दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको निधन

दार्चुला- दार्चुलामा शुक्रबार राती ८ बजेर १० मिनेटमा भएको जिप दुर्घटनामा परी ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला जादै गरेको म १ ज २८० नम्बर जिप गाउँपालिकाको वडा नम्बर ३ राताकाठा भन्ने भिरबाट करिव ३ सय मिटर तल महाकाली नदि किनारमा खसेको प्रहरीले जनाएको छ ।
प्रहरीले घट्ना स्थलमा ३ जना महिलाको शव फेला पारेको छ, भने ४ जना महिला र ३ जना पुरुषको शव भिरमा अड्किएको अवस्थामा रहेको घट्ना स्थलमा खटिएको प्रहरी टोलीले जनाएको छ । दुर्घटनामा परी जिप चालक दिपक धामी गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागी प्रहरी टोली उद्धार गरी जिल्ला अस्पताल दार्चुलामा ल्याइएको छ । जिपमा कति जना सवार थिए भन्ने बारे अझै खुल्न सकेको छैन् । घट्ना स्थलमा प्रहरीले अहिले खोजतलासका साथै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...