टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला

कैलाली- जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो ।
अदालतले उनीहरुलाई जन्मकैदको फैसला सुनाएको बताइएको छ ।
लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले हिजोो नै रिहा भएका छन् ।
यसैबीच, टीकापुर घटनामा सजाय पाएसँगै कैलाली–१ का सांसद रेशम चौधरीको पद गुम्ने भएको छ।
संविधानले नैतिक पतनमा फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति सांसद हुन नसक्ने प्रावधान राखेको छ । संविधानको धारा ८७ ले सांसद हुने योग्यतामा ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको’ व्यक्ति हुनु पर्ने व्यवस्था छ । लगत्तै धारा ८९ ले ‘धारा ८७ बमोजिम योयता नभएमा वा नरहेमा’ संघीय संसदको सदस्यको स्थान रिक्त हुने व्यवस्था गरेको छ।
चौधरीलाई बुधबार कैलाली जिल्ला अदातलले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो।
चौधरी माथि ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी टीकापुरमा हिंसा भड्काउन मुख्य योजनाकारको रूपमा भूमिका खेलेको अभियोग लागेको थियो।
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भड्किएको हिंसामा ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...