझै धेरै ठाउँ बाट पिक-अपको ब्यबस्था सहित तयारी गरिएको एनआरएनए अस्ट्रेलिया न्युसाउथ वेल्स समितिका उपसंयोजक अर्जुन केसीले जानकारी दिए।  केसीले  यस पटक पनि धेरै भन्दा धेरै अभिभाबकहरु को जमघट हुने कुरामा आफुहरु बिश्वस्त रहेको बताए।
आउदो ३० मार्चका दिन बिहान ६. ३० देखि साँझ ६ बजे सम्मको उक्त कार्यक्रमका लागि भिन्न ११ स्थानबाट बसहरु छुट्ने छन् । करिब साढे ३ घण्टा पर रहेको गल्बर्न नेसनल पार्क सम्मको यात्रा तय गर्दै बिबिध मनोरंजानात्मक कार्यक्रमहरु र खानपिन  सहितको उक्त कार्यक्रममा सहभागी हुनका लागि सबै अभिभाबक र तिनका नजिकका इस्टमित्रहरु ले फर्म भरि १६ मार्च भित्रमा एनआरएनएका पदाधिकारीहरु लाई बुझाउन अनुरोध गरिएको छ । यस सम्बन्धि सम्पूर्ण जानकारीका लागि माथि पोस्टरमा उल्लेखित व्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।