राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपति दर्शन

काठमाडौँ- महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजाआजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको छ ।
महाशिवरात्रिका अवसरमा आज बेलुकी राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुन पूजा एवं दर्शनका लागि पशुपतिनाथ मन्दिर पुग्नुभएको थियो । पूजापछि उहाँहरुलाई मन्दिरका मूल पुजारी गणेश भट्टले प्रसाद वितरण गर्नुभयो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापालगायत कोष सञ्चालक परिषद्का सदस्य, कर्मचारी र लाममा बसेका भक्तजनले मन्दिर प्राङ्गणमा राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई स्वागत गर्नुभएको थियो ।
पर्वका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरी दर्शन गर्ने परम्परा छ । महाशिवरात्रिका अवसरमा बेलुकी ६ बजेपछि पशुपतिनाथ मन्दिरमा विशेष पूजा शुरु भएको कोषका निर्देशक भोला सिटौलाले राससलाई जानकारी दिनुभयो । सो अवसरमा चार सय पटकसम्म विशेष पूजा गरिन्छ । प्रहर प्रहरमा विशेष पूजा गर्ने विधि रहेको उहाँले बताउनुभयो । मङ्गलबार बिहान ६ बजेसम्म पूजा जारी रहने जनाइएको छ । यस पर्वको महत्व रात्रिमा बढी हुने भएकाले अहिले पनि पशुपति क्षेत्रमा भक्तजन दर्शनका लागि लाममा बसिरहेका छन् । आज आएजति सबै भक्तजनलाई दर्शन गर्न दिइने कोषले जनाएको छ ।
महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर, भक्तपुरको डोलेश्वर, काभ्रेपलाञ्चोकको धनेश्वर, सिन्धुपाल्चोकको स्फटकेश्वर, सिन्धुलीको कुशेश्वर, खोटाङको हलेसी, झापाको अर्जुनधारा, महोत्तरीको जलेश्वर, अछामको वैजनाथ धामलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको थियो ।
पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई फागुन शुक्ल प्रतिपदा अर्थात् यहि फागुन २२ गते दान दक्षिणासहित बिदाई गरिने कोषले जनाएको छ । गुठी संस्थानले पनि आगन्तुक सबै साधु सन्तलाई परम्परा अनुसार दान दक्षिण दिएर बिदाई गर्ने परम्परा छ । सृष्टिको शुरुमा फागुन कृष्ण चतुर्दशीका दिन वाग्मती किनारमा शिवलिङ्गको उत्पत्ति भएकाले महाशिवरात्रि मनाउने परम्परा बसेको जन विश्वास छ । आज व्रत बसी शिवको आराधना गर्नेले शिवत्व शक्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...